नवलपरासी पूर्वमा ट्याक्टरबाट खसेर एक किशोरीको मृत्यु

शुक्रबार  बिहान बुलिङटार गाउँपालिका-५, सान्डाँडाबाट खहरेतर्फ जाँदै गरेको लु ५ त ६५९ नम्बरको ट्याक्टरबाट खस्दा १८ वर्षीया बिरमाया सारुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार ट्याक्टरमा बसिरहेकी सारु खसेको र सोही ट्याक्टरको पछाडिको चक्काले किच्दा मृत्यु भएको हो । ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको … Read more

छिमेकीको घरमा पाहुना आएका व्यक्तिको हत्या गरेको आरोपमा १ जना पक्राउ

विराटनगरमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-४ का २४ वर्षीय गणेश भन्ने रमेश यादव छन् । उनलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (आरआईटी) जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गरेको हो । असार ५ गते बुधबार राति रमेश यादवले छिमेकीको घरमा पाहुना आएका … Read more

भारत लैजान लागेको २ करोड ७१ लाख मूल्यको भेप हेटौँडामा बरामद, पाँचजना पक्राउ

हेटौँडा । प्रहरीले हेटौंडाबाट २ करोड ७१ लाख मूल्यको भेपसहित ५ जना पक्राउ गरेको छ । ५८ कार्टुन चाइनिज भेपसहित मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । काठमाडौंबाट हेटौँडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा अवैध भेप भेटिएको हो । भेपको फ्लेवर फेला परेको मकवानपुरका एसपी सिताराम रिजालले जानकारी दिए … Read more

उपप्रधानमन्त्री श्रेष्ठ ‘एसिया सहयोग संवाद’मा भाग लिन इरान जादै

काठमाडौँ,  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया सहयोग संवाद (एसिडी)का सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको १९औँ बैठकमा भाग लिन शनिबार इस्लामिक गणतन्त्र इरान प्रस्थान गर्नुहुनेछ । उहाँ इरानको राजधानी तेहरानमा सोमबार (असार १० गते) आयोजना हुने उक्त बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले बैठकका अवसरमा … Read more

ट्रम्पलाई एकै व्यक्तिले दिए ५० मिलियन डलर चन्दा

काठमाण्डौ – अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई अर्बपति टिमोथी मेलन एक्लैले ५० मिलियन डलर बराबरको चन्दा दिनुभएको छ । यसअघि न्यूयोर्क अदालतले ट्रम्पलाई दोषी ठहर गरेको भोलिपल्टै मेलनले नेपाली रुपैयाँअनुसार छ अर्ब रुपैयाँभन्दा धेरै चन्दा दिने घोषणा गर्नुभएको थियो । ट्रम्पलाई चुनाव अभियानका लागि चन्दा दिनेहरुको सङ्ख्या बढ्दै गएको बीबीसीले जनाएको छ । त्यस्तै अर्बपति लिज … Read more

अहिलेको भन्दा जनयुद्धकालमा मेरो जीवन सरल थियो : प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताए । राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू जीवनको उत्तरराद्र्धतिर लागे पनि रात दिन सक्रिय भएको बताए । ‘७० तिरबाट अगाडि लाग्नु भनेको त उत्तराद्र्धै हो । तर तपाईंहरुले … Read more

जोखिम मोलेर नदीबाट दाउरा निकाल्दै स्थानीयवासी

सङ्खुवासभाको खाँदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा आएको बाढीले बगाएर ल्याएको काठ एवम् दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।  

वर्कसपमा अभिनय निखार्दै अनमोल

काठमाडौँ । अभिनेता अनमोल केसीले नयाँ फिल्म ‘जेरीः अन टप’को काम सुरु गरेका छन् । फिल्म ‘फर्की फर्की’को जापान प्रिमिएरबाट हालै फर्किएका उनले ‘जेरीः अन टप’को वर्कसप सुरु गरेका हुन् । साउन १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको फिल्मको केसीसँगै अभिनेत्री आँचल शर्मा पनि वर्कसपमा जुटेकी छन् । फिल्ममा केसी र शर्माले पहिलो पटक सहकार्य … Read more

सबै नेता उस्तै हुन् भन्ने भाष्य गलत हो : प्रधानमन्त्री दाहाल

जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनताको भलो नचिताउने गरेको प्रधानमन्त्री पुष्पकमल दाहालले जिकिर गरेका छन्। नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सिर्जनात्मक र सकारात्मक सोच सहित जनतामा आशा प्रवाह गरेर मात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए। “सबै नेता उस्तै हुन्, यहाँ केही … Read more

रोशी गाउँपालिकाका सरकारी स्कुलमा पढ्न अब कुनै शुल्क बुझाउनु पर्दैन

काठमाडौं । काभ्रेको रोशी गाउँपालिका ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा भएको छ । बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले बिहीबार ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरेका हुन् । निःशुल्क तथा अनिवार्य शिक्षायुक्त पालिका घोषणा भएसँगै उक्त पालिका बालबालिकाले शिक्षाका लागि कुनै शुल्क बुझाउनु नपर्ने भएको छ । … Read more