काठमाडौँको मध्य भागमा एक पुरुषको हत्या

काठमाडौँ , भदौ १० । राजधानी काठमाडौँको शंखमुलमा एक जना पुरुषको हत्या भएको छ। मृत्यु हुनेमा रूपक बान्तवा छन्। आइतबार राति शंखमुस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा उनको हत्या भएको प्रहरीको भनाई छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए। उनि उक्त पुल हाउसका संचालक भएको बताइएको छ। अन्य विषय … Read more

बाढीका कारण २० जनाको मृत्यु

भदौ १०। लगातारको मनसुनी वर्षाका कारण बंगलादेश बाढीको चपेटामा परेको छ । बाढीका कारण त्यहाँ २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय अधिकारीहरुले जनाएका छन् । बाढीका कारण लाखौं मानिसले व्यवस्थित खाना, सफा पानी, औषधि र सुक्खा कपडाको अभावको सामना गरिरहेको बताइएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद … Read more

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै।

काठमाडौँ ,भदौ १०। भगवान् श्रीकृष्णको जन्मजयन्ती श्रीकृष्णजन्माष्टमी आज देशभर विभिन्न कार्यक्रम गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । शास्त्र अनुसार भगवान श्रीकृष्णको जन्म द्वापर युगमा चन्द्र क्यालेन्डर अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो । भगवान् कृष्णलाई दुष्ट, अन्याय र शैतानी शक्तिबाट मानवको रक्षा गर्ने भगवान विष्णुको अवतार मानिन्छ । उहाँलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका तीन सिद्धान्तका प्रवर्तक … Read more

मुग्लिन आबुखैरेनी सडकखण्ड चार घन्टा अवरुद्ध

काठमाडौँ , भदौ १०। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी–मुग्लिन सडकखण्ड चार घन्टा अवरुद्ध हुने भएको छ।आबुखैरेनी-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि सोमबार बिहान ६:३० देखि चार घन्टा उक्त सडक अवरुद्ध हुन लागेको हो। राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय … Read more

चट्याङ लागेर विद्यालयबाट फर्कदै गरेका किशोरको मृत्यु

पाँचथर , भदौ १० । पाँचथरमा चट्याङ लागेर विद्यालयबाट फर्कदै गरेका किशोरको मृत्यु भएको छ । तुम्बेवा गाउँपालिका–२ हुलाक टोलका डिल्लीराम तिम्सिनाका छोरा १५ वर्षीय दर्शन तिम्सिनाको आइतबार ३ः१० बजे विद्यालयबाट घर फर्कने क्रममा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । इन्द्राणी माध्यमिक विद्यालयमा … Read more

पहिरोमा परेर ६ जनाको मृत्यु, ४ बेपत्ता

दोलखा, भदौ १० शनिबार राति आएको पहिरोमा परी रामेछापको पश्चिमी क्षेत्रमा पर्ने दोरम्बा शैलुङ गाउँपालिका–३ स्थित लेखर्क गाउँका ६ जनाको मृत्यु भएको छ भने ४ बेपत्ता छन् । पहिरोले ६ घर बगाएको छ ।मृत्यु हुनेमा ३२ वर्षीया चण्डिका थापामगर र उनका डेढ वर्षीय छोरा आमुस, ४० वर्षीया उर्मिला पहरी, उनका छोराहरू १८ वर्षीय विज्ञान, १७ वर्षीय सन्दीप … Read more

सरकारी सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले सरकारी वा गैरसरकारी सेवा सुविधाको लागि नागरिकताको सट्टामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।शुक्रबार सर्वोच्चका न्यायाधीश द्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले गृह मन्त्रालयले असार १० गते राजपत्रमा प्रकाशित गरेको सूचना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले सार्वजनिक … Read more

रामेछाप घटनाको प्रभावकारी उद्धार र उपचार गर्न अध्यक्ष दाहालको आग्रह

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापको दोरम्बामा आज खसेको भीषण पहिरोमा परेकाहरुको उद्धार र उपचार प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष दाहालले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, टोकरपुरको लेकखर्कमा पहिरोमा परी छजनाको दुखद निधन, चारजना बेपत्ता र एकजना घाइते भएको तथा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले … Read more

‘गुमनाम सुपरस्टार’ विष्णु माझीको गीतले बनायो रेकर्ड, एक दिनमै हेरियो २० लाख पटक

काठमाडौं । तीज नजिकिएसँगै सामाजिक सञ्जालमा एउटा भनाइ चर्चामा हुन्छ– ‘जबसम्म विष्णु माझीको गीत आउँदैन तबसम्म तीज लागेको महसुस हुँदैन ।’त्यो क्रेज अझैसम्म रहेको देखिन्छ । जब शनिबार युट्युबमार्फत रिलिज उनले गीत रिलिज गरिन् । गीत एक दिनमै झन्डै २० लाखभन्दा बढीले हेरिसकेका छन् । उनै चर्चित गायिका विष्णु माझीको बहुप्रतिक्षीत तीज गीत ‘आइन आमा यो … Read more

बिजुली बक्यौता छुट दिने पूर्वप्रधानमन्त्री र ऊर्जामन्त्री बस्नेतलाई स्पष्टिकरण सोध्नुपर्छः भट्टराई

काठमाडौं,नेकपा एमालेका सांसद योगेश भट्टराईले बिजुली बक्यौता छुट पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जामन्त्री शक्ति बस्नेतलाई स्पष्टिकरण सोध्नुपर्ने बताएका छन्। आइतबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्। समितिमा विद्युत महसुलका विषयमा छलफल सुरु भएको छ। उनले अघिल्लो लेखा समितिको निर्देशनको आधारमा महालेखा परीक्षकले भनेको २१.८८ अर्ब बक्यौता उठाउनुपर्नेमा जोड … Read more