रतुवा खोलाले बगाएका पुरूषको मृत्यु

झापामा रतुवा खोलाले बगाउँदा एक जना पुरूषको मृत्यु भएको छ। दमक नगरपालिका वडा नम्बर ७ स्थित रतुवा पुल छेउमा अन्दाजी ५३ वर्षीय पुरूषलाई खोलाले बगाएर ल्याएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए। उनका अनुसार बगाएर ल्याउँदै गरेको देखेपछि स्थानीयले खोलाबाट निकालेका थिए। निकालेर हेर्दा ती पुरूषको मृत्यु भइसकेको डिएसपी चन्दले बताए। मृतकको सुरूमा … Read more

पश्चिम एसियाको रैथाने चरो देखियो भक्तपुरमा

भक्तपुर । युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिए । उनले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताए । पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले … Read more

सर्लाहीमा रोकिराखेको लरीमा बस ठोक्कियो, तीन जनाको मृत्यु

सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रुपन्देहीबाट जनकपुर आइरहेको बस दुर्घटना भएको हो । बिहीबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुबाहक बस ठोक्किँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० … Read more

दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति

झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा हासिल गरिरहेका दलित समुदायका ती विद्यार्थीको उच्च शिक्षा अध्ययनमा निरन्तरताका लागि छात्रवृत्तिबापत तीन लाख वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालनमा ल्याइएको जनाइएको छ । गाउँपालिकाको … Read more

‘राठीकोल’का ब्रान्ड एम्बासडर बने अभिनेता राजेश हमाल

काठमाडौं : अभिनेता राजेश हमाल राठी ग्रुपको उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठी र अभिनेता हमालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनमार्फत यसको प्रचार गर्ने कम्पनीले जनाएको छ। हमाललाई एम्बासडर नियुक्त गरेपछि राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा … Read more

घरभित्र महिला मृत फेला

दाङको तुलसीपुरमा एक महिला घरभित्रै मृत फेला परेकी छन्। तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोलाकी ५८ वर्षीया ठगी खनाल बुधबार बिहान आफ्नै घरभित्र मृत फेला परेकी हुन्। खनाल एक्लै बस्दै आएकी थिइन्। छोराहरू छुट्टिएर बसिसकेका थिए।  केही समय पहिले उनका श्रीमानको पनि मृत्यु भएको हुँदा उनी घरमा एक्लै बस्दै आएकी थिइन्। बिहान अबेरसम्म पनि  खनालले ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई … Read more

पोखरामा अन्तर्राष्ट्रिय योग दिवस उत्सव

पोखरास्थित फेवा तालको किनारामा योग प्रदर्शनको आयोजना भएको छ । अन्तर्राष्ट्रिय योग दिवसको १० औं संस्करण मनाउन भारतीय राजदूतावासले पोखरामा उक्त प्रदर्शन आयोजना गरेको हो । स्वास्थ्य र कल्याणका लागि योगको प्राचीन अभ्यासलाई प्रवर्द्धन गर्न हेतु उक्त कार्यक्रममा स्थानीय प्रशासनका अधिकारी, विभिन्न स्थानीय योग संस्थाका सदस्य, भारतीय सेनाका अवकाशप्राप्त गोर्खा सैनिक, पोखरास्थित दूतावासको पेन्सन भुक्तानी … Read more

हुलाकी लोकमार्ग संयुक्त संघर्ष समितिको माग : ‘पुरानै नक्सा कार्यान्वयन गराऊ’

भरतपुर । हुलाकी लोकमार्ग संयुक्त संघर्ष समितिले पुरानै नक्साअनुसार लोकमार्ग कार्यान्वयन गराउन माग गरेको छ । परिमार्जित नक्साअनुसार कार्यान्वयन गराउँदा जगतपुरदेखि गीतानगर हुँदै भरतपुर–नारायणगढ बजार क्षेत्रको सौन्दर्यीकरणमा ठेस पुग्ने भन्दै पुरानो नक्सा कायम गराउँदा धेरै ठाउँ सुरक्षित हुने संघर्ष समितिका संयोजक तारा पौडेलले मङ्गलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका हुन् । पुरानो नक्साअनुसार हुलाकी … Read more

गायक महेश र गायिका अस्मिताले गरे इङ्गेजमेन्ट

यक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इङ्गेजमेन्ट गरेका छन् । संयुक्त अरब इमिरेट्स पुगेका उनीहरूले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेका हुन् । गायक महेशले फेसबुकमा लेखेका छन्, ‘सहयात्राको यो सुरुवात ।’ उनीहरूलाई अहिले बधाइको ओइरो लागेको छ । बाल्यकालदेखि संगीतमा लागेका महेशले बीचमा खेल पत्रकारको रूपमा आफूलाई चिनाएका थिए । अस्मिता भने नेपाल आइडलबाट उदाएकी … Read more

मृतक महिला प्रहरीको मोबाइलमा भेटिए विवादका म्यासेज, ‘ब्वाइफ्रेन्ड’ पक्राउ

जिल्ला प्रहरी कार्यालय, सिराहाको शौचालयमा मृत फेला परेकी प्रहरी जवानका केटा साथी (ब्वाइफ्रेन्ड) पक्राउ परेका छन्। गत जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। सोही घटनामा आत्माहत्या दुरुत्साहनको आरोपमा दैलेख घर भई बाँके बैदनाथ … Read more