दक्षिण भारतमा कार तालमा खस्दा पाँच जनाको मृत्यु

नयाँ दिल्ली– भारतको दक्षिणी राज्य तेलङ्गानामा शनिबार बिहानै कार तालमा खस्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै एक जना घाइते भएको पुष्टि भएको छ । दुर्घटना राज्यको यादद्री भुवनगिरि जिल्ला जलालपुर नजिकै भएको हो । कार चालकले गाडीमाथि नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिन्छ । राज्यको राजधानी हैदरावादबाट भुदन पोचमपल्ली क्षेत्रमा निकै तीव्र गतिमा गुडिरहेको कार … Read more

टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै विराटनगर

काठमाडौं : नेपाल प्रिमियर लिगमा विराटनगरले कर्णाली याक्सविरुद्ध बलिङ गर्ने निर्णय गरेको छ। टियु क्रिकेट मैदानमा शनिबार कप्तान सन्दीप लामिछाने नेतृत्वको विराटनगरले सोमपाल कामी नेतृत्वको कर्णालीविरुट बलिङ गर्न लागेको हो।यसअघि दुवै तीन खेल खेले पनि दुईमा हार र एकमा विजयी हात पारेको छ।

केरा खेतीबाट वार्षिक एक करोड ५० लाख आम्दानी

पर्वत – जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केरा खेतीबाट वार्षिक एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ । यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । पीपलटारी र कटुवाचौपारीका ६५ कृषकले एक हजार रोपनी क्षेत्रफलमा व्यावसायिक केरा उत्पादन गर्दै आएका हुन् । विसं २०५२ मा चितवनको राप्ती किनारबाट … Read more

जैबको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको लगातार तेस्रो जीत, लुम्बिनी फेरि पराजित

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जीत दर्ता गरेको छ। लुम्बिनी लायन्सलाई ४५ रनले हराउँदै सुदूरपश्चिमले तेस्रो जीत निकालेको हो। सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनले र दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले हराएको थियो। सुदूरले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीको लागि विवेक यादवले सर्वाधिक ७७ रन बनाए। उनले ५४ … Read more

काठमाडौंको हावा उच्च जोखिमयुक्त, बन्यो विश्वकै १०औं प्रदूषित सहर

काठमाडौं । काठमाडौं विश्वकै १०औं प्रदूषित सहर बनेको छ। आईक्यू एयरको शनिबार बिहान साढे ९ बजेको मापनअनुसार काठमाडौं विश्वकै शीर्ष १० प्रदूषित सहरको सूचीमा पुगेको हो। काठमाडौंको एक्यूआई सूचकांक १७८ रहेको छ। काठमाडौंमा पीएम २.५ को अवस्था ९४.५ रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसर काठमाडौंको यो प्रदूषण उच्च अस्वस्थकर हो। काठमाडौंमा हाँडीगाउँ, तथली, चुन्ने पाखालगायत … Read more

‘हवाई दुर्घटना अनुसन्धान गर्ने आयोग गठन प्रक्रिया अघि बढेको छ’

काठमाडौँ, मंसिर २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता  रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिनुभएको हो । पछिल्लो समय तथ्य र तथ्याङ्कभन्दा लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको … Read more

जुम्लामा टेलिकमको फाइबर इन्टरनेट विस्तार

जुम्ला– जुम्लामा एक हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट सेवा जडान गरेका छन् । अहिले जिल्ला सदरमुकाम खलङ्गा बजारमा मात्र फाइबर इनटरनेट सेवा दिएको छ । जुम्लाका आठ स्थानीय तहमा टेलिकमको फाइबर इन्टरनेट सेवा विस्तारका लागि काम भइरहेको छ । जिल्लाका धैरै जसो सरकारी कार्यालय र व्यक्तिगत पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत … Read more

मधेस प्रदेशमा १५ लाख मेट्रिकटन धान उत्पादन हुने अनुमान

मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा प्रदेशमा १५ लाख दुई हजार चार सय ५८ मेट्रिकटन धान उत्पादन हुने अनुमान गरेको छ। गत आर्थिक वर्षमा १२ लाख ९६ हजार छ सय सात मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष उत्पादन बढ्ने मन्त्रालयको अनुमान छ। समयमै पानी परेको तथा मल तथा बिउ सजिलो … Read more

आज पाँच जिल्लामा रास्वपाको भेला

२२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले आज पाँच जिल्लामा जिल्ला  भेला आयोजना गरेको छ । जिल्ला समिति गठन, संगठन निर्माण, यसअघि जिल्ला समिति संरचना रहेको जिल्लाहरूमा रिक्त पदहरूको पदपूर्ति र जिल्ला भित्रका निर्वाचन क्षेत्र, पालिका, वडा संगठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि भेला आयोजना गरिएको हो । कर्णालीको सल्यान, लुम्बिनीको बाँके, गण्डकीको नवलपुर, बागमतीको … Read more

कपिलबस्तुमा मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

२२ मंसिर, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा कपिलबस्तुमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको दुपचेश्वर गाउँपालिका-७ का २५ वर्षीय शिसिर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ । प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार तामाङलाई कृष्णनगर नगरपालिका-२ लीङगेटबाट नियन्त्रणमा लिइएको हो । काठमाडौंबाट झुक्याएर एक व्यक्तिलाई … Read more