पोस्टर सार्वजनिक गर्दै ‘मोदीबेनी’ले थाल्यो प्रचार

काठमाडाैँ । आगामी श्रावण १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो ‘मोदीबेनी’ । निर्माण युनिटले फिल्मको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रचार थालेको छ । पोस्टरमा अभिनेत्री वर्षा सिवाकोटीलाई केन्द्रमा राखिएको छ । पोस्टरमा अभिनेता अमर प्रताप श्रेष्ठ र अभिनेता प्रवीण खतिवडा पनि अटाएका छन् । पोस्टरबाट त्रिकोणात्मक कथा फिल्ममा रहेको अनुमान लगाउन सकिन्छ । पोस्टरमा … Read more

नेपालमा थप लगानी गर्न ओपेक फण्डलाई अध्यक्ष ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा लगानी विस्तार गर्न ओपेक फण्डलाई आग्रह गरेका छन् ।अष्ट्रियाको भिएनामा मंगलबार ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटका अवसरमा अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै उनले ओपेक फण्डका लागि नेपाल नयाँ र ठूलो लगानीको गन्तव्य बन्न सक्ने बताए । अध्यक्ष … Read more

पोखरामा सडक भासिँदा आवागमनमा समस्या

गण्डकी- पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका- १४ चाउथेमा सडक भासिँदा आवागमनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो राजमार्ग आज बिहान भासिएको हो । अविरल वर्षाका कारण चाउथेको आनन्द टोल घट्टेकुलोको पानी बहाव बढ्न गई पृथ्वी राजमार्ग सडकखण्ड भासिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । उक्त स्थानबाट करिब … Read more

विद्यालय हिँडेका तीन बालिकामाथि खस्यो चट्याङ

कैलालीमा चट्याङ लागेर तीन स्कुले बालीका गम्भीर घाइते भएका छन्। घोडाघोडी नगरपालिका–९ बुदेनीमा बुधबार विहान साढे ६ बजेतिर घरबाट विद्यालय जाने क्रममा चट्याङ लागेर बालिकाहरू घाइते भएका हुन्। बुदेनीकै ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहोराले बताए। मोहन्याल आधारभूत विद्यालयमा … Read more

राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै, एसईईको नतिजा आज आउने सम्भावना न्यून

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बैठक बस्न लागेको बताए । बोर्डको बैठक बस्न लागे पनि एसईईको नतिजा आज आउने सम्भावना न्यून रहेको अध्यक्ष शर्माले बताए । ‘बोर्डको पूर्व तयारी बैठक बस्दै छ । त्यसमा आज नै नतिजा … Read more

लमजुङ पहिरो अपडेट :वृद्धको शव भेटियो, तीनजना अझै बेपत्ता

लमजुङ । लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते भएका … Read more

भेरी करिडोरको रिम्ना सडक अवरुद्ध

सुर्खेत – भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ । आज बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ । निरन्तरको वर्षापछि पहिरोले सडक अवरुद्ध भएको भेरी करिडोर आयोजाका प्रमुख सुनिल रञ्जितकारले बताउनुभयो । अहिले पहिरो हटाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा जाजरकोट, रुकुमपश्चिम र … Read more

झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही

भद्रपुर (झापा), १२ असार । झापामा ११ महिनामा ५१ हजार सात सय ८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो । जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा तीन करोड ४७ लाख ७८ हजार राजस्व सङ्कलन गरिएको छ। मादक पदार्थ सेवन, … Read more

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको जानकारी दिएको हो । जसअनुसार छापावाल सुन तोलामा बुधबार १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै … Read more

झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालबालिकाको मृत्यु

झापा : झापामा छुट्टाछुट्टै घटनामा परी दुई बालबालिकाको मृत्यु भएको छ। कचनकवल गाउँपालिकामा विषालु सर्पले डस्दा एक बालिका र मेचीनगरमा खोलामा डुबेर एक बालक मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। कचनकवल– ३ स्थित गंगाबस्तीमा मंगलबार साँझ ५:३० बजेको समयमा हरिप्रसाद राजवंशीकी छोरी १२ वर्षीया मनिषा राजवंशीलाई आफ्नै भण्डार कोठाभित्र टेबल निकाल्ने … Read more