चेकिङमा रोकिएको स्कूटरलाई ट्रकले ठक्कर दिएपछि गठ्ठाघरमा तनाव, प्रहरी र स्थानीयबीच झडप

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कूटर चालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुडा गरेका छन् । चेकिङका क्रममा ना ६ ख २१७३ नम्बरको ट्रकले स्कूटरलाई ठक्कर दिएको थियो ।स्कूटर चालकको शव निकाल्न घटनास्थलमा क्रेन लैजाने प्रयास गरे पनि प्रहरीमाथि नै स्थानीय जाइलागेपछि प्रहरी प्रतिरक्षाको स्थितिमा पुगेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी वेद विष्टका अनुसार स्कूटर … Read more

ब्रिज कन्सल्टेन्सीको शाखा चितवनमा उद्घाटन, प्रथम दिनमै बिद्यार्थीको घुइँचो

३१ श्रावण, चितवन– ब्रिज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सी चितवन शाखाको शुभारम्भ भएको छ ।बिहिबार एक कार्यक्रमका बिच चितवन शाखाको भरतपुरमा शुभारम्भ गरिएको हो । शैक्षिक परामर्श संघ नेपाल (इक्यान)का केन्द्रिय अध्यक्ष शेषराज भट्टराई र ब्रिजका अध्यक्ष भुवन गिरीले संयुक्त रुपमा रिवन काटेर चितवन शाखाको समुद्घाटन गरे । समुद्घाटनका अवसरमा प्रमुख अतिथि समेत रहेका इक्यान अध्यक्ष भट्टराइले … Read more

कङ्क्रिटका घरका कारण हराउन थाल्यो मनाङको मौलिकता

 मनाङ । ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङका पालामा सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । तर हिजोआज मनाङमा यस्ता घर देखिँदैनन् ।जङ्गलमा गएर सल्लाका रुख काटी फल्याक बनाएर घर बनाउने चलन हराउन थालेको उनी बताउँछन् । ‘जस्ताको घर बनाए पनि पानी चुहिन्छ । घर पनि चिसो अनि हिउँ पर्दा झन् चिसो … Read more

यस्तो छ १० करोडमा बनेको नेपाली-हिन्दी मिश्रित गीत ‘झ्याइँ’

काठमाडौं । न्युयोर्कको टाइम्स स्क्वायर ठूला एलईडी स्क्रिन र चम्किलो ‘नाइट लाइफ’ले विश्वव्यापी चर्चित छ । संसारका ठूला ब्राण्ड यो थलोमा राखिएका भव्य स्क्रिनमा विज्ञापन देखाउने होडमा हुन्छन् ।सेकेण्डको हिसाबले विज्ञापन गर्न पनि मिलियन डलर खर्च लाग्छ । यो ‘कस्मोपोलिटन’ थलोमा गत शनिबार नेपाली र हिन्दी मिश्रित गीतको म्युजिक भिडियो ‘झ्याइँ’को प्रिमियर गरियो ।टाइम्स स्क्वायरका … Read more

अख्तियार र कर्मचारीको अन्तरविरोधले शासन जाम हुने भयो : प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कर्मचारीको अन्तरविरोधका कारण शासन नै जाम हुने हो कि भने जस्तो अवस्था बेलामौकामा देखिने गरेको बताएका छन् । भ्रष्टाचार निवारण ऐन संशोधनका क्रममा यो जटिलता फुकाउने पर्ने उनले बताए ।विधेयकमाथि छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार अख्तियारका पदाधिकारीहरुलाई बोलाएको थियो । … Read more

पहिरोले भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध

भोजपुर,  वर्षात्ले  पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ ९ मा पर्ने यो स्थानमा ठूलो पहिरो झरेपछि स्थानीयको जनजीवन कष्टकर बनेको हो । यो सडकले छिमेकी जिल्ला खोटाङलाई जोडेको छ । सडक माथीबाट ठूलो पहिरो झरेपछि पैदल यात्रा गर्नसमेत … Read more

टेलिकमको नाफा १६ प्रतिशतले घट्यो, नेटवर्थ ४ प्रतिशतले वृद्धि

काठमाडौं– नेपाल दुरसञ्चार लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०८०–०८१ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा खुद नाफा १६.४४ प्रतिशतले घटेको छ ।आर्थिक वर्ष २०७९–०८० मा टेलिकमले ७ अर्ब ९२ करोड १ लाख ५५ हजार नाफा गरेकोमा गत आवमा भने १६ प्रतिशतले घटेर ७ अर्ब ६१ करोड ७ लाख ७६ हजार रुपैयाँ मात्र खुद नाफा गरेको छ । टेलिकमको नाफा घटेपनि … Read more

सहकारीदेखि दुई वटा पासपार्टको कुरा उठाएर मुकुलले लगाएर रवि लामिछानेमाथि आरोपको वर्षा

काठमाडौं, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्टीकरण सोधेपछि सबै जिम्मेवारीबाट निश्काषन गरिएका डा. मुकुल ढकालले स्पष्टीकरण पत्र बुझाएका छन् । सभापति रवि लामिछानेलाई सम्बोधन गरेर ढकालले लेखेको जवाफमा आफूलाई स्पष्टीकरण सोध्नुअघि लामिछाने स्वयमले आफ्नो नैतिक धरातलमा खडा भएको कुरा पुष्टि गर्नुपर्ने चूनौति दिएका छन् । उनले लामिछानेमाथि सहकारी ठगी प्रकरणमा स्वतन्त्र छानबिन समिति गठन … Read more

मंकीपक्सको संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार मंकीपक्स लाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। दुई वर्षमा यो दोस्रो पटक हो कि यो रोगलाई स्वास्थ्य आपतकाल घोषणा गरिएको हो। कंगोमा यो रोगको प्रकोप छ, जसका कारण छिमेकी देशहरु पनि प्रभावित भएका छन्। बाँदर बिफर जस्तै भाइरल रोग हो। यो भाइरसको संक्रमणले सामान्यतया धेरै साइड इफेक्ट … Read more

मैयादेवी कन्या क्याम्पसको छात्रवृत्तिमा छोरीबुहारीलाई प्राथमिता

चितवन । यहाँस्थित मैयादेवी कन्या क्याम्पसले क्याम्पसका अध्ययतरत छात्रालाई अक्षयकोष नै बनाएर छात्रवृत्ति प्रदान गर्दै आएको छ । हाल कोषमा रु एक करोड ५० लाख रहेको जनाइएको छ । साथै क्याम्पसले आफ्नो अक्षयकोषका अतिरिक्त विश्वविद्यालय अनुदान आयोग र बागमती प्रदेश सरकारद्वारा प्रदान गर्ने छात्रवृत्ति पनि प्रदान गरिरहेको छ । ती निकायले छात्रवृत्तिमा छोरीबुहारीहरुलाई प्राथमिकता दिएपछि … Read more