गृहमन्त्री लेखकको ब्रिफिङ : एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुँदैन

काठमाण्डु – गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठकमा बाढीपहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराए । उनका अनुसार सरकारले ७०० भन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिसकेको छ । सरकारले तत्काल अस्थायी आवास निर्माण … Read more

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मंगलबार यस्तो आदेश दिएको हो । प्रसाईंलाई साइबर अपराधसम्बन्धी दुईवटा कसुरमा ५०/५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ । प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले प्रसाईंलाई … Read more

बाढीबाट भएको क्षतिका कारण किस्ट अस्पतालको सेवा ठप्प

काठमाडौं– पछिल्लो भारी वर्षा र बाढीका कारण अस्पतालका उपकरणहरूमा क्षति भएको भन्दै किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले शनिबारसम्म स्वास्थ्य सेवा उपलब्ध नगराउने जनाएको छ ।  अस्पतालले आज एक सूचना जारी गर्दै पछिल्लो वर्षाका कारण विद्युत सप्लाइ र उपकरणमा क्षति पुगेको भन्दै आगामी शनिबारसम्म आकस्मिक लगायतका सेवा उपलब्ध गराउन नसक्ने जनाएको हो । अस्पतालले सम्पूर्ण सेवा सुचारु गर्नको लागि प्रयत्न … Read more

सातै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय

काठमाडौँ,  सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रले सबै प्रदेशमा पुर्‍याउने घोषणा गरेको छ । केन्द्रका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको केन्द्र सञ्चालक समिति बैठकले हाल केन्द्रमार्फत बाग्मती प्रदेशमा उपलब्ध मुटु रोग उपचार सेवा अब थप ६ प्रदेशमा विस्तार गर्ने निर्णय गरेको हो । बैठकले स्वास्थ्य मन्त्रालयको योजनाअनुसार मुटु रोग उपचार … Read more

अलपत्र यात्रुलाई तत्काल उद्धार गरी गन्तव्यमा पुर्‍याउन संसदीय समितिको निर्देशन

काठमाडौँ, । संसदीय समितिले विभिन्न सडकमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले गत असोज ११ र १२ गतेको भारी वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको हो । मङ्गलबार बसेको … Read more

राहत तथा पुनर्स्थापनाको काम तदारुकताका साथ गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले राहत तथा पुनर्स्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सम्भव भएसम्म सवै उपाय लगाएर भएपनि प्राकृतिक विपदमा परेको नागरिकको राहत तथा पुनस्र्थापनाको काम तदारुकताका साथ गर्न सरकारलाई निर्देशन दिएको हो। त्यस्तै अवरुद्ध भएका सडक सञ्जालहरु यातायातका साथ चल्न सक्ने गरि मर्मत गर्न … Read more

प्रधानमन्त्रीद्वारा एमाले केन्द्रीय कार्यालयको निरीक्षण

काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको निरीक्षण गर्नुभएको छ । एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर निरीक्षण गर्नुभएको हो । अविरल वर्षा र बाढीका कारण पार्टी कार्यालयको भुइँतला पूर्णतः डुबेको थियो । बाढीबाट … Read more

बाडी पीडित घाइतेको अवस्था बुझन भक्तपुर अस्पतालमा बागमतीका मुख्यमन्त्री

भक्तपुर , भक्तपुर अस्पतालको अनुगमनमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा आएका छन् । गत शुक्रवार र शनिवार परेको अविरल वर्षाका कारण भएको क्षति र त्यसमा परि घाइते भएका बिरामीको अवस्था बुझनका लागि मुख्यमन्त्री लामाका साथमा प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगर, उद्योग मन्त्री शुक माया तामाङ, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ भक्तपुर अस्पताल पुगेका … Read more

अबरुद्ध राजमार्गहरु तत्काल खोल्न राज्यव्यवस्था समितिको सरकारलाई निर्देशन

काठमाडौँ- संसद्को राज्यव्यवस्था समितिले मंगलबार अवरुद्ध राजमार्गहरु तत्काल खोल्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार रातिदेखि परेको पानीका कारण देशका महत्त्वपूर्ण राजमार्गहरु अबरुद्ध भएकामा केही खुलेका छन् भने सडक नै भत्किएका बिपी राजमार्गलगायत केही सडक तत्काल सञ्चालनमा आउने सम्भावना कम छ। राज्य व्यवस्था समितिले बाटोमा अलपत्र यात्रुहरुलाई तत्काल गन्तव्यमा पुर्‍याउन पनि सरकारलाई निर्देशन दिएको छ। त्यस्तै … Read more

बाढीपहिराेमा परी दुई सय १८ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौँ, गृहमन्त्री रमेश लेखकले बाढीपहिराेमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ  । प्रतिनिधिसभा राज्यव्य तथा सुशासन समितिको मङ्गलबारको बैठकमा उहाँले विपदमा परेका नागरिकको खोज तथा उद्धार र राहतमा सरकार केन्द्रित भएको बताउनुभयो । उहाँले घाइतेको निःशुल्क … Read more