दुई हात्ती कतार पठाउन कानुनी प्रक्रिया पूरा हुन बाँकी, भाइरल भिडियो झुटो

काठमाडौं:  कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो । यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । तर कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी … Read more

कुम्भ मेलामा दर्शनार्थीको घुइँचो

सुनसरी। सुनसरीको बराह क्षेत्र नगरपालिका-१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन्। बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाका मूल आयोजक समितिको तथ्यांकअनुसार मेलामा पछिल्लो समय सयौँ दर्शनार्थी सहभागी हुने गरेको महाकुम्भ मेलामुल आयोजक समितिका सचिव चन्द्र मगरले बताए। आयोजक समितिले एक … Read more

१०० घर जलेपछि ६ घण्टामा नियन्त्रणमा आयो मटिहानीको आगो

जलेश्वर। महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ। तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे आगलागी भएको थियो। सो आगो अहिले पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। उनका अनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका … Read more

उपनिर्वाचन : मौन अवधि सुरु

काठमाडौं। यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता अनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ। निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म … Read more

गण्डकीसहित चार प्रदेशमा आज वर्षाको सम्भावना, केहि स्थानमा हावाहुरी चल्ने

काठमाडौं:  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भाग बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको केही र बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। महाशाखाकाअनुसार बिहान देशका पहाडी भूभागमा आंशिक … Read more

२०८१ साल वैशाख १३ गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमीको सुझाव अनुरूप कार्य सम्पन्न पनि गर्न सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा … Read more

जाँदाजाँदै कतारका अमिरले भने– आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद!

काठमाडौं। कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिएका छन्। अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचिन इतिहासको केहि अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरु र आम जनतालाई धन्यवाद दिएका हुन्। उनले … Read more

भरतपुरको १० नम्बर वडामा सार्वजनिक सुनुवाइ, वडाले गरेको काममा स्थानीय खुसी

चितवन:  भरतपुर महानगरपालिकाको–१० नम्बर वडाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ गरेको छ । आज जिल्ला समन्वय समितिको सभाहलमा वडाले आर्थिक वर्ष २०८०\०८१ को दोस्रो चौमासिक सुनुवाइ गरेको हो । कार्यक्रममा वडाका वडाध्यक्ष परमेश्वर खनालले वडाले गरेका कामहरु प्रस्तुत गरेका थिए । उनका अनुसार ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै गरिब, दलित, अल्पसंख्यक ४० घर परिवारको स्वास्थ्य बिमा … Read more

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर। महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । आज दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उनले बताए। ‘आगो निभाउन … Read more

गोरखा भूकम्पको नौ वर्ष: पीडित अझै अस्थायी टहरामा

गोरखा:  गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज नौ वर्ष भएको छ । विसं २०७२ साल वैशाख १२ गते विहान ११ बजेर ५६ मिनेटमा गएको ७ दशमलव ८ रेक्टर स्केलको विनासकारी भूकम्पले गोरखा जिल्लामा मात्र चार सय ७१ जनाले ज्यान गुमाएका थिए । भूकम्पबाट गोरखा सहित १४ जिल्ला अतिप्रभावित बन्यो भने देशभरका ३१ … Read more