मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने

धनुषा: चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त … Read more

यस वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

काठमाडौं, यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानलाई दिइने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो । यसैगरी प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको मदन पुरस्कार गुठीले जनाएको छ । दुवै पुरस्कारको राशि ४/४ लाख … Read more

बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्न प्रधानमन्त्रीको जोड

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औं सभा बैठकमा कुलपति ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले नेपालीको चेतना, गौरव र इतिहाससँग यो … Read more

विश्वविद्यालयमा गुण्डागर्दी स्वीकार्य छैनः शिक्षामन्त्री भट्टराई

भरतपुर। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छिन्। आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताइन्। उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन्। “विश्वविद्यालयमा राजनीति नभइ गुण्डागर्दी भएको हो”, उनले … Read more

त्रिविका आङ्गिक क्याम्पसमा विद्यार्थी दोब्बरले वृद्धि

चितवन । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ । क्याम्पस प्रमुख दयाराम पौडेलका अनुसार क्याम्पसमा नयाँ विषयको पठनपाठन थालेपछि विद्यार्थीको आकर्षण निकै बढेको हो । क्याम्पसमा मानविकी, विज्ञान, … Read more

बोस्टन कलेज‌मा ‘दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त’ कार्यक्रम सम्पन्न

चितवन:  बोस्टन ईन्टरनेशनल कलेज भरतपुरले दिगो अर्थतन्त्रका लागि नवप्रवर्तनीय बित्त (इनोभेटिभ फाइनान्स फर सस्टेनएबल इकोनोमी) विषयक खुला छलफल कार्यक्रम सम्पन्न गरेको छ। बित्त क्षेत्रसँग सम्बन्धित बैंक, बिमा, शेयर बजार, उ‌द्योग, बाणिज्य र उच्च शैक्षिक संस्थालाई एउटै मन्चमा ल्याएर वित्त क्षेत्रमा आएका नवप्रवर्तनको बारेमा साक्षात्कार गराई व्यबस्थापन शिक्षासँग जोड्ने उ‌द्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको कलेजले … Read more

विद्यार्थीद्वारा शिक्षकको निगरानी

टीकापुर ,कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् । विद्यालयमा शिक्षकको नियमित उपस्थिति र कक्षा समय बढाउन विद्यार्थीले शिक्षकको निगरानी गर्न थालेका हुन् । विद्यार्थीहरुले शिक्षक कक्षामा प्रवेश गर्ने र बाहिर निस्कने समयको ‘रेकर्ड’ राख्न थालेका छन् । विद्यालय प्रशासनले शिक्षक पूरा समय कक्षामा … Read more

मैयादेवी कन्या क्याम्पसको छात्रवृत्तिमा छोरीबुहारीलाई प्राथमिता

चितवन । यहाँस्थित मैयादेवी कन्या क्याम्पसले क्याम्पसका अध्ययतरत छात्रालाई अक्षयकोष नै बनाएर छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल कोषमा रु एक करोड ५० लाख रहेको जनाइएको छ । साथै क्याम्पसले आफ्नो अक्षयकोषका अतिरिक्त विश्वविद्यालय अनुदान आयोग र बागमती प्रदेश सरकारद्वारा प्रदान गर्ने छात्रवृत्ति पनि प्रदान गरिरहेको छ । ती निकायले छात्रवृत्तिमा छोरीबुहारीहरुलाई प्राथमिकता दिएपछि … Read more

मावि तहको शिक्षक लाइसेन्सको आवेदन खुला

काठमाडौँ, माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) आवेदन खुलेको छ । शिक्षक सेवा आयोगले माध्यमिक लाइसेन्सको आवेदन खुला गरेको हो ।आयोगले शनिवार खुलाएको विज्ञापन अनुसार इच्छुक तथा योग्य उम्मेदवारले १३ भदौसम्म नियमित र ३० भदौसम्म दोब्बर दस्तुर बुझाएर अनलाइन मार्फत आवेदन दिन सक्नेछन् । आयोगले आवेदकको अनलाइन फारम भर्न सहज पहुँचका लागि क्यूआर समेत सूचनामा राखेको … Read more

प्याव्सन चितवनको भवन उद्घाटन तथा विद्यार्थी सम्मान

चितवन:   निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन चितवनको भवन उद्घाटन एवम् विद्यार्थी तथा अग्रज सम्मान कार्यक्रम शनिवार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आफैले शिलान्यास गरेको भवन समुद्घाटन गर्ने अवसर पाएकोमा गौरवान्वित भएको महशुस गर्दै एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी र विद्यालयहरुलाई बधाई ज्ञापन गरिन्। राज्यको … Read more