प्रहरीले भन्यो: रविलाई पोखरा लैजाँदा प्रहरीले मापसे गरेको थिएन
जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा लैजाँदा मापसे गरेका प्रहरी कर्मचारीले उठाएको भन्ने विषयको खण्डन गरेको छ। आइतबार चितवन प्रहरीका डिएसपी भेषराज रिजालले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भ्रामक समाचारहरू फैलाइएको भन्दै खण्डन गरेका हुन्। ‘पोखरामा उपस्थित गराउने क्रममा नेपाल प्रहरीका कर्मचारीले राति सुतेको बेलामा हिरासत कक्षबाट … Read more