कीर्ते दस्तखत गरी रकम झिक्ने विद्यालय सहयोगी पक्राउ

झापा– काँकडभिट्टा माध्यमिक विद्यालयको बैंक खाताबाट कीर्ते दस्तखतका आधारमा चेक साटेर चार लाख १८ हजार झिकेको आरोपमा विद्यालयकै कार्यालय सहयोगी रोशन मल्लिक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ निवासी मल्लिकले नेपाल बैंक लिमिटेड काँकडभिट्टाबाट २० पटक चेक साटेर उक्त रकम निकालेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक कृष्णकुमार पोखरेलले बताए ।  विद्यालयको बैंक खाता प्रधानाध्यापक हरिप्रसाद न्यौपाने र लेखापाल विष्णुलाल पाण्डेको संयुक्त हस्ताक्षरमा सञ्चालन हुँदै आएको थियो … Read more

सातदोबाटोका तीन टहरामा ललितपुर महानगरले चलायो डोजर (तस्बिहरू)

ललितपुर– ललितपुर महानगर प्रहरी बलले बिहीबार बिहान नक्सा पास नभएका घर-टहरामा डोजर चलाएको छ । सातदोबाटोस्थित चक्रपथसँगैका नक्सा पास नभएका तीनवटा टहरामा डोजर चलाएर महानगरपालिकाको टोलीले भत्काएको हो ।मापदण्डविपरित सडकको जग्गा मिचेर बनाइएका टहरामा डोजर र नगर प्रहरी परिचालन गरे‍र भत्काइएको महानगरले जानकारी दिएको छ ।

पार्टी बैठक बालुवाटारमा राख्दिन: प्रधानमन्त्री ओली

काठमाडौं:  प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । बिहीबार बिहान उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराएका हुन् । सामाजिक सञ्जालमार्फत पाएको सुझाव अनुसार आफूले सरकारी निवासमा बैठक नराख्ने बताएका हुन्। उनले आफूलाई सुझाव दिइरहन आग्रह … Read more

काठमाडौं आउन लागेको जहाजमा समस्या, मर्मत गर्न जाँदै इञ्जिनियर

काठमाडौं । धनुषाको जनकपुर विमानस्थलबाट काठमाडौं आउन लागेको यती एयरलाइन्सको विमानमा समस्या देखिएपछि उडान स्थगित भएको छ । आज दिउँसो काठमाडौं आउन लागेको जहाजमा प्राविधिक समस्या देखिएको एयरलाइन्सका कर्मचारीले जनाएको छ । जहाज मर्मतका लागि काठमाडौंबाट इञ्जिनियर जाने भएका छन् । उडान भर्ने क्रममा जहाज बिग्रेपछि यात्रुलाई सकुशल सुरक्षित स्थानमा लगिएको थियो ।

सिमलताल दुर्घटना : बेपत्ता बस र यात्रुको खोजीमा चीनसँग सहयोग माग्दै सरकार

काठमाडौं– गत असार २८ गते आएको बाढीका कारण नारायणघाट मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा पहिरोले बगाएर बेपत्ता रहेका दुई बस र यात्रुको खोजीका लागि चीनलाई अनुरोध गरिने भएको छ । बुधबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले सिमलताल दुर्घटनामा बेपत्ता दुई बस र यात्रुको खोजीमा सघाउन चीन सरकारलाई अनुरोध गर्ने तयारी … Read more

परराष्ट्रमन्त्री राणाले गरिन् पासपोर्ट कन्सुलर शाखाको निरीक्षण

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणाले त्रिपुरेश्वर स्थित पासपोर्ट कन्सुलर शाखाको निरीक्षण गरेकी छन् । मन्त्री राणाले बुधबार कन्सुलर शाखाको निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल लगायतको सहभागिता रहेको थियो ।  

प्रहरी हिरासतभित्र थुनुवाको मृत्यु

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा रहेका एक थुनुवाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–७ पालिया का २८ वर्षीय झकबहादुर खड्का रहेका छन् ।खड्का चार दिनअघि लागूऔषधसहित मेचीनगर–६ बाट पक्राउ परेका थिए । उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इप्रका काँकडभिट्टाको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गरिरहेको थियो । मङ्गलबार … Read more

बाढीपहिरोले देशभर कहाँ के भयो?

मंगलबारदेखि परेको अविरल वर्षातले देशभरको जनजीवन प्रभावित बनेको छ।काठमाडौं उपत्यकाका नदी किनारका क्षेत्रमा बाढी पसेको छ।उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायत नदी किनार सडकमा सवारी आवागमन प्रभावित बनेको नेपाल प्रहरीले जानकारी दिएको छ।जल तथा मौसम विज्ञान विभाग, हावापानी विश्लेषण महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा देशका २०८ मध्ये १८० वटा केन्द्रमा पानी परेको छ।मौसमविद् सुदर्शन हुमागाईंले ९ वटा केन्द्रमा १०० … Read more

सरकारले भन्यो : बिपिन जोशी सुरक्षित भएको जानकारी पाएका छौँ

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेकाे भनिएका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छन्। जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री डा. राणाले सो जानकारी दिएकी हुन्।बिपिन जोशीका बुबासहित परिवारका सदस्यहरूले साेमबार परराष्ट्रमन्त्री डा. राणालाई उनको कार्यकक्षमा भेटेर बिपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका … Read more

प्रतिनिधिसभा बैठक : सडक दुर्घटना बढ्दै, पूर्वाधारको गुणस्तरीयतामाथि प्रश्न

काठमाडौँ I सांसद डा अमरेशकुमार सिंहले पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको भन्दै सडक पूर्वाधारको गुणस्तरीयतामाथि प्रश्न उठेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले यस्तो टिप्पणी गरेका हुन् ।सांसद अब्दुल खानले अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको भन्दै यथाशीघ्र राजमार्ग सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सडक अवरुद्ध हुँदा … Read more