प्रधानमन्त्रीको रूपमा नरेन्द्र मोदीले कति पाउँछन् तलब ?

भारतमा राष्ट्रपतिले मासिक ५ लाख भारु पारिश्रमिक पाउँछन् । उपराष्ट्रपतिको मासिक ४ लाख भारु छ । सन् २०१८ सम्म राष्ट्रपतिको तलब १ लाख ५० हजार भारु र उपराष्ट्रपतिको तलब १ लाख २५ हजार भारु मात्रै थियो । त्यसपछि तलब बढाइयो । कति छ प्रधानमन्त्रीको तलब ? प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदी भारतको सबैभन्दा शक्तिशाली र महत्त्वपूर्ण … Read more

बागमतीका मेयरविरुद्ध ३० करोडको अर्को मुद्दा

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरुद्ध अर्को मुद्दा दायर भएको छ । उनले ३० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । यसअघि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो । अख्तियारले थापाले पाँच करोड ३३ लाख … Read more

विदेश पठाउने भन्दै १५ करोड ठग्ने गिरोह पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी पठाइदिने बहानामा १५ करोड रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्की माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नविन बिक र पोखरा महानगरपालिकाका २३ वर्षीय पवन पन्त छन् । उनीहरूले केही वर्षदेखि ३०० भन्दा बढीलाई … Read more

७१ जिल्लामा फैलियो डेंगु

काठमाडौँ । देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको छ । मनसुन सुरु भएसँँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको … Read more

निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्

२९ जेठ, चितवन । ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन् । गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका-४ का २५ वर्षीय थिङको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले निःशुल्क उपचार गरिदिए पनि परिवारको कमाउने छोरो काम गर्न सक्ने नभएपछि थप … Read more

मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने

  मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तातो हावा चल्ने चेतावनीसहितको नक्सा । रातो भागले अत्यधिक गर्मी हुने स्थान जनाउँछ । २९ जेठ, काठमाडौं । नेपालको पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा भने अत्यधिक गर्मी छ । अझै तीन दिनसम्म मध्य र पश्चिमी तराईका भूभागमा तातो हावाको लहर चल्ने सम्भावना … Read more

गुल्मीमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

गुल्मीमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ नेटाबाट गुल्मीकाे सदरमुकाम तम्घासकाे देउराली आउँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर गए राति दुर्घटना भएको हो । दुर्घटनामा टिपर चालक अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका–८ का २६ वर्षीय रामलाल पुरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी … Read more

नवजात शिशुको हत्या आरोपमा आमा पक्राउ

सोलुखुम्बुमा नवजात शिशुको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका- २ की २१ वर्षीया कल्पना विश्वकर्मा रहेकी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले गत आइतबार बच्चा जन्माएर घरदेखि अन्दाजी २०० मिटर दक्षिणमा रहेको खोल्सीमा लगि साल नालसहितको फालेकी थिइन् । घटनाबारे जानकारी प्राप्त भएसँगै खटिएको प्रहरी टोलीले विश्वकर्मालाई नियन्त्रणमा लिएको हो ।

निजी अस्पतालको अटेरी बढ्यो : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विपन्नको अस्पतालमा छुट्याइएको नि:शुल्क १० प्रतिशतको सेवामा मनोमानी भएको बताइएकी छिन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कार्कीले स्वास्थ्य संस्था सञ्चाललसम्बन्धी मापदण्ड नै प्रभावकारी नहुँदा निजी अस्पतालले उल्टै चर्को मूल्य असुलेको बताएकी हुन् । ‘स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालले अनिवार्य रुपमा विपन्न नागरिकको … Read more

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच?

काठमाडौं, जेठ २९ । स्थानीय बजारमा सुनको मूल्य आज तेस्रो दिन पनि स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ पुगेको हो।आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो। त्यसअघि शुक्रबार भने सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको … Read more