सुनको प्रतितोला मूल्य एक लाख ७० हजार पाँच सय रूपैयाँ!

नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक हजार सात सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार … Read more

मह आयात रोक्न माग

घोराही (दाङ),फागुन ६- महले बजार पाउन नसकेपछि मौरी पालेर जीविका चलाउँदै आएका किसान समस्यामा पर्न थालेका छन् । नेपाल मौरीपालक सङ्घ दाङका अध्यक्ष दिनेश ओलीले बजारीकरणको मुख्य समस्याले गर्दा यसमा लागेका किसान घट्दै जान थालेको बताउनुभयो । घोराही उपमहानगरपालिका–१८ गिठेपानीमा चुन्वाङ एपिकल्चर मौरीफार्ममार्फत व्यावसायिक मौरीपालन गर्दै आउनुभएका ओलीले चरन अभाव र विदेशी महको आयातका कारण … Read more

तोलामा ७०० रुपैयाँ बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, फागुन ६- नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो ।महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार … Read more

शेयर बजार झन्डै ३० अङ्कले बढ्यो, १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाण्डाै – शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९.८७ अङ्कले बढेर २ हजार ७२७.९१ विन्दुमा पुगेको छ । आज फाइनान्स, जलविद्युत् र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, होटल, माइक्रोफाइनान्स र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली … Read more

बगरमा प्याज खेती गर्दै किसान

टीकापुर, फागुन ५- कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती गर्दै आएका छन् । यस वर्ष करिब ५० जना किसानले बगरमा प्याजखेती गरेका छन् । कर्णाली नदीको किनारामा विगत तीन वर्ष केही किसानले प्याजखेती गर्दै आएको भए पनि यसवर्ष धेरै किसानले प्याजखेती गरेको स्थानीयको भनाइ छ । माटोमा भन्दा बालुवामा प्याज उत्पादन राम्रो हुने … Read more

पोखरामा सेलरोटी बेचेर सुरू गरेको व्यवसाय फैलियो १२ वटा देशमा

पोखराकी रोशनी शर्मा दिनभरि आफ्ना कर्मचारीसँग मिलेर तरकारी काट्छिन्। उनका श्रीमान प्रकाश आचार्य किसानका खेतसम्मै पुगेर तरकारी ल्याउँछन्। उनीहरू यी तरकारी के गर्छन् त? उनीहरू यसबाट अचार बनाउँछन् र ‘हरिलो एग्रो इन्डस्ट्री’ को उत्पादनका रूपमा बजारमा बिक्री गर्छन्। रोशनीले बनाउने मुला, डल्ले खुर्सानी, आँप, करेला, लप्सी, तामा, न्युरो लगायतको अचार बजारमा एकदमै लोकप्रिय छ। काउली, गाँजर, करेला, कागती जस्ता सामग्री मिलाएर बनाउने ‘मिक्स भेज’ … Read more

१५० वटा रेष्टुरेण्ट चलाएका ‘लाला’ले भरतपुरमा खोले पार्टी प्यालेस

 चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित धर्मचोकमा नयांँ व्यवस्थापन सहित चौतारी पार्टी प्यालेस एण्ड तन्दुरी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । युवा व्यवसायी यमलाल सापकोटा, मोतीलाल सापकोटा र नमराज गै्रहे सहितको समुहले ठूलो लगानीमा पार्टी प्यालेस सञ्चालनमा ल्याएका हुन् । १४ कठ्ठा क्षेत्रफल सहित पार्टी प्यालेसमा गोलघर, तीनवटा ठूला हल , गार्डेन, रेष्टुरेण्ट एण्ड … Read more

दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी

सर्लाही– सर्लाहीको हरिवन नगरपालिका– ४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक तीन हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उनले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेका छन् । सोमबार नयाँ उपकरणको उद्घाटन गरेका जितेन्द्रले आगामी दिनमा उत्पादन दुई गुणाले बढ्ने अपेक्षा गरे । हरिवन … Read more

चितवनमा विद्युतीय कार एक्सपेङ जी सिक्सको बिक्री सुरु

चितवनमा नयाँ विद्युतीय कार एक्सपेङ जी सिक्स भित्रिएको छ। चौधरी ग्रुपको सिजी कर्पअन्तर्गतको सिजी मोटर्स र सिजी मोटर्सको आधिकारिक बिक्रेता युरो मोटर्सले चितवनमा उक्त कार सार्वजनिक गरेको हो। अत्याधुनिक प्रविधि समेटिएको यो कारलाई फूल चार्जपछि ४३५ किलोमिटरसम्म चलाउन सकिन्छ। सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक्सपेङ जी सिक्सले इभीको दुनियाँमा तहल्का मच्चाउने दाबी गरे। … Read more

मुग्लिङ–पोखरा सडक विस्तारका नाममा यात्रुलाई साढे चार वर्षदेखि सास्ती

काठमाडौं – चिनियाँ ऋण लगानीमा विस्तार अघि बढेको मुग्लिङ–पोखरा सडक आधा दशकयता अस्तव्यस्त छ । मुग्लिङ बजारदेखि त्रिशुली पारी मध्यपहाडी लोकमार्ग समेत रहेको उक्त सडक खण्ड विस्तारमा चरम ढिलाइ हुँदा यात्रुलाई सकस परिरहेको छ ।मुलुकको पर्यटकीय राजधानी पोखरा पुग्ने मुख्य मार्ग नै भद्रगोल हुँदा पर्यटन क्षेत्रमै असर परिरहेको छ । सडक विस्तारमा देखिएको ढिलाइप्रति सरकार भने … Read more