बाख्रा फार्ममा आगलागी हुँदा ४० लाखको क्षति

डुम्रे वालिङ, जेठ २७ गते । स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडामा रहेको एक बाख्रा फार्ममा आगलागी हुँदा झण्डै ४० लाखकाे क्षति भएको छ । गह्रौंकालिका व्यवसायीक बाख्रा पालन फार्ममा शनिबार राती भएको आगलागीमा परेर आधुनिक खोरहरु जलेर नष्ट भएका छन् भने ११ वटा बाख्रा जलेर नष्ट भएका छन् । फार्ममा एक सय बाख्रा रहेकोमा स्थानीय तथा प्रहरीको … Read more

अछाममा झाेलुङ्गे पुल चुडिएर च्यापिए खच्चड

धनगढी- अछाममा झाेलुङ्गे पुल चुडियर पुलमा हिँडिरहेका खच्चड च्यापिएका छन् । पञ्चदेवल नगरपालिका- ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका- ४ खिड्की जिउला जोड्ने पुल चुँडिएपछि आवत-जावत अवरुद्ध भएको छ। आज बिहान ११ बजेतिर पुल चुँडिएको र आवत-जावत अवरुद्ध भएको हो । प्रहरीका अनुसार पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १५ वटा खच्चर पुलमा च्यापिएका छन् … Read more

वर्षौँदेखि विद्यालय नै नगई तलब भत्ता बुझ्ने शिक्षक

प्रेमराज सिम्खडा कालीकोट चैत २७ गते । शिक्षकहरू विद्यालय जाँदैनन् गए पनि विद्यार्थीलाई पढाउँदैनन् यो नेपालको शिक्षा क्षेत्रको विकृति हो । अधिकांश शिक्षकहरू राजनीति गर्छन् अनि ठुला नेताकै आशीर्वाद लिँदै शैक्षिक क्षेत्र डामाडोल बनाउँदै आएका छन् । कालिकोटको कालिका माध्यमिक विद्यालय पिली यसको एक उदाहरण हो । विद्यालयका प्रधानाध्यापक हंसबहादुर शाही विगत सात वर्षदेखि विद्यालयमा छैनन् … Read more

महिलाको शरीरबाट ४७ दिनअघि प्रत्यारोपण गरिएको सुँगुरको मृगौला निकालियो

अमेरिकामा लिसा पिसानोको शरीरमा अप्रिलमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । ४७ दिनपछि यसलाई बाहिर निकालियो । अमेरिकामा पहिलो पटक मार्च १६ मा एक व्यक्तिको मृगौला फेल भएपछि सुँगुरको मृगौला प्रत्यारोपण गरिएको थियो । यसपछि १२ अप्रिलमा अमेरिकामा यी महिलामा पनि आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यी दुवै घटनाको विश्वभर चर्चा … Read more

भरतपुरमा एक पुरुष मृत भेटिए

भरतपुर,जेठ २७- चितवनको भरतपुर महानगरपालिका ३ मा एक पुरुष मृत भेटिएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार भरतपुर महानगरपालिका वडा नम्वर ३ स्थित आधारभुत स्वास्थ्य केन्द्र भवनको बरण्डामा अन्दाजी ५५ बर्षका टेक बहादुर तामाङ मृत भेटिएका हुन । उनले कवाड सामाग्री संकलनको काम गर्दै आएका थिए । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा … Read more

‘बलिउडका ‘किङ’ शाहरुखः मिडियासँगको प्रेम किन रिसमा फेरियो?

काठमाडौँ : बलिउड सुपरस्टार शाहरुख खान एक समय ‘मिडियाप्रेमी’ सेलिब्रेटीका रूपमा चिनिन्थे। तर पछिल्ला वर्षमा भने उनी मिडियासँग तर्कँदै हिँडिरहेका छन्। उनी सकेसम्म मिडिया छल्ने प्रयास गर्छन्। मिडिया अगाडि देखिँदा  मास्क, छाताले अनुहार छोप्ने र अनुहार छोप्ने लुगा लगाएर हिँड्न थालेका छन्। मिडियाप्रेमी शाहरुख मिडियासँग किन तर्किएर हिँडिरहेका छन् ? छोरा आर्यन खान लागुऔषध मामलामा पक्राउ … Read more

आज बाह्रौं राष्ट्रिय कृषक दिवस : किसानको सम्मान हुनुपर्नेमा कृषि विज्ञको जोड

काठमाण्डौ – आज बाह्रौं राष्ट्रिय कृषक दिवस मनाइँदै छ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गते दिवस मनाउने गरिन्छ । २०७० सालदेखि मनाउन शुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिएको छ । उत्पादनका आधार किसानको सम्मानलाई केन्द्रमा … Read more

मोदीको सपथ समारोहमा छिमेकी मुलुकलाई बोलाइयो, संसद भित्रकै विपक्षी दललाई भने छैन निम्तो

काठमाडौं । लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन् । राष्ट्रपति भवनमा साँझ सवा ७ बजे प्रधानमन्त्री मोदी र केही मन्त्रीले सपथ लिने कार्यक्रम तय गरिएको छ । राष्ट्रपति द्रौपदी मुर्मूले मोदीसहित केन्द्रीय मन्त्रिमण्डलका सदस्यलाई सपथ गराउने छिन् । भाजपाले गृह, रक्षा, अर्थ, विदेश जस्ता महत्वपूर्ण मन्त्रालय भने … Read more

आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परे किशोर

धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्था फेला परेका किशोरको मृत्यु भएको छ। शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ का १३ वर्षीय विष्णु फुलारा कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनका बुबाआमाले अस्पताल पुर्‍याएको १५ मिनेटमा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।