पुनः कतार जान टिकट लिएका यादव होटलमा मृत फेला

जनकपुरधाम:   जनकपुर एक युवक मृत फेला परेका छन् । जनकपुरको पिडारीमा रहेको नमुना होटेल एण्ड गेस्ट हाउसमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ का अन्दाजी ३० वर्षीय मित कुशियैत यादव मृत फेला परेका हुन् । प्रहरीका अनुसार मंगलवार बेलुका करिब ७ बजे होटल बुक गरेका उनी २०४ नम्बरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । … Read more

डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप

गलेश्वर (म्याग्दी): डढेलोले गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी नोक्सानी म्याग्दी जिल्लामा भएको छ । पैतालिस दिनको अवधिमा जिल्लाको करिब सात सय हेक्टर वन क्षेत्र सखाप भएको डिभिजन वन कार्यालयले जनाएको छ । फागुन अन्तिम सातादेखि वैशाख दोस्रो सातासम्म म्याग्दीका छ ओटै स्थानीय तहका एक सय ११ वनमा डढेलो लागेको छ । डढेलोले जिल्लाको छ … Read more

कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’

काठमाडौं। कतारका अमिर शेख तमिम विन हमाद अल थानीको दुईदिने नेपालको राजकीय भ्रमणमा खबरलाई आज काठमाडौंबाट प्रकाशित अखबारले प्राथमिकताका साथ प्रकाशन गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणमा कतारका अमिर मंगलबार काठमाडौं आएका हुन्। मंगलबार अपराह्न काठमाडौं ओर्लेपछि कतारका अमिरले साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए। उनी मंगलबार राति राष्ट्रपति पौडेलले आयोजना गरेकाे राजकीय भोजमा … Read more

प्रधानमन्त्री प्रचण्ड र कतारका अमिरबीच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं:  नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर शेख … Read more

महाभूकम्प गएको नौ वर्ष पूरा, महाभूकम्पको स्मृति दिवस मनाइँदै

काठमाडौं। नौ वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभूकम्प गएको थियो। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी महाभूकम्पको स्मृति दिवस मनाइँदैछ। ०७२ वैशाख १२ गते बिहान ११:५६ बजे ७ दशमलव ६ रेकटर स्केलको भूकम्प गएको थियो। सामान्य दैनिकीमा व्यस्त मुलुक अकस्मात बैशाख १२ गतको भुकम्पले ध्वस्त बनाएको थियो। त्यसबखत नेपाली … Read more

२०८१ साल वैशाख १२ गते बुधवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग … Read more

दीलिपकी छोरी दिव्या भन्छिन्, ‘जन्मभूमिमा कर्म गर्न फर्किएँ’

नेपाली फिल्ममा ‘स्टार किड्स’को प्रवेश बढ्दो छ । अनमोल केसीदेखि सुहाना थापासम्मले माता-पिताको ‘पदचाप’ पछ्याइसकेका छन् । अब सुपरस्टार दीलिप रायमाझीकी छोरी दिव्या पनि फिल्ममा डेब्युको तयारीमा छिन् । उनले फिल्म ‘एक्टर’बाट अभिनय करिअर सुरु गर्न लागेकी हुन् । फिल्ममा उनको जोडी ‘युवा स्टार’ प्रदीप खड्कासँग बाँधिनेछ । उनी प्रदीपको ‘फ्यान’ समेत हुन् । दिव्याको … Read more

राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरलाई आग्रह

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज उनीसँग भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन्। कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा … Read more

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरे। सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो। रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति … Read more

लम्जुङको भुजुङमा ‘भाइरल गोर्खे’ को शुभ मुहुर्त, आजैबाट छायांकन सुरु

लम्जुङ:  कमेडी जनरामा निर्माण हुने चलचित्र ‘भाइरल गोर्खे’ को शुभ मुहुर्त गरिएको छ । लम्जुङको भुजुङ गाउँमा आज (मंगलबार) चलचित्रका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरु सौगात मल्ल, लक्ष्मी गिरीलगायतले शुभ मुहुर्त गरेका हुन् । शुभ मुहुर्तसँँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । शुभ मुहुर्तमा निर्माता लामिछानेले सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक … Read more