भरतपुरका उपमेयरको घर जलाउदा ग्यास पड्किएर एक जनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिकाका उपमेयरको घर जलाउदा ग्यास पड्किएर एक जनाको मृत्यु भएको छ । भदौ २४ गते अपरान्ह उप(मेयर चित्रसेन अधिकारीको घरमा आगो लगाउदा ग्यास सिलिन्डर पड्किएर गम्भीर घाइते भएका भरतपुर(२१ का १९ वर्षका सरोज गुरुङको उपचारको क्रममा आज मृत्यु भएको हो । ग्यास पड्किएर गुरुङको टाउको, छाती र पेटमा चोट लागेको थियो । उनको … Read more

चितवन विशेष भरतपुर कारागारमा १४० कैदीबन्दी फर्किए

कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ । बिहीबार सबै कैदी–बन्दीको घरपरिवारमा सम्पर्क गरिएको थियो । सम्पर्क गरिएका कैदीबन्दी कारागार फर्कन थालेका हुन् । कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार अहिलेसम्म १४० कैदीबन्दी फर्किएका छन् । उहाँले भन्नुभयो, “बुधबार बिहान ७४० कैदीबन्दी कारागर फोरेर भागेका थिए ।” भागेका कैदीबन्दीलाई समेत सम्पर्क गरेर तत्काल कारागार … Read more

चाडपर्वलाई लक्षित गरी मुग्लिन-मलेखु सडक मर्मत गरिँदै

नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन-मलेखु सडक स्तरोन्नतिसँगै चार्डपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले कालोपत्रबाहेक खाल्डाखुल्डी पुर्ने र सम्याउने काम थालिएको हो । पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालका अनुसार दसैँ अघि कालोपत्रबाहेक सडकका सानाठूला खाल्डा पुर्नेगरी काम थालिएको हो । उहाँले भन्नुभयो, “दसैँ, … Read more

भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले बिमामार्फत सेवा लिए

गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये ८९ प्रतिशतले स्वास्थय बिमामार्फत उपचार गराएका छन् । ज्येष्ठ नागरिकको उपचारको भरोसा स्वास्थ्य बिमा वनेको छ । सत्तरी वर्ष माथिकाहरुको स्वास्थ्य बिमा निःशुल्क हुन्छ । एक पटक बिमा गरेपछि नवीकरण गरिरहनुपर्दैन । यसबाट उनीहरुले निःशुल्क उपचार पाउने गर्दछन् । सुरुमा नागरिकता र एकप्रति फोटो बुझाएपछि बिमामार्फत … Read more

पर्याप्त पर्यटक भित्र्याउने विश्वासका साथ पूर्वतयारी गर्दै सौराहाका व्यवसायी

पर्यटकीय याम प्रारम्भ हुनलागेसँगै सौराहाका पर्यटन व्यवसायी पूर्वतयारीमा जुटेका छन् । बिदामा गएका कर्मचारी पनि काममा फर्कन थालेका छन् । गत वर्ष पर्यटक नआउँदा खिन्न सौराहास्थित होटल भिष्टाका सञ्चालक रमेश सिलवाल यो वर्ष पर्यटक आउनेमा आफू आशावादी रहेको बताउनुहुन्छ । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रङ्गरोगन, मर्मतसम्भारमा नै व्यस्त हुनुहुन्छ … Read more

चितवनका शुलभ फूलखेतीबाट आत्मनिर्भर बन्दै

यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोेग हुने फूलको व्यावसायिक खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका–७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्तीं )र जिप्सीको व्यावसायिक खेती सुरु गर्नुभएको हो । यी फूलहरू विवाह, व्रतबन्ध, भोजभतेर र महत्त्वपूर्ण कार्यक्रममा सजावटमा प्रयोग हुने गर्छन् । विगत १३ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आउनुभएका श्रेष्ठले … Read more

डि मल्टी स्टुडियोको वेबसाइट लन्च: घरमै बसी फोटो फ्रेम र गिफ्ट अर्डर गर्न सुविधा ।

भरतपुर, चितवनको अग्रणी फोटो तथा कस्टमाइज्ड गिफ्ट सेवा प्रदायक डि मल्टी स्टुडियोले आफ्नो अफिसियल वेबसाइट लन्च गरेको छ (Website Link: Dmultistudio.com )। जसबाट ग्राहकहरूले अब घरमै बसेरनै सजिलै अर्डर गर्न सक्ने सुविधा पाउने भएका छन्। डि मल्टी स्टुडियोका सञ्चालक देव चापागाईंका अनुसार, वेबसाइटमा फोटो प्रिन्ट, फोटो फ्रेम, कस्टमाइज्ड गिफ्ट आइटम, बरमाला, दुबोको माला, बुके लगायतका … Read more

भरतपुर महानगरले दियो ७ हजार २ सय ४१ जनालाई निःशुल्क तालिम

चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा ७ हजार २ सय ४१ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिँदै आइरहेको महानगरले महानगरस्तरीय र वडा तथा वैदेशिक रोजगार बोर्डको सहकार्यमा विभिन्न प्रकारको स्वरोजगारसम्बन्धी तालिम दिएको हो । जसमध्ये पुरुष २ हजार ५ सय ९१ र महिला ४ हजार ६ सय ५० जना रहेका छन् … Read more

सप्तगण्डकी क्याम्पसमा बिटम्याप सोलुसन र इन्टेल्जी सफ्टवेयरको सहकार्य

सप्तगण्डकी बहुमुखी क्याम्पसले सूचना प्रविधि (आईटी) क्षेत्रमा व्यावहारिक शिक्षा र रोजगारीमुखी अवसर विस्तार गर्ने उद्देश्यले दुई निजी आईटी कम्पनीसँग सहकार्य गरेको छ। आज (शुक्रबार) बिटम्याप सोलुसन प्रा. लि. तथा इन्टेल्जी सफ्टवेयर प्रा. लि. को र क्याम्पससँग औपचारिक रूपमा सम्झौता भएको हो। सम्झौता पत्रमा बिटम्यापका सुदीप पराजुली र इन्टेल्जीका सहित बरालले हस्ताक्षर गरेका छन्। क्याम्पस प्रमुख … Read more

भरतपुर अस्पतालले बिमाबापत्को एक अर्ब पाउन बाँकी

भरतपुर अस्पतालले स्वास्थ्य बिमाबापत् प्राप्त गर्नुपर्ने रकम रु एक अर्ब नाघेको छ । गत आर्थिक वर्षको साउनदेखि हालसम्मको भुक्तानी नपाउँदा अस्पताल सञ्चालनमै समस्या हुन थालेको हो । सङ्घीय सरकार मातहतको यस अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामी उपचार गराउन आउनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम इञ्चार्ज लिलाधर पौडेलका अनुसार गत आर्थिक वर्षको … Read more