प्रेमिकाले धोका दिएको भन्दै सम्हालिन नसक्दा परिवारमा बज्रपात

सुनसरी- प्रेमिकाले धोका दिएको भन्दै एकजना कर्मचारीले आफ्नै जीवन समाप्त पार्ने निर्णय लिँदा उनको परिवारमा बज्रपात आइलागेको छ ।धनकुटा जिल्ला अस्पतालमा कार्यरत कर्मचारी अर्जुन मेहताले प्रेमिकाबाट धोका पाएको भन्दै आइतबार आत्महत्या गरेका हुन् ।लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी युवतीले धोका दिएको भन्दै फेसबुकमा विरक्त पोखिरहेका उनले आफैंलाई समाप्त गरेपछि परिवारमा बज्रपात भएको छ । उनले … Read more

सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षामा बस्न मिल्दैन: मन्त्री उप्रेती

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सामान्य अवस्थामा नेपाली सेना हतियार लिएर सीमा सुरक्षाको लागि बस्न नमिल्ने बताएका छन् ।आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री उप्रेतीले अन्तर्राष्ट्रिय प्रचलन अनुसार सामान्य अवस्थामा सीमा सुरक्षाको लागि नेपाली सेना सीमामा बस्न नमिल्ने बताएका हुन् । उनले नेपाली सेनाले दूरीमा बसेर सीमा सुरक्षाको निगरानी गरिरहेको बताए । उनले नेपालको सार्वभौमसत्ता, … Read more

राजीनामा दिने तयारीमा मुख्य सचिव अर्याल

काठमाडौं– मुख्य सचिव डा. वैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन् ।टेरामेक्स खरिद प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामाको तयारी गरेका हुन् ।शुक्रबार अख्तियारले टेरामक्स र सुरक्षण मुद्रण केन्द्रमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो भने आज सो मुद्दा दायर गर्न अख्तियारको टोली विशेष अदालत … Read more

मेक्सिकोमा दुई मेयरको हत्या

काठमाडौँ – दक्षिणी मेक्सिकोका एक नगरप्रमुख (मेयर)को हत्या भएको एक हप्ताभन्दा कम समयमा नै अर्का नगरप्रमुखको पनि हत्या भएको स्थानीय अधिकारीले शनिबार बताएका छन् । गत जुन २ मा गुएरेरो राज्यका अर्का नगरप्रमुख साल्भाडोर भिल्लाबा फ्लोरेसको हत्या भएको केही दिनपछि मालिनाल्टेपेकबाट प्रतिनिधित्व गर्ने अकासियो फ्लोरेसको हत्या भएको हो । मालिनाल्टेपेकमा एक भ्यानको पछाडि फ्लोरेसको शव फेला परेको … Read more

मोरङ र रुपन्देहीबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

मोरङ– बेलबारी नगरपालिका-१० भाउन्नेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित झापा दमक नगरपालिका-८ बस्ने २४ वर्षीय भोला मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसैगरी, रूपन्देहीकाे गैडहवा गाउँपालिका-८ कोत्रहवास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ७० … Read more

तीन महिना बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि उत्पादन सुरु

मकवानपुर- करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो । उक्त उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल जारी राखेकाले … Read more

काला पत्थरमा नृत्य गरेर सुरेन्द्र राई र सुसन तामाङले रचे विश्व कीर्तिमान

नेपाली डान्स क्रु ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई र सुसन तामाङले विश्व कीर्तिमान राखेका छन्। नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुकमा रेकर्ड बनाएका हुन्।सुसन र सुरेन्द्रले १९ मे, २०२४ अर्थात नेपाली मिति जेठ ६ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा नृत्य गरेका थिए। काला पत्थर ५६४४.५ मिटर … Read more

किशोरीलाई आत्मरक्षा गर्न सिकाउँदै प्रहरी

म्याग्दीको दरबाङस्थित केवि एकेडेमीका किशोरीहरूलाई सुरक्षाका लागि आत्मरक्षा तालिम दिँदै प्रहरी । म्याग्दीका विद्यालयमा सामाजिक विकास कार्यालय, मिलन म्याग्दी र जिल्ला प्रहरी कार्यालयको संयुक्त समन्वयमा आत्मरक्षा तालिम दिने काम भइरहेको छ ।  तस्वीरः ध्रुवसागर शर्मा/रासस ।

अझै पक्राउ परेनन् बाराको क्याम्पस प्रमुख हरिभूषणका हत्यारा

बारा । कलैयास्थित रामराजा बहुमखी कलेजका प्रमुख हरिभूषण कुशवाहाको गोली हानेर हत्या गरिएको शनिवार ८ दिन पुरा भएको छ ।गोली लागेलगत्तै कुशवाहले जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खडकालाई फोन गरेर जानकारी दिएपनि प्रहरीले भने घटनामा संलग्नलाई अझै पक्राउ गर्न सकेको छैन । क्याम्पस प्रमुख कुशवाहाले दिएको जानकारी अनुसार प्रहरीले घटनाको मुख्य अभियुक्त तर्फ अनुसन्धान … Read more

बेलायतको सबैभन्दा धनी हिन्दुजा परिवारका चार सदस्यलाई ४ वर्षको जेल सजाय सुनाइयो

काठमाडौं । स्वीस अदालतले बेलायतको सबैभन्दा धनी परिवारमध्येको एक हिन्दुजा परिवारका चार सदस्यलाई भारतबाट ल्याइएका कामदारको शोषण गरेको अभियोगमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ ।हिन्दुजा परिवारले जेनेभास्थित आफ्नो बंगलामा काम गर्न भारतबाट नोकर बोलाएर शोषण गरेको आरोप छ। प्रकाश हिन्दुजा, कमल हिन्दुजा, उनका छोरा अजय हिन्दुजा र बुहारी नम्रिता हिन्दुजालाई चार … Read more