काभ्रेमा रगतको चरम अभावः बिरामी समस्यामा

बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । विरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक यूनिट रगतसमेत दिन नसकेको जनाइएको छ । केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । “केन्द्रमा एक यूनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट … Read more

आवासीय चिकित्सक सडकमा, शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु प्रदर्शनमा उत्रिएका छन् । सरकारी सरह निर्वाह भत्ता माग गर्दै सेतो पोशाक लगाएका उनीहरु माइतीघर मण्डलामा भेला भएका छन् । उनीहरुले आज स्वास्थ्य मन्त्रालयसम्मै पुगेर प्रदर्शन गर्ने चेतावनी दिएका छन् । तर प्रहरीहरुले उनीहरुलाई अघि बढ्नबाट रोक्ने प्रयास गरिरहेका छन् । चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं … Read more

चितवनको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण २० प्रतिशत सम्पन्न

यहाँ निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१५ स्थित सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माण गरिरहेको छ । धुर्मस–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिइ काम अघि बढाएको थियो । हिमालयन कालिञ्चोक बिबिआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका … Read more

सुदिपको शव अन्त्येष्टिका लागि त्रिवेणी लगियो

बुटवलका सुदिप न्यौपानेको शव अन्त्येष्टिका लागि त्रिवेणी लगिएको छ । मङ्गलवार छिमेकी मुलुक भारतको काश्मिरमा आतंकवादीको हमलामा ज्यान गुमाएका सुदिपको शव अन्त्येष्टिका लागि त्रिवेणी लगिएको हो । सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको थियो । उनी आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि शनिवार काश्मिर गएका थिए । सुदिपका आमा, … Read more

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद भएको छ । संवादमा प्रधानमन्त्री ओलीले पहलगाम भएको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीले फोन वार्ताबारे जानकारी गराउँदै सामाजिक संजाल एक्समार्फत यस्ता पाशविक आतंकवादीहरूमाथिको … Read more

कश्मीर आक्रमणमा मारिएका सुदीप बुटवलकाः आमा, बहिनी र ज्वाइँपनि थिए सँगै

भारतको जम्मु कश्मीरमा मंगलबार लस्कर ए तैयबा समूहले गरेको आक्रमणमा मारिएका नेपाली युवक रुपन्देहीको बुटवलका भएको खुलेको छ ।  कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा नेपाली युवक सुदीप न्यौपानेसहित २६ जना पर्यटक मारिएका थिए । जसमा एकजना नेपाली २७ वर्षीय सुदीप न्यौपाने पनि रहेको मंगलबार नै खुलेको थियो । भारतको जम्मु कश्मीरमा मंगलबार लस्कर ए तैयबा … Read more

एकै दिन ७ हजार ५ सयले घट्यो सुन

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य सात हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साढे सात हजारले घटेपछि सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यस्तै हिजो (मंगलबार) सुन हालसम्मकै उच्च मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य … Read more

आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको … Read more

बागमतीमा लक्ष्यअनुरुप राजस्व उठेन

बागमती प्रदेशमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको सम्बन्धित कार्यालयका कर्मचारीले बताएका छन् । घरजग्गा तथा नयाँ सवारीसाधन खरिदबिक्रीमा आएको गिरावटसँगै लक्ष्यअनुरूप राजस्व सङ्कलन हुन नसकेको हो । घरजग्गा रजिस्ट्रेसन ९मालपोत० र सवारी कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । दुवै शीर्षकबाट आर्थिक वर्ष २०८१/८२ मा रु २९ अर्ब ५५ करोड ८९ लाख राजस्व … Read more

जलवायु परिवर्तनले पीडित थामेवासीलाई सहयोग गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण दुःख, कष्ट झेलिरहेका थामे क्षेत्रका बासिन्दालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘सगरमाथा संवाद’को पूर्वसन्ध्या सगरमाथा क्षेत्रको थामे गाउँमा आयोजित ‘आरोही सम्मेलन, जलवायु न्यायका लागि संवाद’ विषयक सम्मेलनलाई आज शुभकामना दिनुहुँदै थामेवासीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमार्फत थामेमा आयोजित जलवायुपरिवर्तनसँग यस … Read more