भत्ता नपाएको भन्दै संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलित

 संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलित भएका छन् । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता नपाएको लगायत ११ बुँदे माग राखेर उनीहरु आन्दोलित भएका हुन् । शुक्रबार उनीहरुले पाखुरामा कालोपट्टी बाँधेर काम गरेका छन् । आफूहरुको माग सम्बोधन नभए आगामी असार दुई गते थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ ।  

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, सडकमा शव राखेर राजमार्ग अवरुद्ध

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारीमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । गाउँपालिका-९ स्थित ढकेरीमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवाको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । टिपरको ठक्करबाट राप्तीसोनारी ९ स्थित ढकेरीमा मोटरसाइकल चलाइरहेका राप्तीसोनारी गाउँपालिका-८ का अन्दाजी ३५ वषीय लोकेन्द्र विष्टलाई ठक्कर दिँदा विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् … Read more

सुनको भाउ चार सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो स्थिर रहेको सुनको भाउ आज चार सय रुपैयाँले घटेर तोलाकाे एक लाख ४१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँ रहेको थियो । यस्तै आज … Read more

दाङमा बस र हाईस गाडी ठोक्किदा तीन यात्रु घाईते

दाङ-दाङस्थित पूर्व पश्चिम राजमार्गमा बस र हाईस गाडी ठक्कर खाँदा तीन जना यात्रु घाईते भएका छन्।  लमही नगरपालिका–३ बनगाउँमा पुर्बबाट पश्चिमतर्फ छुटेको बा.प्र.०–३००१ ख १९६७ नं.को बस र बिपरित दिशा तर्फ जादै गरेको गण्डकी प्रदेश एफएए–०१०५ नं.को हाईस ठोक्किदा दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिए । नवलपरासी रामग्राम नगरपालिका–१६ … Read more

कांग्रेसले प्रचण्डलाई सोध्यो- जवाफ दिन डराएर सदनबाट भाग्नुभएको हो ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले कांग्रेस नेतामाथि लगाएको आरोप सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेको छ । कांग्रेसले भारत भ्रमणको सम्बन्धमा समेत प्रधानमन्त्रीको जवाफ माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संसद्को आगामी बैठकमा प्रधानमन्त्रीको जवाफका लागि रुलिङ गर्न सभामुखसँग … Read more

गर्मीले किसान, मजदुरदेखि विद्यार्थीसम्म प्रभावित

बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १४, रजघट्टाका तेजप्रसाद चौलागाई बिहान एक/डेढ घण्टामात्रै खेतको काममा खट्छन् । अत्यधिक गर्मी र चर्को घामले ९ बजेपछि खेतबारीमा काम गर्नै नसकिने उनको भनाइ छ । ‘बिहान ९÷१० बजेपछि ४० डिग्रीभन्दा माथि तापक्रम छ । चर्को घाम र गर्मीको कारण खेतबारीमा काम गर्न सारै गाह्रो हुन्छ,’ जीतपुरसिमरा–२०, कञ्चनपुरमा खेतमा … Read more

वीरगन्जबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर–१५ बाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ३० वर्षीय मोहमद नेजामुदिन सिद्धकी छन् । आरोपीको साथबाट १०२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दिपक भारतीले जानकारी दिए । भारतीय नम्बरको इलेक्ट्रिक गाडीमा खैरो हेरोइन … Read more

आजको मौसमः यी तीन प्रदेशमा वर्षा हुने,पश्चिम तराईमा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्ने

काठमाडौं,जेठ ३२- देशका केही भू–भागमा आज पानी पर्दा केही स्थानमा उच्च गर्मी हुनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहँदा मध्य र पश्चिमी तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, प्रदेशमा साधारणतया बदली रहेको छ । मधेस र वाग्मती प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया … Read more

काठमाण्डौको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला

काठमाण्डौ – काठमाण्डौको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु हुँदैछ । समिट इभेन्ट्स मार्केट्सको आयोजनामा हुन लागेको मेला नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट पहिलो पटक आयोजना गरिएको प्रबन्ध निर्देशक एवम् मेलाका संयोजक विष्णु पाण्डेले बताउनुभयो । नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको उहाँको भनाई छ । नेपाल पर्यटन बोर्ड र … Read more

शिल्पा र राजविरुद्ध धोकाधडी आरोपमा उजुरी

काठमाडौं । बलिउड जोडी शिल्पा शेट्टी र उनका पति राज कुन्द्रामाथि धोकाधडीको आरोप लागेको छ । एक सर्राफा व्यापारी पृथ्वीराज कोठारीले अदालतमा उनीहरुविरुद्ध धोकाधडीको आरोपमा मुद्दा दर्ता गराएका छन् । उजुरी परेपछि अदालतले यो मामलालाई ध्यानमा राख्दै बान्द्रा कुर्ला कम्प्लेक्स(बीकेसी) प्रहरीलाई दुवैविरुद्ध उजुरी दर्ता गरेर अनुसन्धान गर्न आदेश दिएको छ । अदालतले आरोपीमाथि लागेको आरोप … Read more