सिमलताल घटना : थप एउटा शव भेटियो

काठमाडौं, चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुईवटा बस र बेपत्ता यात्रुको आज पनि खोजी भइरहेको छ । खोजीकै क्रममा सिमलतालभन्दा ४० किलोमिटर तल भरतपुर–२८ गोलाघाटनजिकै नदीको टापुमा एउटा शव भेटिएको छ । अन्दाजि ३०-३५ बर्ष को पुरुषको शब फेला परेको, सनाखत हुन बाकी ।  

म्याग्दीको अर्जेखोलामा पक्की पुल निर्माण

म्याग्दी:म्याग्दीको अर्जेखोलामा १८ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको मोटरेबल पुल सात महिनामा तयार भएको छ। बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–३ को सिमानामा २५ मिटर लामो मोटरेबल पुल निर्माण गर्न निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो ।तीन करोड ४१ लाखमा ठेक्का सम्झौता गरेको कम्पनीले काम थालेको सात महिनामै पुल तयार पारेको पूर्वाधार विकास कार्यालय प्रमुख विष्णुप्रसाद … Read more

३० जना बढीलाई जोगाएर संसार छाडेका मेघराजकी आमालाई थाहा छैन मृत्युको खबर

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित बस चलाउँदा चलाउँदै टाउकोमा ढुंगा बज्रिएर ज्यान गुमाएका नवलपरासीका मेघराज विकको शव अहिले पोस्टमार्टम हुँदैछ।भरतपुर अस्पतालमा पोस्टमार्टमको काम सकिएपछि आजै अन्तिम संस्कारका लागि शव लिएर जाने तयारीमा आफन्तजन छन्। बसमा सवार ३० जनाबढी यात्रुलाई ५० मिटर पर पुर्‍याएर ब्रेक लगाउँदै ज्यान जोगाएका मेघराज आफू पनि बँच्न सकेनन्। उनको निधनपछि … Read more

चितवनको जलमा र सिजीमा चलचित्र ‘घरज्वाइँ’ हेर्नेको भीड

चितवन, शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘घरज्वाइँ’ले बक्स अफिसमा सुखद् सुरुवात गरेको छ । चितवनको क्यूएफएक्स जलमा र सिने प्लेक्स सिनेमा हल क्युएफएक्स सिजीमा शुक्रबार र शनिवार चलचित्र ‘घरज्वाइँ’ हेर्नेको भीड लागेको छ । चलचित्रलाई दर्शकको राम्रो साथ मिलेको छ भने उत्कृष्ट चलचित्र निर्माण भएको प्रतिकृया समेत दिएका छन । चलचित्रले नेपाली संस्कार संस्कृतिलाई प्रबद्र्धन गरेको भन्दै … Read more

गैंडाकोटको थुम्सीमा भेटिए दुई वटा शव

पूर्वी नवलपरासी — गैंडाकोटको थुम्सीमा २ वटा शव फेला परेको छ । नदी किनारमा दुई वटा शव भेटिएको भन्दै स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । गैंडाकोटको थुम्सीमा भेटिए दुई वटा शव नदी किनारमा दुई वटा शव भेटिएको, तर पहिचान नखुलेको प्रहरी निरीक्षक सुदीप भण्डारीले बताए । उनका अनुसार ती शव दुई दिनअघि चितवनको सिमलतालमा बेपत्ता … Read more

कांग्रेसले बनायो मन्त्री छनोटको मापदण्ड

काठमाडौं । नेपाली कांग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ । कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो । योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘सकेसम्म एकै पटक नाम दिन्छौं … Read more

२ समूहकाे झगडा मिलाउन जाँदा धारिलो हतियार प्रहारबाट एक पुरुषको ज्यान गयो

काठमाडौं ,नेपालगन्जमा धारिलाे हतियार प्रहारबाट एक जनाकाे मृत्यु भएकाे छ। शुक्रबार राति नेपालगन्जकाे टांगा स्टेशननजिक दुई समूहकाे बीचमा भएकाे झगडामा धारिलाे हतियार प्रहारबाट घाइते भएका इरसाद कबाडियाकाे मृत्यु भएकाे हो। कबाडियाकाे उपचारकाे क्रममा भेरी अस्पतालमा मृत्यु भएकाे हाे। बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डांगीका अनुसार दुई समूहकाे झगडा मिलाउन गएका कबाडियालाई चाेट लागेकाे थियाे। प्रहरीले … Read more

नारायणी नदीमा फेला परेको शव गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि

चितवन,चितवनको भरतपुर-२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी भेषराज रिजालका अनुसार उक्त शव गणपति डिलक्सका यात्रुको हो । नदी किनारमा घोप्टो परेको अवस्थामा उनको शव शनिवार बिहान भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएको थियो । … Read more

आजदेखि पानी पर्ने क्रम कम, जमिन गलेकोले बाढी पहिरोको जोखिम कायमै

काठमाण्डौ – गएको बुधवार रातिदेखि सक्रिय भएको मनसुनी प्रणाली आजदेखि केही कमजोर भएको छ । अहिले देशका केही ठाउँमा घाम लागेको छ, केही ठाउँमा सामान्य बदली मात्रै भइरहेको छ । कतै–कतै भने हल्का पानी परिरहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानमा पुगे पनि उत्तर प्रदेशमा विकसित न्यून चापीय रेखाका कारण कोशी, बागमती, गण्डकी … Read more

म्यानमाको याङ्गुन नदिबाट पाँच जनाको शव निकालियो

एजेन्सी– म्यानमाका उद्धारकर्ताहरूले व्यवसायिक केन्द्र याङ्गुन नदीमा डुङ्गा दुर्घटनामा परेका १२ वर्षीया बालिकासहित पाँच जनाको शव भेटिएको स्थानीय अग्नि नियन्त्रण सेवाले जनाएको छ। स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार उक्त डुङ्गा बुधबार अर्को जहाजसँग ठोक्किएपछि याङ्गुन नदीमा डुबेको थियो।‘उद्धारकर्ताहरूले नदीबाट पाँच जनाको शव फेला पारेका छन्’, अग्नि नियन्त्रण सेवाले सेवाले शुक्रबार राति फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको … Read more