चितवनको फिस्लिङमा कारसँग ठक्कर खाँदा रात्री बस त्रिशुली किनारमा खस्यो

भरतपुर,जेठ ३२- चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा बस र कार ठक्कर खाँदा बस त्रिशुली नदी किनारमा खसेको छ । आज बिहान ७ः२५ बजे नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे १ ख ४०६२ नम्बरको बस विपरित दिशाबाट आइरहेको बागमती प्रदेश ०१–०२९ च ३७२० नम्बरको कारसंग ठक्कर खाइ बस त्रिशुली नदी किनारमा खसेको हो । बस सडकबाट अन्दाजी ५० … Read more

२०८१ साल जेठ ३२ गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको योजना बन्ला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाणीमा लगाम लगाउनु पर्ला नत्र झुटो बोल्न बाध्य भइनेछ । अधिकार प्राप्तिका लागि … Read more

सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल

जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताएका छन् ।  स्वीट्जरल्याण्डको जेनेभामा सुरु भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को आज उद्घाटन सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्दै उनले विश्व समुदाय खास गरेर विगतदेखि हालसम्मका ठुला उत्सर्जनकर्ता यो … Read more

भ्रष्टाचार मुद्दा : लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना

काठमाडौँ — गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा दोषी ठहर भएका लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई छ वर्ष कैद र ८० लाख रुपैया जरिवाना तय भएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले गत साता दोषी ठहर गरेकोमा बिहीबार उनको सजाय निर्धारण भएको हो । ठेक्कापट्टा लगाउँदा ठेकेदारबाट कमिसन लिएर … Read more

डोको र गाग्री बोकेर आन्दोलनमा स्थानीय

सुर्खेत । खानेपानीको चरम अभाव रहेको पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५, रेक्चाबासीहरु यतिबेला खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । बिहीबार उनीहरूले चौकुने गाउँपालिकाको कार्यालय घेराउ गरे । रेक्चाका सबैजसो घरधुरीबाट गाउँपालिकाको मुकाम गुटु आएका नागरिकहरूको पिठ्युँमा गाग्रीसहितको डोको र हातमा पर्चा, पम्प्लेट थिए ।  उनीहरूको एउटै थियो, ‘२१ औँ शताब्दीमा एक गाग्री पानीका लागि कति … Read more

भूकम्प प्रभावित जिल्लालाई सरकारले दिएन चासो

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले सरकारले गत कात्तिक १७ गते गएको भूकम्प प्रभावित जिल्लाहरूमा पुनर्निर्माणका लागि तदारुकता नदेखाएको बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको समिति बैकमा समिति सभापति शर्माले पाँच वटा भूकम्प प्रभावित जिल्लाहरूलाई सङ्कटग्रस्त घोषणा गरिएको भए पनि पुनर्निर्माणमा ढिलाइ भएको बताएका हुन् । उनले भने, ‘पाँच वटा भूकम्प … Read more

‘राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य गरिँदा ज्येष्ठ नागरिकले पाए दुःख

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकले दुःख पाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ आजको बैठकको शून्य समयमा सांसद विद्या भट्टराईले पूर्वतयारी नगरीकन सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नम्बर अनिवार्य गरिँदा नागरिकले हैरानी पाएकाले यसलाई तत्काल समाधान गर्न आग्रह … Read more

चीनमा २३ वर्षीय युवतीले गरिन् ८० वर्षको वृद्धसँग बिहे

  चीनको हेपेई प्रान्तमा एक २३ वर्षीय युवतीले नर्सिङ होममा भेटेको ८० वर्षीय पुरुषसँग बिहे गरेपछि सामाजिक सञ्जालमा बहस चर्किएको छ । हेपेई प्रान्तको नर्सिङ होममा स्वयंसेवकको रूपमा काम गरिरहेको समयमा सियाओफाङ (छद्म नाम)ले लि (छद्म नाम)लाई भेटेकी थिइन् । लि सोही नर्सिङ गृहमा बस्दै आएका थिए । दुवैले एक अर्काको कयौँ रुचि र आनीबानी … Read more

नेपालबाट तीन अर्बभन्दा बढीको हस्तकला विदेश निर्यात

काठमाडौँ – नेपालबाट रु तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ। नेपाल हस्तकला महासङ्घले दिएको जानकारीअनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो। विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासङ्घका महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी … Read more

सङ्खुवासभामा पहिरोले ३ वटा घर बगायो, कालोपत्र गर्न ठिक्क पारेको सडकमा क्षति

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लाको कोक्तिमा गाउँमा पहिरोले तीन वटा घर बगाएको छ । गए राति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक … Read more