राष्ट्रियसभा अध्यक्षमा माओवादीबाट चितवनका नारायण दाहाल उम्मेदवार

चितवन: नेकपा माओवादी केन्द्रले चितवनका नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली कांग्रेसले भने … Read more

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन ताप्लेजुङका राजनैतिक दलको आग्रह

फुङ्लिङ । पूर्वी नेपालको ताप्लेजुङको पाथिभरा (मुकुलुङ) मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरूले आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरूको बैठकले केवलकार निर्माण सम्बन्धी आ-आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केवलकार निर्माणको कामलाई सहजीकरण गर्दै अघि बढ्ने निर्णय गरेका हुन्। केवलकार कम्पनीले केवलकारको … Read more

२०८० साल फागुन २७ गते आइतवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । रोकिएको कामले पनि गति लिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै … Read more

पोखरा बसपार्कको होटलमा सुतेका एक पुरुष मृत भेटिए, अनुसन्धान जारी

चितवन । नारायणगढ पोखरा बसपार्कस्थित एक होटलमा सुतेकै अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । पोखरा बसपार्कस्थित न्यू दिप होटलमा बसेका बसेका माडी–८ निवासी अन्दाजी ५२ बर्षका लोकबहादुर राना मृत भेटिएका हुन् ।दिउँसो ४ बजेसम्म कोठा नखुलेपछि सोधखोज गर्दा बेडमा उत्तानो परी सुतेको र एउटा खुट्टा भुईंमा टेकिएको अवस्थामा राना मृत भेटिएको जनाइएको छ । राना … Read more

११४ औं अन्तराष्ट्रिय नारी दिवसमा चितवनका ८ दिग्गज महिलाको सम्मान

भरतपुर:  चितवन जिल्लालाई कर्मभुमि बनाई विभिन्न विधागत क्षेत्रमा पहिलो पटक काम शुरु गर्ने तथा पहिलो पटक नेतृत्वमा पुगेका दिग्गज महिलाहरुलाई चितवनमा भव्य समारोहका बीच सम्मान गरिएको छ । ११४औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आदर्श नारी विकास केन्द्र र आदर्श गृह नेपालले भरतपुरमा समाज रुपान्तरणको अभियानमा न्यायिक, स्वास्थ्य,शिक्षा, सहकारी र यातायातको क्षेत्रमा अगुवाई गर्ने अग्रज … Read more

सरकार परिवर्तनको खेलमा कांग्रेस लाग्दैनः महामन्त्री शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकलाई अस्थिरतातर्फ ढकेल्ने काम पार्टीले नगर्ने स्पष्ट पारेका छन्। नेपाल शिक्षक संघ बागमती प्रदेशको चौथो सभा उद्घाटन गर्दै शर्माले प्रधानमन्त्रीले गठबन्धन परिवर्तन गरेपनि अहिलेको सरकारलाई लामो समय चल्न दिनुपर्ने बताए। उनले फेरि सरकार परिवर्तन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम कांग्रेसले नगर्ने स्पष्ट पारे। उनले कांग्रेसका तर्फबाट मन्त्री भएकाहरुलाई एक … Read more

नवौं नेपाल फर्मा एक्स्पो २०२४ मा दर्शकको उत्साहजनक उपस्थिति

चितवन । भरतपुरमा जारी नवौं नेपाल फर्मा एक्स्पो २०२४ मा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोको दोस्रो दिन शनिबार दर्शकहरुको भिड लागेको हो । नेपाल औषधि उत्पादक संघ एपोन का उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोष बरालका अनुसार एक्स्पोमा सोचेभन्दा राम्रो दर्शकको उपस्थिति रहेको छ । उहाँले भन्नुभयो “हाम्रो अपेक्षाभन्दा … Read more

राष्ट्रिय सभा अध्यक्ष निर्वाचनः २८ गते सोमबार उम्मेद्‌वारी दर्ता, मंगलबार निर्वाचन

काठमाडौं। राष्ट्रिय सभाको अध्यक्षका लागि आउँदो २८ सोमबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम तय गरिएको छ उपाध्यक्ष, दलका नेता तथा प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी दर्ताको मिति फागुन २८ गते सोमबारका लागि तय भएको हो। दलका नेता तथा प्रमुख सचेतक एवं कार्य व्यवस्था तथा परामर्श समितिमा उपलब्ध सदस्यसँग छलफल गरी फागुन २८ … Read more

बेलायतमा पनि मनाइयो महाशिवरात्रि पर्व, राजदूत आचार्य र मेयर दाहालले गरे शिवको पूजा

भरतपुर: महाशिवरात्रि पर्व बेलायतमा पनि विधिपूर्वक पूजा, आराधना गरी मनाइएको छ । बेलायतवासी नेपालीहरूको पहलमा अल्डरटस्थित शिव कल्चरल सेन्टर र लन्डन प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा शिवरात्रिको अवसर पारेर शुक्रबार भक्तजनहरूको घुइँचो लागेको थियो । सोहि अवसरमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य दम्पती र हाल बेलायत भ्रमणमा रहनुभएकी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पनि अल्डरसटको शिव कल्चरल … Read more

चितामा आगो लगाउने क्रममा जलेर दुई जना घाइते

दमौली:  तनहुँको देवघाट गाउँपालिका–२ दराइटारमा चितामा आगो लगाउने क्रममा शुक्रबार जलेर दुई घाइते भएका छन् । सोही ठाउँ बस्ने ७४ वर्षीय रनबहादुर दर्लामीको मृत्यु भई दाहसंस्कार गर्न धार्मिक परम्पराअनुसार दोमासे परेको भनी कालीगण्डकी नदी किनारमा कुशको लास बनाइ कुशको चितामा पेट्रोल प्रयोग गरी आगो सल्काउने क्रममा दुई घाइते भएको प्रहरीले जनाएको छ । पेट्रोलको लप्काबाट … Read more