आज पाँच प्रदेशमा वर्षा र हुरीबतासको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ:  हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा … Read more

आजदेखि कक्षा १२ को परीक्षाः तीन लाख ९० हजार बढी परीक्षार्थी सहभागी हुँदै

भक्तपुर। कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन्। उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक … Read more

२०८१ साल वैशाख १४ गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै … Read more

दुई हात्ती कतार पठाउन कानुनी प्रक्रिया पूरा हुन बाँकी, भाइरल भिडियो झुटो

काठमाडौं:  कतारलाई उपहारस्वरुप पठाउने भनिएको दुईवटा हात्ती तत्काल कतार नजाने भएका छन् । कानुनी र प्राविधिक प्रक्रिया पूरा हुन बाँकी भएकाले हात्ती पठाउने काम केही दिनलाई रोकिएको हो । यसअघि कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हिजो स्वदेश फर्कने बेलामै हात्ती पठाउने भनिएको थियो । तर कतार पठाउनका लागि नेपालको तर्फबाट सबै तयारी … Read more

कुम्भ मेलामा दर्शनार्थीको घुइँचो

सुनसरी। सुनसरीको बराह क्षेत्र नगरपालिका-१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन्। बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाका मूल आयोजक समितिको तथ्यांकअनुसार मेलामा पछिल्लो समय सयौँ दर्शनार्थी सहभागी हुने गरेको महाकुम्भ मेलामुल आयोजक समितिका सचिव चन्द्र मगरले बताए। आयोजक समितिले एक … Read more

१०० घर जलेपछि ६ घण्टामा नियन्त्रणमा आयो मटिहानीको आगो

जलेश्वर। महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ। तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे आगलागी भएको थियो। सो आगो अहिले पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए। उनका अनुसार आगलागीबाट मटिहानीमा करिब एक सय घर जलेका … Read more

उपनिर्वाचन : मौन अवधि सुरु

काठमाडौं। यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता अनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ। निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि वैशाख १२ गते राति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म … Read more

गण्डकीसहित चार प्रदेशमा आज वर्षाको सम्भावना, केहि स्थानमा हावाहुरी चल्ने

काठमाडौं:  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भाग बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको केही र बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना छ। महाशाखाकाअनुसार बिहान देशका पहाडी भूभागमा आंशिक … Read more

२०८१ साल वैशाख १३ गते बिहिवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेमीको सुझाव अनुरूप कार्य सम्पन्न पनि गर्न सकिनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएका काम पूरा हुन सक्छ । धार्मिक क्षेत्रको भ्रमण हुनसक्छ । करियरको क्षेत्रमा … Read more

जाँदाजाँदै कतारका अमिरले भने– आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद!

काठमाडौं। कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिएका छन्। अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचिन इतिहासको केहि अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरु र आम जनतालाई धन्यवाद दिएका हुन्। उनले … Read more