मोरङ र रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

मोरङ– बेलबारी नगरपालिका-१० भाउन्नेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित झापा दमक नगरपालिका-८ बस्ने २४ वर्षीय भोला मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसैगरी, रूपन्देहीकाे गैडहवा गाउँपालिका-८ कोत्रहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० … Read more

तीन महिना बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि उत्पादन सुरु

मकवानपुर- करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल जारी राखेकाले … Read more

काला पत्थरमा नृत्य गरेर सुरेन्द्र राई र सुसन तामाङले रचे विश्व कीर्तिमान

नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले विश्व कीर्तिमान राखेका छन्। नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन्।सुसन र सुरेन्द्रले १९ मे, २०२४ अर्थात नेपाली मिति जेठ ६ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा नृत्य गरेका थिए। काला पत्थर ५६४४.५ मिटर … Read more

किशोरीलाई आत्मरक्षा गर्न सिकाउँदै प्रहरी

म्याग्दीको दरबाङस्थित केवि एकेडेमीका किशोरीहरूलाई सुरक्षाका लागि आत्मरक्षा तालिम दिँदै प्रहरी । म्याग्दीका विद्यालयमा सामाजिक विकास कार्यालय, मिलन म्याग्दी र जिल्ला प्रहरी कार्यालयको संयुक्त समन्वयमा आत्मरक्षा तालिम दिने काम भइरहेको छ ।  तस्वीरः ध्रुवसागर शर्मा/रासस ।

अझै पक्राउ परेनन् बाराको क्याम्पस प्रमुख हरिभूषणका हत्यारा

बारा । कलैयास्थित रामराजा बहुमखी कलेजका प्रमुख हरिभूषण कुशवाहाको गोली हानेर हत्या गरिएको शनिवार ८ दिन पुरा भएको छ ।गोली लागेलगत्तै कुशवाहले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकालाई फोन गरेर जानकारी दिएपनि प्रहरीले भने घटनामा संलग्नलाई अझै पक्राउ गर्न सकेको छैन । क्याम्पस प्रमुख कुशवाहाले दिएको जानकारी अनुसार प्रहरीले घटनाको मुख्य अभियुक्त तर्फ अनुसन्धान … Read more

बेलायतको सबैभन्दा धनी हिन्दुजा परिवारका चार सदस्यलाई ४ वर्षको जेल सजाय सुनाइयो

काठमाडौं । स्वीस अदालतले बेलायतको सबैभन्दा धनी परिवारमध्येको एक हिन्दुजा परिवारका चार सदस्यलाई भारतबाट ल्याइएका कामदारको शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ ।हिन्दुजा परिवारले जेनेभास्थित आफ्नो बंगलामा काम गर्न भारतबाट नोकर बोलाएर शोषण गरेको आरोप छ। प्रकाश हिन्दुजा, कमल हिन्दुजा, उनका छोरा अजय हिन्दुजा र बुहारी नम्रिता हिन्दुजालाई चार … Read more

चितवनको रामपुरमा अचेत भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु

भरतपुर,चितवनको रामपुरमा अचेत अबस्थामा भेटिएका पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर महानगरपालिका १९ रामपुरस्थित लक्ष्मीचोकको घाँसे झाडीमा गोरखा जिल्ला साबिक थालजुङ गाउँपालिका १ घर भएका ५९ वर्षिय आश बहादुर कार्की शनिवार अचेत अबस्थामा फेला परेका थिए । उनलाई उपचारका लागि भरतपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालले मृत घोषणा गरेपछि उनको शब भरतपुर अस्पतालको … Read more

गुल्मीमा छल्दी खोलाले बगाउँदा एक पुरुषको मृत्यु

गुल्मी : गुल्मीमा छल्दी खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका-१४ पराल्मीका ६८ वर्षीय खुमबहादुर सामतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।मृतक सामत शुक्रबार भेटघाटको लागि मुसिकोट नगरपालिका १ अरेवा ससुराली गएका थिए । त्यसदिन राती जिल्लाका विभिन्न भागमा पानी गरेको थियो । पानीले खोला बढेका मात्रै थिएनन् कतिपय … Read more

झापाको एक ग्यारेजमा आगलागी, नौ लाख बराबरको क्षति

झापाको अर्जुनधारा नगरपालिका–११ नयाँ बसपार्कस्थित पदम बडी निर्माण ग्यारेजमा आगलागी भएको छ । विद्युत् सर्ट भएर आइतबार बिहान आगलागी भएको हो । आगलागीबाट नौ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।    

सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घट्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो ।यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतबार तेजाबी सुन … Read more