बाढीले बगाएर जाजरकोटमा एक शिक्षकको मृत्यु, ६ जना घाइते

सुर्खेत । भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुने कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकाय हुन् ।कुशे गाउँपालिकाका उपाध्यक्ष देविका सिंहका अनुसार मृत्यु भएका शिक्षक सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयमा कार्यरत थिए । शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा … Read more

कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न विभागको आग्रह

काठमाण्डौ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद बिक्री नगर्न आग्रह गरेको छ । खाद्य नियमावलीले कार्वाइड अर्थात् एसिटिलिन ग्यासको प्रयोग गरी कृत्रिम रूपमा फलफूल पकाउन तथा बिक्री वितरण गर्न निषेध गरेको विभागकी महानिर्देशक डाक्टर मतिना जोशी वैद्यले जानकारी दिनुभयो । विभागले आँप, केरालगायत फलफूल खरिद गर्दा कार्टुन वा क्रेटमा … Read more

नेपाल आइडल सिजन पाँचको उपाधि करण परियारलाई

काठमाण्डौ – नेपाल आइडल सिजन पाँचको उपाधि बर्दियाका करण परियारले जितेका छन् । हिजो बेलुका सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै परियारले उपाधि जितेका हुन् । विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो, दार्जिलिङका सचिन विश्वकर्मा … Read more

आज बजेट पास गर्ने तयारी, ह्वीप जारी गर्न माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं, आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पास गर्ने तयारी हुँदै गर्दा सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्रको संसदीय दल) को बैठक बोलाएको छ । बजेट पारितका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल गर्न र बैठकमा बजेटमाथि उठेका प्रश्नमाथी छलफल गर्न अहिले विहान १०ः३० मा संसद भवन बानेश्वरमा बैठक बस्न लागेको … Read more

टी–२० विश्वकप : अफगानिस्तानले अस्ट्रेलियालाई हराएपछि समीकरण रोचक मोडमा

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको आइतबार बिहान सम्पन्न ‘सुपर–८’ चरणको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको छ ।अफगानिस्तानको जितसँगै सुपर–८’ चरणमा ‘समूह–१’ तालिका पनि रोचक मोडमा पुगेको छ । उक्त समूहमा चारवटै टोलीले दुई–दुई खेल खेलिसकेका छन् ।चार अङ्कसहित भारत तालिकाको पहिलो स्थानमा आसीन छ । दुई अङ्कसहित अस्ट्रेलिया दोस्रो स्थानमा छ । दुई … Read more

मक्कामा अत्यधिक गर्मीका कारण एक हजार भन्दा बढी हजयात्रीको मृत्यु

एजेन्सी– साउदी अरबको मक्कामा सयौं हजयात्रीहरूको मृत्यु भएको छ।हजका लागि विभिन्न देशबाट साउदी अरब पुगेका सयौं हजयात्रीहरूको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो।द न्युयोर्क टाइम्सका अनुसार शुक्रबारसम्म ४५० जना हजयात्रीहरूको गर्मीका कारण मृत्यु भएको छ। यो त्यहाँ दर्ता भए अनुसार हो।हजका लागि नेपालसहित विभिन्न मुलुकहरूले आधिकारिक रूपमा आफ्ना देशबाट सहभागी हुनेहरूको सूची पठाउँछ। तर त्यसबाहेक … Read more

मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन, जादुवाला नम्बर छ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् ।शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको दाबी गरे । ‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा … Read more

जब एक युवक फेवातालमा डुबे…

पोखरा । कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडाका अन्दाजी २१ वर्षका सञ्जय भण्डारी शुक्रबार पौडी खेल्न फेवाताल पुगे । भण्डारीसहित पाँच जना युवा पौडी खेल्न फेवातालको चिसापानीमा पसे ।भण्डारी अचानक फेवातालमा डुब्न पुगे र बेपत्ता पनि भए । भण्डारी डुबेको खबर पाउने वित्तिकै उनको उद्दार गर्न सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यू टावरबाट टोली … Read more

मनसुनमा धार्मिक पर्यटकीय स्थल पाँचपोखरी

सिन्धुपाल्चोक । पाँचपोखरी समुद्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो ।पाँच पोखरीमा पाँचवटा पोखरी छन् । पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ । … Read more

सिंघिया खोला किनारमा भेटियो महिलाको शव

विराटनगर महानगरपालिका–१४ जतुवास्थित सिंघिया खोलाको किनारमा शुक्रबार राति सडेको अवस्थामा महिलाको शव भेटिएको छ।मृतकको पहिचान खुल्न सकेको छैन। अन्दाजी ३०/३२ वर्षीयाजस्तो देखिने महिलाको अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर दुर्गन्धित भएको अवस्थामा राति ८:३० बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार अनुहार सडेको र किरा परेको अवस्थामा शव फेला … Read more