मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन, जादुवाला नम्बर छ : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् ।शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको दाबी गरे । ‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा … Read more

जब एक युवक फेवातालमा डुबे…

पोखरा । कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. १ नौडाँडाका अन्दाजी २१ वर्षका सञ्जय भण्डारी शुक्रबार पौडी खेल्न फेवाताल पुगे । भण्डारीसहित पाँच जना युवा पौडी खेल्न फेवातालको चिसापानीमा पसे ।भण्डारी अचानक फेवातालमा डुब्न पुगे र बेपत्ता पनि भए । भण्डारी डुबेको खबर पाउने वित्तिकै उनको उद्दार गर्न सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यू टावरबाट टोली … Read more

मनसुनमा धार्मिक पर्यटकीय स्थल पाँचपोखरी

सिन्धुपाल्चोक । पाँचपोखरी समुद्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको पवित्र धार्मिक तथा पर्यटकीय स्थल हो । सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण ‘पाँचपोखरी’ हिन्दू तथा बौद्ध धर्मावलम्बीको धार्मिक तथा सांस्कृतिक संगमस्थल पनि हो ।पाँच पोखरीमा पाँचवटा पोखरी छन् । पोखरीलाई भैरव कुण्ड, सरस्वती कुण्ड, सूर्य कुण्ड, गणेश कुण्ड र नाग कुण्ड भनिन्छ । … Read more

सिंघिया खोला किनारमा भेटियो महिलाको शव

विराटनगर महानगरपालिका–१४ जतुवास्थित सिंघिया खोलाको किनारमा शुक्रबार राति सडेको अवस्थामा महिलाको शव भेटिएको छ।मृतकको पहिचान खुल्न सकेको छैन। अन्दाजी ३०/३२ वर्षीयाजस्तो देखिने महिलाको अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर दुर्गन्धित भएको अवस्थामा राति ८:३० बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार अनुहार सडेको र किरा परेको अवस्थामा शव फेला … Read more

पर्सा प्रहरी कार्यालयमा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालन

वीरगञ्ज (पर्सा), जिल्लामा हुने आपराधिक गतिविधिलाई न्यूनीकरण गर्न र प्रहरी परिचालनमा व्यवस्थित गराउनका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ‘डिजिटल स्मार्ट कन्ट्रोल रुम’ सञ्चालनमा ल्याइएको छ । कार्यालयले दैनिक प्रहरी परिचालनलाई व्यवस्थित गराई आफ्ना गतिविधिलाई छिटोछरितो सम्बोधन, अपराध रोकथाम, नियन्त्रणका लागि स्मार्ट कन्ट्रोल रुमलाई  सञ्चालनमा ल्याएको हो । पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले डिजिटल … Read more

मलाई छुटाउने प्रचण्डले रिस्क लिएकै होः रेशम चौधरी

काठमाडौं,  नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहयोग गरेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूलाई जेलबाट छुटाउन धेरै कोशिस गरेको बताएका हुन् । ‘प्रचण्डजीलाई त हाम्रो मुरीमुरी धन्यवाद छ त । रेशम चौधरीलाई छुटाउँछु … Read more

भक्तपुरमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु

भक्तपुरमा सुमो गाडीको ठक्कले एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बागलुङ गल्कोट नगरपालिका-१० का ३५ वर्षीय मनबहादुर घर्ती रहेका छन् ।घर्तीलाई शुक्रबार राति सवा ९ बजे भक्तपुर नगरपालिका-१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नम्बरको सुमोले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका घर्तीको उपचारका क्रममा राति नै भक्तपुर अस्पतालमा मृत्यु … Read more

काठमाडौं महानगरका प्रमुख शाह स्वदेश फिर्ता

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । ​मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर उनी आज स्वदेश फर्किएका हुन् ।बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए ।स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति बहसका विषयमा संक्षिप्त जानकारी दिएका छन् । ‘ठूला शहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने … Read more

तनहुँमा बस दुर्घटना हुदां ६ जना घाइते

काठमाडौँबाट पोखरा जाँदै गरेको बस शनिबार बिहान तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।प्रहरीका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा भएको हो । दुर्घटनामा घाइतेमध्ये आबुखैरेनी अस्पतालमा कास्कीका सुनिता गुरुङ, … Read more

नाबालिगलाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालक पक्राउ

नाबालिगलाई वेश्यावृत्तिमा लगाउने स्पा सञ्चालक पक्राउ परेका छन् । गोरखाको सिरानचोक गाउँपालिका-८ घर भई टोखा बस्ने ४१ वर्षीय रेशम गुरुङ र मकवानपुरको बागमती गाउँपालिका-९ घर भई सातदोबाटो बस्ने ३३ वर्षीया मखमली माया स्याङतान पक्राउ परेका हुन् ।उनीहरूले काठमाडौंको ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा नाबालिगहरूलाई विभिन्न किसिमको डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने प्रहरीले … Read more