विद्युत् निर्यात गर्न बंगलादेशसँगको वार्ता सकारात्मक

काठमाडौं। नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीचको विद्युत् बिक्री बार्ता सकारात्मकरुपमा अगाडि बढेको छ। आगामी वर्षायामदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी प्राधिकरण र बिपिडिबीबीच सहमति भएको छ। दुबै पक्षबीच जतिसक्दो छिटो विद्युत् बिक्री सम्झौता गर्ने सहमति भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोली र बिपिडिबी अन्तर्गतको बोलपत्र मूल्यांकन समितिबीच … Read more

शुक्रबारको मौसमः यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि … Read more

२०८० साल फागुन ११ गते शुक्रवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । शेयर बजार पनि असफल हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता … Read more

‘रुमानी रंग’ घोषणा, सम्बन्ध विग्रिएको चर्चाबारे साम्राज्ञी र धीरजको खण्डन

‘इन्टु मिन्टु लण्डनमा’ जोडी साम्राज्ञी आरएल शाह र धीरज मगरले दोस्रोपटक एकसाथ काम गर्न लागेको लभस्टोरी फिल्म ‘रुमानी रंग’को निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको घोषणा गर्दै ‘स्टोरीलाइन’को बारेमा पनि जानकारी गराइयो । ‘डायरी’ निर्देशक अनिल योञ्जनको निर्देशन रहने फिल्मको आगामी बैशाखबाट छायांकन सुरु गरिनेछ । रोमान्टिक-कमेडी कथावस्तुमा बन्न लागेको … Read more

दीपेन्द्रले थाले ‘मेयर’को छायांकन, खगेन्द्र बने भरत थापा

निर्देशक दीपेन्द्र के. खनालले नयाँ फिल्म ‘मेयर’को छायांकन सुरु गरेका छन् । बिहीबार लैनचौरको एक होटलमा अख्तियारसामु मेयर पात्रले दिएको स्पष्टीकरणको दृश्य खिच्दै छायांकन सुरु गरिएको हो । अभिनेताद्वय खगेन्द्र लामिछाने र टीका पहारीले पहिलो सट दिए । फिल्ममा खगेन्द्र मेयरको भूमिकामा देखिँदैछन् । छायांकन सेटबाट प्राप्त तस्वीरमा उनी चश्मा लगाएर देखिएका छन् । बिहीबार … Read more

शैक्षिक क्यालेण्डर कार्यान्वयन पहिलो प्राथमिकता : उपकुलपति बराल

कीर्तिपुर। त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले पदबहाली गरेका छन्। आज साँझ कीर्तिपुरस्थित विश्वविद्यालय कार्यालयमा पुगेर उनले कार्यभार सम्हालेका हुन्। पदबहालीपछि उपकुलपति प्रा डा बरालले आफ्नो पहिलो प्राथमिकता विश्वविद्यालयको वार्षिक शैक्षिक ‘क्यालेण्डर’ कार्यान्वयन गर्नु रहेको बताए। ‘त्रिभुवन विश्वविद्यालय देशको ठूलो संरचनायुक्त संस्था हो। यहाँ धेरै काम गर्नुपर्नेछ’, उनले भने। शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा … Read more

फोर्ब्स कलेजमा भएको कुलिनरीतर्फ इडन गार्डेन र पावरपोइन्टतर्फ अक्सफोर्डलाई उपाधि

भरतपुर । चितवनको भरतपुरमा रहेको फोर्ब्स कलेजले आयोजना गरेको तेस्रो संस्करणको अन्तर कलेज कुलिनरी र पावरपोइन्ट प्रतियोगिताको कुलिनरी विधामा भरतपुर–१० को इडन गार्डेन माध्यमिक विद्यालय पहिलो भएको छ । कुलिनरी विधामा पहिलो भएको इडन गार्डेन माविले उपाधिसहित १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको फेब्र्स कलेजका प्रिन्सिपल हरिशरण पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार प्रतियोगितामा सरस्वती … Read more

कांग्रेस महासमिति बैठक सम्पन्न, चार प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं। चार वटा प्रस्तावहरु सर्वसम्मत पारित गर्दै नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको छ। महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पेश गर्नुभएको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावका साथै लेखा समिति संयोजक श्याम घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतीले पारित भएको हो। चार वटै … Read more

चन्द्रागिरीमा हिउँ पर्‍यो (फोटोफिचर)

काठमाडौं। काठमाडौंको चन्द्रागिरीमा हिँउ परेको छ। बिहिबार साँझ राजधानीमा वर्षा भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो। वर्षासँगै काठमाडौंमा चिसो पनि बढेको छ। उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौंको उत्तरी भेग आसपासमा पानी परिरहेको छ। महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ। मौसमविद शान्ति कँडेलका अनुसार अहिले देशभर … Read more

सन्दीपलाई जेलबाहिर बसेर मुद्दा लड्न उच्च अदालतको अनुमति

काठमाडौं। बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्। बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएसँगै जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन्। उच्च अदालतका प्रवक्ता उपरजिस्ट्रार तीर्थराज भट्टराईले उक्त कुराबारे जानकारी दिएका छन्। बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ … Read more