बेहुली भित्र्याएको भोलिपल्टै बेहुलाको मृत्यु

काठमाडौँ । बिहे भएको २४ घण्टा बित्न नपाउँदै एक युवतीको सिउँदो उजाडिएको छ । भारतको उत्तर प्रदेश राज्यको मैनपुरीमा उक्त घटना भएको हो । २० वर्षीय सोनु यादव मंगलबार विवाहका लागि जन्तीसहित औरैया जिल्लाको सुल्तानपुरस्थित बेहुलीको घरमा पुगे । विवाहका प्रक्रिया पूरा गरी बुधबार बेहुली लिएर सोनु आफ्नो घर फर्किए । प्रचलित विधि अनुसार बेहुली … Read more

भारतमा २४ घण्टामा वर्षाजन्य घटनामा २२ को मृत्यु

नयाँदिल्ली ।  उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा पछिल्लो २४ घन्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । राहत विभागका अधिकारीहरूका अनुसार अविरल वर्षाले नदीहरूको जलस्तर बढाउँदा राज्यका १२ जिल्लाका छ सयभन्दा बढी गाउँ जलमग्न भएका छन् ।बाढीले एक हजार एकडभन्दा बढी कृषि भूमि डुबानमा परेको छ भने आठ लाखभन्दा … Read more

पहिरोमा बेपत्ता भएकाहरुका आफन्तलाई चितवनका होटलमा निशुल्क खाना बस्नको व्यवस्था

भरतपुर,होटल व्यवसायी संघ चितवनले चितवनको नारायणगढ-मुग्लिन सडक खण्डको पहिरोमा परेर वेपत्ता भएकाहरुको आफन्तलाई निशुल्क खाना बस्नको व्यवस्था गर्ने भएको छ । पहिरोमा परेर वेपत्ता भएकाहरुको उद्धारमा सहयोग पु¥याउने उदेश्यले होटल व्यवसायी संघ चितवनले सो निर्णय गरेको अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिनुभयो । बाढीपहिरो लगायतका प्राकृतिक प्रकोप अकस्मात हुने घटना भएको बताउँदै अध्यक्ष भट्टले पहिरोमा … Read more

सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित वीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । वीपी राजमार्गअन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । माइक्रो सडकबाट करिब ३० मिटर तल खस्दा ११ यात्रु घाइते भएका थिए । नेपाल प्रहरी र सशस्त्रको … Read more

कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पती पक्राउ

विराटनगर , मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित कुखुरा फार्मका सञ्चालकको हत्यामा संलग्न दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–४ घर भइ कुखुरा फार्ममा काम गर्दै आएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटी रहेका छन्। प्रहरीका अनुसार डेढ महिना अघिदेखि कुखुरा फार्ममा काम गर्दै आएका दम्पतीले फार्मका सञ्चालक सुन्दरहरैँचा … Read more

प्रधानमन्त्री प्रचण्डको दाबी : कांग्रेस–एमालेलाई डरले जोड्यो

 काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेलाई डर र भयले जोडेको टिप्पणी गरेका छन् । विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वास र आदर्शले जोडेको भए आफूलाई चिन्ता नहुने बताए ।सुशासन कायम हुँदै जान थाल्यो भन्ने डरले कांग्रेस र एमालेलाई जोडेको उनले बताए । उनले अगाडि भने, ‘तपाईँहरुलाई डरले जोड्यो, … Read more

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।शुक्रबार सुनको मूल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्वाधिक मूल्य भएको हो । आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो । यस अघि बिहीबार सुनको तोलाको १ लाख ४४ … Read more

त्रिशूली नदीमा बेपत्ता भएको दुईवटा बसका यात्रुहरुको नाम सार्वजनिक

काठमाडौँ :वीरगन्जबाट काठमाडौँ आउँदै गरेको र काठमाडौँबाट रौतहट जाँदै गरेको बस त्रिशूली नदीमा दुर्घटना हुँदा करिब ५१ जनाको बेपत्ता रहेका छन्। काठमाडौँ र रौतहट टिक काउन्टरले प्रहरीलाई उपलब्ध गराएको विवरण अनुसार काठमाडौँबाट रौतहटको गौरतर्फ जान्दै गरेको प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एञ्जल डिलक्स बस … Read more

कास्कीमा एकै घरका छोरी/ज्वाइँसहित ७ जनाको मृत्यु

पोखरा । लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाका अनुसार पहिरोले पुरिँदा पोखरा महानगरपालिका वडा नं १९ पुरनचौरमा ७ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । … Read more

बाढीपहिरोबाट भएको क्षतिप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसाएर करिब पाँच दर्जन यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बाढीपहिरोको … Read more