नीति लचक बनाएर उत्साह बढाउने केन्द्रीय बैंकको प्रयास

केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षा मार्फत भएका परिमार्जनले बजारमा केही हदसम्म उत्साह र आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने जनाएको छ । मौद्रिक नीति समीक्षापछि ‘भर्चुअल’ माध्यमबाट पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंक प्रवक्ता डा. गुणाकर भट्टले आर्थिक स्थायित्व र वित्तीय स्थायित्वलाई कसरी प्रवद्र्धन गर्ने र आर्थिक गतिविधि कसरी विस्तार गर्ने भन्नेमा मौद्रिक नीति केन्द्रित भएको … Read more

गिरीबन्धु टी-इस्टेट फाइल खोल्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गिरीबन्धु टी इस्टेटको फाइल खोल्न माग गरेका छन् । सहकारी प्रकरणमा आफूमाथि लागेको आरोप पन्छाउन अन्य भ्रष्टाचारका फाइल खोल्ने भनेर बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई उनको सुझाव छ । बार्गेनिङ नगरेर भ्रष्टाचारका फाइल खोल्न उनको आग्रह छ । सर्वोच्च अदालतले हालै झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको हदबन्दी … Read more

विपक्षी दलहरुको बैठकः संसदीय छानबिन समिति बनाउन एकमत

काठमाडौं। प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेको छ। संसद् भवन नयाँबानेश्वरमा बसेको विपक्षी दलहरुको बैठकले कांग्रेसको मागमा एकजुट हुने निर्णय गरेको हो। त्यस्तै बैठकले सभामुखलाई हिजोको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले … Read more

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं। प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि सारिएको छ । यस अघि सत्ता पक्ष र विपक्षी दलहरु आआफ्नो रणनीति बनाउन व्यस्त रहेका छन् । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि … Read more

सन्दीपको प्रतिक्रिया– म निर्दोष छु भन्दा पनि फसाइयो

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले निर्दोष छु भन्दा पनि आफूलाई धेरै तवरबाट फसाइएको बताएका छन्। उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको बताए। ‘सुरुदेखि म निर्दोष छु भनिरहेँ। साढे १ वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो। अपराधी करार … Read more

पेट्रोलको मूल्य ७ रुपैयाँले घट्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको हो। मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो … Read more

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। … Read more

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौं। उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो । यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही … Read more

२०८१ साल जेठ २ गते बुधवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आर्थिक लेनदेनमा सचेत रहनु पर्नेछ, तर साँझमा भने कहीँ कतैबाट शुभ समाचार मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । प्रेममा सफलता … Read more

मन्त्रिपरिषदले पारित गर्‍यो नीति तथा कार्यक्रम

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। सरकारले मंगलबार नै नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। दिउँसो ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले … Read more