सरकारले जथाभाबी बजेट खर्च गरेर जनताको करको दुरुपयोग गर्‍यो : सांसद कार्की

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गरेकी छिन् । मंगलबार प्रतिनिधि सभा बैठकमा शून्य समय लिएर बोल्दै उनले डोटी जिल्ला अस्पताल भवन निर्माण कार्य सुचारु हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिइन् । उनले सो अस्पतालमा आईसीयु र डाईलासिस सेवा तत्काल … Read more

भारतबाट लागुऔषध भित्र्याउने दुई पक्राउ

भारतबाट लागुऔषध खैरो हिरोइन भित्र्याउने दुई जनालाई इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रङ्गेली-४ स्थित चोप्राहाका ३५ वर्षीय भुवनेश्वरप्रसाद साह र रङ्गेली–९ का २५ वर्षय सागर यादव छन् । इलाका प्रहरी रङ्गेलीका प्रअरी निरीक्षक सन्तोष खड्काका अनुसार उनीहरूलाई भारतबाट सीमावर्ती चोप्राहातर्फ आउँदै गर्दा पक्राउ गरिएको हो । उनीहरूको साथबाट औषध खैरो … Read more

गृहमन्त्री लामिछानेविरुद्धको रिट न्यायाधीशद्वय शर्माको इजलासमा

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा मंगलवार सुनुवाइ हुँदैछ । अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो । यो रिट सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ । यसअघि जेठ २८ गते न्यायाधीशद्वय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग … Read more

सूचना माग्दा पक्राउ गरेपछि

संविधानले हरेक नागरिकलाई सार्वजनिक सरोकारका सूचनामाथि हक हुने व्यवस्था गरेको छ । कानूनले नागरिकले आफ्नो क्षेत्रका जुनसुकै सार्वजनिक सरोकारका सूचना माग्न, थाहा पाउन र सार्वजनिक गर्न पाउने व्यवस्था गरेको छ । तर काठमाडौंको गोकणेश्वर नगरपालिकामा भने सूचना माग्नेलाई प्रहरीले पक्राउ गरेको छ । वडा नं. ८ कार्यालयसँग सम्बन्धित सूचना माग गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ … Read more

एक वर्षमा ६० करोड बढीको करेन्ट चाउचाउ विदेश निर्यात

करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले एक वर्षमा ६० करोड रुपैयाँ भन्दा बढीको उत्पादन विदेश निर्यात गरिएको जनाएको छ। कम्पनीले आफ्ना उत्पादनहरू भारत, जापान, युएई, बहराईन, न्यूजिल्याण्ड, अमेरिका, अष्ट्रेलिया, मलेसिया, भुटान, कुवेत, कतार, बेलायत, सिंगापुर, तिब्बत, चाइना, कोरिया, क्यानाडा, इटाली लगायतका देशहरूमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएको र विदेशमा समेत नेपाली … Read more

चट्याङ लागेर मोरङमा एक किशोरीको मृत्यु

मोरङको रतुवामाई नगरपालिका– ४ झुर्कियामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मेघगर्जन सहित बिहानदेखि वर्षा भएकाले महतो घरमै थिइन् । बिहान साढे ७ बजेतिर चट्याङ लागेर विपना गम्भीर घाइते भएकी थिइन् । बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल लगिए … Read more

ट्रक चालक हत्यामा शिक्षिकासहित विद्यार्थी पक्राउ

बैतडी, असार ४ गते  । ट्रक चालकको हत्या गरेको आरोपमा बैतडी प्रहरीले एक शिक्षिकासहित दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का अटोरिक्सा चालकको खोजी भइरहेको छ । प्रहरीका अनुसार शनिवार रातिदेखि बेपत्ता भएका ट्रक चालक बैतडीको पाटन नगरपालिका –६ का ५१ वर्षीय वीरभान विष्टको हत्या गरेको आरोपमा सोही ठाउँकी ३६ वर्षीय शिक्षिका भागरथी … Read more

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यसैबीच चाँदीको मूल्य भने मंगलबार सामान्य वृद्धि … Read more

बालबालिकालाई श्रम लगाउने उद्योग प्रतिष्ठानमाथि कारबाही

बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८०–८१ को १० महिना अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी … Read more

यी नदीमा आकस्मिक बाढीको जोखिम

काठमाडौं- अबका तीन दिन देशका केही नदीमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान बाढी पूर्वानुमान महाशाखाले गरेको छ।कोसी, कन्काई, कमला र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने अनुमान छ। यसैगरी इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक र लमजुङ भई बहने केही साना नदीमा आकस्मिक बाढीको सम्भावना छ। नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह … Read more