चितवनमा कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई स्थानान्तरण

कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेपछि ८१ जनालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालयले साउनदेखि हालसम्म देशका विभिन्न कारागारमा उनीहरूलाई स्थानान्तरण गरेको हो । मकवानपुरको भिमफेदी, कपिलवस्तु, नुवाकोट, जगन्नाथदेवल काठमाडौँ, कास्की, नवलपरासी र नख्खुमा उनीहरूलाई स्थानान्तरण गरिएको हो । कारागारमा रहेका कैदीलाई चापअनुसार स्थानान्तरण गरिँदै आइएको कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले जानकारी दिनुभयो … Read more

सुन्तलाले मनग्य मूल्य पाएपछि चितवनका किसान उत्साहित

जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– २९ मा सुन्तला खेती हुँदैआएको छ । इच्छाकामना गाउँपालिका–५ का किसान रामप्रसाद बोहोरा अहिले गत वर्षको तुलनामा सुन्तलाको मूल्य राम्रो पाएपछि खुसी हुनुहुन्छ । उहाँले … Read more

चितवनमा राष्ट्रियस्तरको ‘युनाइटेड टेक फ्युजन २०८२’ हुने

युनाइटेड टेक क्लबको आयोजनामा तथा युनाइटेड टेक्निकल कलेज, भरतपुर–११, चितवनको सहकार्यमा राष्ट्रियस्तरको प्राविधिक कार्यक्रम ‘युनाइटेड टेक फ्युजन २०८२’ आयोजना हुने भएको छ । सिभिल, कम्प्युटर, आईटी , विद्युत तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको संयुक्त पहलमा गठन गरिएको युनाइटेड टेक क्लबले यसअघि पनि राष्ट्रियस्तरका ह्याकाथन, प्रविधिमूलक कार्यक्रमहरू, तथा कलेजभित्र विभिन्न तालिम र कार्यशालाहरू सफलतापूर्वक सम्पन्न गरिसकेको … Read more

स्टार्स मन्टेश्वरीमा अक्षरआरम्भ संस्कार कार्यक्रम, पण्डित सुवेदी र वरिष्ठ कलाकार चैत्यदेवी सहभागी हुने

स्टार्स मन्टेश्वरी एकेडेमीले सरस्वती पूजा विशेष कार्यक्रम आयोजना गरेको छ । हरेक बालबालिकाको सिकाइ यात्रा एउटा अक्षरबाट सुरु हुन्छ भन्ने पवित्र मान्यतालाई आत्मसात गर्दै भरतपुर–११, मालपोत चोकस्थित स्टार्स मन्टेश्वरी एकेडेमीले शुक्रबार विहान ९ बजेदेखि अक्षरआरम्भ संस्कार २०८२ विशेष तथा अर्थपूर्ण रूपमा आयोजना गर्न लागेको हो । २ वर्ष तथा सोभन्दा माथिका नानीबाबुहरूका लागि लक्षित यस … Read more

माओत्से गुरुङको निर्देशनमा ‘पेन्सन पट्टा’को छायांकन ३३ औं दिनमा चितवनमा सम्पन्न

कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा माओत्से गुरुङ फिल्मको ब्यानरमा निर्माण भइरहेको चलचित्र ३३ औं दिनमा सकिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरी चितवनको विभिन्न स्थानमा छायाँकन गरी चितवनमा समापन गरिएको हो । चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, … Read more

चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढायो

प्रतिनिधिसभा निर्वाचन २०८२ को मिति नजिकिँदै जाँदा चितवन राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारी हुनसक्ने जनाउँदै उच्च सतर्कता बढाएको छ । निर्वाचनका समयमा नयाँ मानिसहरूको आवतजावत बढ्ने र चोरी सिकारी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले स्थानीय, सरोकारवाला निकायहरूसँगको सहकार्यमा सुरक्षा व्यवस्था मिलाइएको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली … Read more

स्वास्थ्य बिमा कार्यान्वयनको उत्कृष्ट नमूना भरतपुर अस्पताल

भुवन विश्वविद्यालय शिक्षण अस्पतालले माघ १ गतेबाट स्वास्थ्य बिमा बन्द गर्ने निर्णय गर्‍यो । यसको प्रमुख कारण स्वास्थ्य बिमाबाट दाबी गरिएकोमध्ये आधा अस्वीकृत (रिजेक्सन) भएको र समयमा भुक्तानी नपाएको हो । त्रिवि शिक्षण अस्पतालकोभन्दा बढी सेवा दिने यहाँको सरकारी भरतपुर अस्पतालको भुक्तानी पाउनुपर्ने रकम त्रिविको भन्दा बढी छ । तर अस्वीकृत दुई प्रतिशत मात्रै छ … Read more

‘बालीलाई कति मात्रामा मल हाल्ने भन्ने किसानलाई जानकारी नहुँदा माटोको उत्पादन क्षमता खस्कियो’

किसानमा रासायनिक मलको प्रयोगबारे यथेष्ट र स्पष्ट जानकारी नहुँदा माटोको गुणस्तर खस्कँदै गएको र यसबाट उत्पादनमा समेत गिरावट आएको पाइएको छ । उचित जानकारी नहुँदा किसानले विभिन्न प्रकारका रासायनिक मल जथाभावी प्रयोग गर्ने गरेको सरोकारवालाहरूको बुझाइ छ । चितवनको भरतपुरस्थित चितवन एक्सपो सेन्टरमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा आयोजित अन्तक्र्रियामा सहभागी सरोकारवालाले किसानलाई रासायनिक मलको समुचित … Read more

चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि..

केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहनुभएको थियो । एकदिन छाडा छोडिएको एउटा कुकुर उहाँहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुग्नुभयो । हतारिदैँ चोट लाग्ने गरी लखेट्नुभयो । त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो । दुवैका आँखा रसाए । उहाँहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे … Read more

माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटमा बिहानैदेखि भक्तजन भीड

तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न भक्तजनको चहलपहल सुरु भएको छ । देवघाटधाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् । बुधबार दिउँसो वेणीसङ्गममा लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । बुधबार रातिदेखि नै देवघाटमा भक्तजनको भीड बढेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिनुभयो । यस वर्ष … Read more