राप्ती नदीको १६ ठाउँमा एकैपटक सरसफाइ

राप्ती नदीको १६ ठाउँमा एकैपटक सरसफाइ गरिएको छ । आज (सोमबार) नदीको मुहान मकवानपुरदेखि पुछार विन्दु चितवनको मेघौली गोलाघाटसम्म सरसफाइ गरिएको हो । राप्ती नदी दिवसको सन्दर्भ पारेर बृहत् सरसफाइ कार्यक्रम राखिएको राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका संयोजक अपिल घिमिरेले बताउनुभयो । उहाँका अनुसार राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानले तीन वर्षदेखि मंसिर १ … Read more

मौलाकालीका केबलकार भोलिबाट सञ्चालन हुने

मौलाकाली केबलकार सञ्चालनमा आउने भएको छ । गैंडाकोटस्थित मौलाकाली केबलकार दुई महिनापछि सञ्चालनमा आउने भएको हो । अस्ट्रियाबाट आएका इन्जिनियरले केबलकारको मर्मत तथा पुनर्निर्माणको काम गरेर आज (सोमबार) बिहानबाट परीक्षण सुरु भएको केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलले जानकारी दिए । योसँगै अब केबलकार व्यवसायिक रुपमा भोलि (मंगलबार) साँझबाट सञ्चालनमा आउने उनले बताए । केबलकारको माथिल्लो … Read more

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ । राजदूत फिर्ता बोलाउने निर्णय पालना नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले अवहेलना निवेदन दायर गरेका हुन् । सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी भएपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो । हाल राजदूतहरु परराष्ट्रमै हाजिर भइरहेका छन् । … Read more

पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी

आज १७ नोभेम्बर, विश्व पाठेघर मुखको क्यान्सर निवारण दिवस । यस वर्ष पहिलो पटक ‘आजैदेखि लागौँः पाठेघरको मुखको क्यान्सर निवारण गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा महिलामा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरका रूपमा रहेको छ । हरेक वर्ष विश्वमा छ लाख ६० हजार महिलालाई पाठेघरको … Read more

निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको सुरक्षासहित सुरक्षा भावनालाई मजबुत बनाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ‘जेनजी आन्दोलन’ ले निजी क्षेत्रलाई त्रसित बनाएको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । अर्थमन्त्री खनालका अनुसार जेनजी आन्दोलनले देखाएको असन्तुष्टि केवल सरकार वा राजनीतिक … Read more

हर्क भन्छन्ः सुमना जी, ढिला नगर्नु होला

धरान उपमहानगरपालिकका मेयर हर्क साम्पाङले रास्वपा छाडेकी पूर्व मन्त्री सुमाना श्रेष्ठलाई चार्डै आफ्नो श्रम संस्कृति पार्टीमा आउन आग्रह गरेका छन्। ‘सुमना जी, श्रम संस्कृतिमा स्वागत गर्ने मन छ !’, साम्पाङले सामाजिक सन्जालमा लेखेका छन्, ‘ढिला नगर्नु होला ! समयले पर्खंदैन साथीले पर्खे पनि ?!’

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह

नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक भीडभाड नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आज एक सूचना जारी गर्दै आजदेखि नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका खेल सुरु भएकाले खेलमैदानबाहिर भीडभाड नगर्न आग्रह गरेको हो । प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले आजको खेलका सम्पूर्ण टिकटहरू बिक्री भइसकेको जानकारी सम्बन्धित निकायबाट प्राप्त … Read more

भीषण दुर्घटनाः डीजल ट्यांकरसँग बस ठोक्किदा ४२ भारतीयको मृत्यु

साउदी अरबको मदीना नजिक एक भीषण सडक दुर्घटना भएको छ। यस दुर्घटनामा कम्तीमा ४२ भारतीयको मृत्यु भएको आशंका गरिएको छ। दुर्घटनामा परेका सबै व्यक्ति भारतबाट उमराहका लागि साउदी अरब पुगेका थिए। सोमबार राति उमराह समाप्त गरेर मक्का बाट मदीना जाँदै गरेका तीर्थयात्रीहरू सवार बस एक डीजल ट्यांकरसँग ठोक्किएको थियो। टक्कर यति भयावह थियो कि बस … Read more

सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढ्यो

स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार भने एक तोला सुनको कारोबार २ लाख ४२ हजार ८ सयमा भएको थियो । यस्तै आज चाँदीको भाउ … Read more

चिकित्सकको सुझाव छ ‘एन्टिबायोटिकको जथाभावी प्रयोग गर्नुहुन्न’

कोशी अस्पताल विराटनगरमा उपचार गर्न आएको जनपथ टोलकी विनिता गौतमले आफ्नो हेलचक्र्याँइको कारण घाँटीको सङ्क्रमणबाट ग्रसित होलिन भन्ने सोचेकै थिइनन् । अस्पतालको नाक कान घाँटीको ओपिडीमा भेटिएकी गौतमले बोल्न अप्ठ्यारो महसुस गर्दै भन्नुभयो,“सुरुमा सामान्य रूपमा घाँटी दुखेकाले औषधि पसलबाट पेनकिलर किनेर खाया, केही समय त ठीक भयो, फेरि समस्या उस्तै, अत्तिनै दुखाइ भएर आएको त … Read more