महरा पक्राउ परेपछि गगन थापाले दिए सरकारलाई धन्यवाद

काठमाडौं। सुन तस्करी प्रकरणमा माओवादी केनद्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेपछि नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई धन्यवाद दिएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सरकारलाई धन्यवाद दिएका हुन्। ‘केही समयअगाडि प्रतिपक्षी ठाउँबाट नेकपा (एमाले) ले सदनमा एउटा विषय जोडदार ढंगले उठायो। सुन प्रकरणमा शक्तिशाली मानिसहरू संलग्न भएका छन्, त्यसैले प्रहरीको … Read more

कृष्णबहादुर महरा रुपन्देहीबाट पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा नियन्त्रणमा लिएको छ । रोल्पा हिँडेका महरालाई प्रहरी नियन्त्रणमा लिएको हो । पक्राउ परेका महरालाई भैरहवाबाट काठमाडौं ल्याउन लागिएको छ । महरालाई सुन तस्करी प्रकरणमा पक्राउ गरिएको हो । सुन तस्करीबारे छानबिन गर्न पूर्व न्यायाधीश डिल्लीराज आचार्यको  संयोजकत्वमा गठित उच्चस्तरीय आयोगले महरालाई सुन तस्करीमा संलग्न भएको आरोपमा … Read more

चितवनको मुग्लिन बजारमा ट्रक र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

मुग्लिन:  चितवनमा ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजारस्थित एक होटलबाट खाना खाई निस्कदै गरेको जेएच ०५ डिके २८२९ नम्बरको भारतीय नम्वर प्लेटको ट्रकमा नारायणगढतर्फबाट कुरिनटारतर्फ जाँदै गरेको ग १३ प ४१६३ नम्बरको मोटरसाइकल आइतबार साँझ ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ईच्छाकामना गाउँपालिका ५ … Read more

दीपक मनाङेले पार्टी त्यागेपछि गण्डकीको राजनीति नयाँ मोडमा

कास्की। गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीतिले नयाँ मोड लिएको छ। प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र जितेका मनाङे त्यसपछि एकीकृत समाजवादी प्रवेश गरेका थिए। नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहँदा उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका हुन्। मनाङेले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेश सभा सचिवालयमा पत्र … Read more

पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित

मस्को:  भ्लादिमिर पुटिन पाँचौँ कार्यकालका लागि रुसको राष्ट्रपति निर्वाचित भएका छन् । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत हासिल गर्न सफल भएका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी) ले आइतबार आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको जानकारी दिएको थियो । जीतपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । … Read more

शालिन मृत्यु प्रकरणः आत्महत्या दुरुत्साहन मुद्दा चितवन अदालतमा दर्ता

चितवन: शालिन पोखरेल मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ । शिशु निकेतन स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्ति प्रसाद लुइँटेलले जानकारी दिनुभयो । पीडित परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएपनि सो कसुरमा प्रमाण नजुटेपछि मुद्दा परिवर्तन गरिएको हो । शालिन … Read more

२०८० साल चैत ५ गते सोमवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । पारिवारिक सहयोग मिल्ला । कला र गलाको प्रभाव बढ्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पार्टी तथा सेमिनारमा सहभागी भइएला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ … Read more

सुन प्रकरणमा महरासहितका व्यक्तिमाथि कारबाही अघि बढ्यो, तत्काल बयान लिन गृहमन्त्रीको निर्देशन

काठमाडाैं। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँबर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई निर्देशन दिएका छन्। मन्त्रालयमा केही समय अघि भएको छलफलमा मन्त्री लामिछानेले कृष्णबहादुर महरासहित प्रतिवेदनले औंल्याएका निजामती तथा प्रहरी कर्मचारीलाई कारबाही गर्न … Read more

डढेलो र आगलागी जोखिमप्रति सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको पूर्वी क्षेत्रमा भएको आगलागीबाट ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गरेका छन्। उनले आगलागीका कारण मोरङ, भोजपुरलगायत जिल्लामा शनिबार धनजनको क्षति भएकामा आफू मर्माहत भएको बताउँदै घटनालगत्तै गए राति नै सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश प्रवाह गर्दै सचेतना अपनाउन आम नागरिकमा अनुरोध गरेका छन्। “भोजपुरलगायत पूर्वी नेपालका पहाडी जिल्लाहरूमा आगलागीबाट … Read more

भरतपुर भ्रमण वर्ष सफल पार्न प्रमुख दाहालको आग्रह

काठमाडौँ: भरतपुर भ्रमण वर्ष प्रचार–प्रसार गर्ने उद्देश्यका साथ युरोप भ्रमणमा रहनुभएका भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विभिन्न देशमा रहेका राजदूतसँग भेटघाट गरी भ्रमण वर्षलाई सफल बनाउन आग्रह गर्नुभएको छ । प्रमुख दाहालले फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारी र स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीसँग आज छुट्टाछुट्टै भेट … Read more