विकिलिक्सका संस्थापक असान्ज जेलमुक्त, अब जेल बस्न नपर्ने

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायतको जेलबाट मुक्त भएका छन् । लामो समयदेखि चलेको कानूनी लडाइँपछि असान्ज जेलबाट रिहा भएका हुन् । अमेरिकी प्रशासनसँग सम्झौता भएसँगै उनलाई जेलमुक्त गरएको बीबीसीमा उल्लेख छ । ५२ वर्षीय अस्ट्रेलियन नागरिक असान्जमाथि अमेरिकाले राष्ट्रिय सुरक्षासँग जोडिएको दस्ताबेज चोरेको र सार्वजनिक गरेको आरोपमा मुद्दा हालेको थियो । सन् २०१० … Read more

वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा

उदयपुर ।कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन्  ।  मकै, कोदोबालीलाई जङ्गली पशुपक्षीले सखाप पारेपछि उनीहरु केराखेतीमा लागेका हुन् । केराखेतीबाट आम्दानी हुन थालेपछि आफूहरु  व्यावसायिक रूपमै खेती गर्न थालेको किसान लाखबहादुर राई बताए  । “चार सय जति केराको बोट लगाएको छु, यसबाट आम्दानी … Read more

बर्दियामा चट्याङ लागेर मृत्यु

गुलरिया (बर्दिया), बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो । चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । रासस  

पहाड काटेर बनाइएको बाटो

तनहुँको ऋषिङ गाउँपालिका-८ अजम्बरीमा पहाड काटेर बनाइएको बाटो । यही बाटो हुँदै गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्र पुग्न सकिन्छ।

चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ आज नेपाल आउँदै

काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ तीन दिने औपचारिक भ्रमणमा आज नेपाल आउँदै छन्। भ्रमणका क्रममा उनी यही असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु … Read more

केही व्यक्तिको बदमासीले बदनाम बनेको सहकारी क्षेत्र व्यवस्थित बनाऔँ : श्रममन्त्री अर्याल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले केही व्यक्तिको बदमासीका कारण बदनाम बनेको सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा सहकारी रोजगार मेला समापन कार्यक्रमका बोल्दै मन्त्री अर्यालले समाजमा रहेका केही मानिसहरूले गरेको अपराधका कारण समग्र सहकारी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको र यस क्षेत्र बदनाम भएको भन्दै सहकारी क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने बताएका … Read more

बहालवाला मुख्यसचिवसहित यी १२ विरुद्ध भ्रष्टाचारको मुद्दा, ३८ करोड बढीको बिगो दाबी [भिडियो]

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा वहालवाला मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । आइतबार विशेष अदालतमा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध मुद्दा दर्ता गरिएको हो । सार्वजनिक संस्थाको सम्पत्ति हानी, नोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दामा तत्कालीन आन्तरिक राजश्व विभागका महानिर्देशक रही … Read more

प्रतिबन्धित भारतीय रुपैयाँसहित एक जना पक्राउ

 लालबन्दी नगरपालिका-२ बाट नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँ ७१ हजारसहित हरिवन नगरपालिका-४ बस्ने ३० वर्षीय सागर पाख्रिनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नबलपुरबाट खटिएको प्रहरीले ना.३८ प ४०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक पाख्रिनलाई ५ सय दरका १ सय ४२ थान उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।

जापानको फुकुशिमामा ४.९ म्याग्नीच्यूडको भूकम्प

जापानको फुकुशिमाको तटीय क्षेत्रमा आइतबार ४.९ रेक्टर स्केलको भूकम्प गएको छ । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पको केन्द्रबिन्दु फुकुशिमा प्रान्तको तटीय क्षेत्रमा ५० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पका कारण समाचार तयार पार्ने समयसम्म कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । जापान चार टेक्टोनिक प्लेटहरूको मिलन बिन्दुमा अवस्थित … Read more

कम्पोष्ट मलका लागि ढैंचाखेती

बाँके : बाँकेको खजुरा गाउँपालिका–७ सिमालघारीस्थित धनबहादुर योगीले कम्पोष्ट मलका लागि ढैँचाखेती गरेका छन्। हरियो मलका रुपमा प्रयोग हुने कम्पोष्ट मलका लागि उनले विगत पाँच वर्षदेखि एक बिगाहा जग्गामा ढैँचाखेती गर्दै आएका हुन्। ३५ देखि ४० दिनमा मलको रुपमा तयार हुने ढैँचाको बोटले माटोमा नाइट्रोजन स्थिरीकरण गर्नाका साथै प्रांगारिक पदार्थको मात्रा थप्ने हुँदा प्रत्येक वर्ष … Read more