हत्या अभियोगमा कन्नड अभिनेता दर्शन र अभिनेत्री पवित्रा पक्राउ

बैंगलुरु । भारतको कन्नड चलचित्र उद्योगका चर्चित अभिनेता दर्शन थोगुदीपलाई एक व्यक्तिको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । ४७ वर्षीय दर्शनले पछिल्ला वर्षहरूमा धेरै ठूला बक्स अफिस हिट फिल्महरूमा मुख्य भूमिका निर्वाह गरेका छन् । दर्शनलाई सोमबार बिहान मैसूरस्थित उनको फार्म हाउसबाट बैंगलुरुको प्रहरी चौकीमा ल्याइएको थियो । हत्या भएका व्यक्तिले हत्याअघि अभिनेता दर्शनका … Read more

बन्दीपुर केवलकार भोलिबाट सञ्चालनमा आउने

अमरराज नहर्की तनहुँ, जेठ ३० गते । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पर्यटकले अब केबलबारबाट सहजै यात्रा गर्न पाउने भएका छन् । निर्माण केवलकारले भोली बिहीबारदेखि व्यवसायिक रुपमा सञ्चालन आउने भएपछि पर्यटकले केवलकारमा यात्रा गर्न पाउने भएका हुन् । अन्तराष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परिक्षण प्रमाणपत्र (टियुभी सर्टिफिकेट) प्राप्त भएकोले व्यवसायिक रुपमा जेठ ३१ गतेबाट सञ्चालनमा … Read more

दम्पत्ती हत्यामा संलग्न एक पक्राउ

काभ्रे — काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिकाको वडा नं ४ स्थित तीनखुट्टेमा भएको दम्पत्ती हत्यामा संलग्न एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं १ घर भई बलेफी गाउँपालिका वडा नं १ बस्दै आएका ३८ वर्षीय एकेन्द्र सार्की रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । एकेन्द्रले २०८१ … Read more

विद्यार्थीलाई विद्यालयमै निःशुल्क खानाको व्यवस्था

अमरराज नहर्की तनहुँ, जेठ ३० गते । तनहुँको आँबुखैरेनी गाउँपालिकाले टाढाबाट आउने विद्यार्थीलाई विद्यालयमा निःशुल्क खानाको व्यवस्था गरेको छ । पालिकाले वडा नम्बर ६ हिलेखर्कस्थित कन्यादेवी माध्यामिक विद्यालयमा अध्ययरत विद्यार्थीलाई खाना खुवाउन सुरुवात गरेको छ । बालबालिका बिहान सबैरे हिँडेर विद्यालयमा आउनु परेकाले भोकै नहुन् भनेर खानाको व्यवस्था गरिएको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । … Read more

रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु

नयाँ दिल्ली – युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ना भएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । विदेश मन्त्रालय र मस्कोमा रहेको भारतीय दूतावासले रुसी सेनामा सेवा गरिरहेका सबै भारतीय नागरिकहरूको चाँडो रिहाइ र फिर्ताको मुद्दालाई नयाँ दिल्लीस्थित रुसी राजदूत र मस्कोमा रुसी … Read more

पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते

खाँदबारी जेठ ३०- सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो … Read more

वर्षाले खाँदबारी–नुम सडकमा क्षति

खाँदबारी (सङ्खुवासभा),  जेठ ३० गते । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर  क्षेत्रमा  वर्षाले क्षति भएको छ । यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले राससलाई बताउनुभयो । कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ … Read more

भरतपुर महानगर क्षेत्रभित्रका ३४ हजार बढी घरका सदस्य वैदेशिक रोजगारीमा

चितवन- भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार पाँच सय आठ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ। महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ती घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन्।वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पार्श्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिबीच मंगलबार यहाँ आयोजना गरेको अन्तक्रियामा सो तथ्यांक सार्वजनिक गरिएको हो। हाल ३० … Read more

दाउन्नेमा यातायात अवरुद्ध

नवलपरासी पूर्व — पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने बजारको  साँघुरो पुलमा  मालवाहक ट्रक बिग्रिएर रोकिएका कारण यातायात अवरुद्ध भएको छदाउन्ने बजारदेखि २ सय मिटर पूर्वको पुलमा गाडी बिग्रिएका कारण राजमार्ग अवरुद्ध हुँदा सयौँ गाडी र यात्रु रोकिएका छन् ।एक्स्काभेटरले गाडीलाई हटाएर यातायात सञ्चालन गर्न पहल भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल र श्रीलंकाबीचको खेल रद्द

काठमाडौं। आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। यससँगै नेपाल र श्रीलंकाले एक एक अंक बाँडेका छन्। लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ भने नेपालको आशा जिवितै रहेको छ। अब बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ। वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ … Read more