आइतरबारको मौसम : यी चार प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौैं। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहने छ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन … Read more

२०८१ साल वैशाख २३ गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सजिलै अरूको मन जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । … Read more

अडिसन दिएर पनि ‘लापता लेडीज्’मा नछानिएका आमिर

फिल्म चल्न स्टार होइन, स्क्रिप्ट नै हिरो हुनुपर्छ भन्ने मान्यतालाई बलिउडमा बलियोसँग स्थापित गरेको फिल्म हो, ‘लापता लेडीज्’ । यो ५ करोडको बजेटमा बनेको फिल्म हो । गत अप्रिलमा रिलिज भएको फिल्मले भारतमा मात्र २४ करोड हाराहारी व्यापार गरेको थियो । र, अहिले ओटीटीमा धूम मच्चाइरहेको छ । नेपालमा समेत फिल्मको कन्टेन्टलाई लिएर यतिबेला ठूलो … Read more

देवघाट संरक्षक प्रतिस्ठानद्वारा डा. पौडेल र पिया सम्मानित

देवघाट संरक्षक प्रतिस्ठानद्वारा आयोजित एक कार्यक्रममा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको छ । सो कार्यक्रममा डा. टंकनाथ पौडेल र शैलेन्द्र कुमार पिया सम्मानित हुनु भएको छ । विभिन्न सामाजिक क्षेत्रमा रहेर गरेको कार्यको उच्च मुल्यांकन गर्दै हिसेन इन्टरनेसनल युनिभर्सिटी इन्डियाद्वारा मानर्थ विधा वारिधी (Honory PHD) ले डा … Read more

दर्शक बढाउँदै ‘मनसरा’, शनिबारको व्यापार बलियो

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ले शुक्रबार पूर्वमा उत्कृष्ट व्यापार गर्‍यो । धरान, विराटनगर, इटहरी, दमक र विर्तामोड क्षेत्रका हलमा दर्शकको चाप उच्च थियो । तर, पूर्वबाहेक फिल्मको व्यापार अपेक्षाकृत हुन सकेको थिएन । शनिबार भने देशभर फिल्मको व्यापार बलियो देखिएको छ । काठमाडौंमा पनि शनिबार फिल्मप्रति दर्शकको क्रेज उत्साहजनक देखियो । देशकै ठूलो … Read more

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास … Read more

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी

काठमाडौं। नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो। वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो। नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ … Read more

शनिबारको माैसम : यी तीन प्रदेशमा हुरीबतासको चेतावनी

काठमाडौं। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ। विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली … Read more

२०८१ साल वैशाख २२ गते शनिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ … Read more

दुबईमा पुनः भारी वर्षाः उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द

अबुधाबी:  संयुक्त अरब इमिरेट्स (यूएई)ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ । संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुनामीको चेतावनी जारी … Read more