सरकारतिर हामी हेर्दै नहेरौं, पार्टी बलियो बनाउन लागौं: गगन थापा (भिडिओ)

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तलैबाट पार्टीमा एकता गर्नतिर केन्द्रित भएर आगामी आमचुनावमा कम्तिमा ४० प्रतिशत मत ल्याउने पार्टी बनाउनुपर्ने बताएका छन्। पार्टीनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई मंगलबार सम्बोधन गर्दै थापाले सरकारतिर ध्यान दिन नहुने बताए। अहिले जुन-जुन पार्टीले सरकार चलाइरहेका छन् उनीहरूलाई नै चलाउन दिनुपर्ने र कांग्रेस पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने थापाको भनाइ छ। ‘यो … Read more

समाचार मोरङमा स्कुले बालकसहित ५ जनालाई खोलाले बगायो, दुई जनाको शव भेटियो

विराटनगर– मोरङको सुन्दरहरैंचा र केराबारीमा गरी ५ जनालाई खोलाले बगाएको छ। बुढीखोलामा आएको बाढीले मंगलबार दिउँसो सुन्दरहैचाका ४ महिलालाई बगाएको छ भने मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको छ। सुन्दरहरैचा नगरपालिका– ५ गौशला नजिकै बुढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले … Read more

बाहुबली’ की देवसेनालाई लाग्यो हाँसिरहने दुर्लभ रोग

मुम्बई– ‘बाहुबली’ फिल्ममा देवसेनाको भूमिका निर्वाह गरेर लोकप्रिय भएकी साउथ अभिनेत्री अनुष्का शेट्टीलाई एउटा दुलर्भ रोग लागेको छ ।अनुष्कालाई हाँसिरहने अनौठो रोग लागेको छ । अनुष्कालाई हाँसिरहने अनौठो रोग लागेको छ । विशेष गरेर छायाँकनको क्रममा कमेडी सीन गर्दा उनलाई यति धेरै हाँस उठ्छ, उनी हाँस्दा–हाँस्दै भुईँमा लडिबुडि गर्न थाल्छिन् । निशब्दम, दबंग, भागमतीसहित विभिन्न … Read more

मोबाइलको लतले बालबालिकाको विकासमै जोखिम

काठमाडौं, असार ११ गते । मोबाइलको लतको बालबालिकाको  विकासमा असर पार्ने हुँदा सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकारी सूचना सार्वजनिक गर्दै मष्तिक विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सवाङ्गीण विकासमा असर पुर्‍याउने हुँदा सचेत रहन आग्रह गर्नुभएको हो । उहाँका अनुसार बालबालिकालाई … Read more

सबै कलाकारकाे गीत चलाेस्, फिल्म चलोस्, रुँदै हिँड्न नपरोस् : समीक्षा अधिकारीगायिका समीक्षा अधिकारीले कुनै पनि कलाकारले रुँदै हिँड्न नपराेस् भनेर कामना गरेकी छन् । मं‌गलबार दिउँसाे सामाजिक सञ्जालमार्फत उनले असफल हुँदा खुसी हुने र सफल हुँदा खुट्टा तान्नेहरू धेरै भेटिने भए पनि सबै कलाकारहरूलाई सफलता मिलाेस् भन्ने आफ्नाे चाहना रहेकाे बताएकी हुन् । उनले आफू उठ्दै लाग्दा बेस्सरी ठेस लागेर लडेकाे र उठ्न धेरैले साथ दिएकाले आफू संसारकै भाग्यमानीझैँ लाग्ने गरेकाे पनि बताएकी छन् । उनले ‘बाँचुञ्जेल रिस राग र डाह मनमा पालेर के नै हुन्छ र’ भनेर पनि प्रश्न गरेकी छन् । समीक्षाले लेखेकाे स्टाटस झट्ट हेर्दा भावनात्मक देखिए पनि उनले कुनै कलाकारलाई व्यङ्ग्य गरेकाे हुन सक्ने चर्चा कमेन्टहरूमा भइरहेकाे छ ।

गायिका समीक्षा अधिकारीले कुनै पनि कलाकारले रुँदै हिँड्न नपराेस् भनेर कामना गरेकी छन् । मं‌गलबार दिउँसाे सामाजिक सञ्जालमार्फत उनले असफल हुँदा खुसी हुने र सफल हुँदा खुट्टा तान्नेहरू धेरै भेटिने भए पनि सबै कलाकारहरूलाई सफलता मिलाेस् भन्ने आफ्नाे चाहना रहेकाे बताएकी हुन् । उनले आफू उठ्दै लाग्दा बेस्सरी ठेस लागेर लडेकाे र उठ्न धेरैले साथ … Read more

एसईईको नतिजा बिहीबारसम्म आउने

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको राससलाई जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण,अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ । … Read more

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका हुन् भन्नेमा सरकार दृढ छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूमि नेपालकै हुन् भन्ने कुरामा कुनै दुई मत नरहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटबारे सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले महाकाली पूर्वका सबै भूगोल नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको उल्लेख गरेका हुन् । ‘नेपालको … Read more

झापामा चट्याङ लागेर दुईको मृत्यु

झापा– आज बिहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए। साथै गौरीगञ्ज गाउँपालिका-३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गिरीलाई चट्याङ लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको … Read more

कति सम्भव छ बालेनले चाहेजस्तो ‘डि–माइग्रेसन’ ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले ब्राजिलमा आयोजित मेट्रोपोलिस निर्देशक समितिको बैठकको प्यानल डिस्कसनमा बोलेका विषय अहिले चर्चामा छ । भ्रमण सकेर काठमाडौँ फर्किसक्दा पनि उनको चर्चा सेलाएको छैन । खासगरी बौद्धिक जमानतसम्म पनि यो सम्बोधनको चर्चा भएको छ । बालेनको यो सम्बोधनपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रियाहरु आएका छन् । धेरैले उनलाई … Read more

‘परिणाम’ भोग्नुपर्ने क्रेमलिनको चेतावनी

काठमाडौँ । क्रिमियामा अमेरिकी मिसाइलबाट युक्रेनी आक्रमणमा चार जनाको मृत्यु भएको मस्कोले बताएपछि क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम’ भोग्नुपर्ने चेतावनी दिँदै अमेरिकी राजदूतलाई बोलाएको छ । सेवस्तोपोलका गभर्नर मिखाइल रजभोझायेभले टेलिग्राममा मर्नेहरूमा दुई नाबालिग रहेको बताए। पेसकोभले यसै महिनाको प्रारम्भमा पश्चिमी लक्ष्यहरूमा सम्भावित आक्रमणका लागि पश्चिमी मुलुकहरूलाई हतियार दिनेबारे राष्ट्रपति भ्लादिमिर पुटिनको टिप्पणीहरूतर्फ सङ्केत … Read more