महिलाको शरीरबाट ४७ दिनअघि प्रत्यारोपण गरिएको सुँगुरको मृगौला निकालियो

अमेरिकामा लिसा पिसानोको शरीरमा अप्रिलमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । ४७ दिनपछि यसलाई बाहिर निकालियो । अमेरिकामा पहिलो पटक मार्च १६ मा एक व्यक्तिको मृगौला फेल भएपछि सुँगुरको मृगौला प्रत्यारोपण गरिएको थियो । यसपछि १२ अप्रिलमा अमेरिकामा यी महिलामा पनि आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यी दुवै घटनाको विश्वभर चर्चा … Read more

भरतपुरमा एक पुरुष मृत भेटिए

भरतपुर,जेठ २७- चितवनको भरतपुर महानगरपालिका ३ मा एक पुरुष मृत भेटिएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार भरतपुर महानगरपालिका वडा नम्वर ३ स्थित आधारभुत स्वास्थ्य केन्द्र भवनको बरण्डामा अन्दाजी ५५ बर्षका टेक बहादुर तामाङ मृत भेटिएका हुन । उनले कवाड सामाग्री संकलनको काम गर्दै आएका थिए । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा … Read more

आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परे किशोर

धनगढीमा आफ्नै कोठामा झुण्डिएको अवस्था फेला परेका किशोरको मृत्यु भएको छ। शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–३ का १३ वर्षीय विष्णु फुलारा कोठामा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनका बुबाआमाले अस्पताल पुर्‍याएको १५ मिनेटमा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

धरानमा लागूऔषध सहित एक जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका १७  लोकप्रिय मार्गबाट लागूऔषध ब्राउन सुगरसहित प्रहरीले एक जना पक्राउ गरेको छ । धरान १७ स्थित ३७ वर्षीय भुपाल न्यौपानेको घर कोठामा लुकाई राखेको अवस्थामा अबैध लागू औषध ब्राउन सुगरसहित न्यौपानेलाई पक्राउ गरिएको हो । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएका प्रहरी टोलीले घरकोठामा कानुनी रूपमा चेकजाँच गर्दा ट्रामाडोल– १२ … Read more

ठेक्का लागेको पाँच वर्षमा पनि सडक कालोपत्र भएन

म्याग्दी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणबाङ–दरबाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षमा पनि पूर्णता पाएको छैन । मङ्गला गाउँपालिका–२ रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किमी सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रू २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको … Read more

टी-२० विश्वकप : एकपछि अर्को अनपेक्षित नतिजा, बलिया मानिने टोली हार्दै

आईसीसी टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा जारी छ । अहिलेसम्म १५ खेल भइसकेका छन् । यस विश्वकपका एकपछि अर्को अपत्यारिलो नतिजा आइरहेका छन् । उपाधिका दाबेदार मानिने देशपछि हार्न थालेका छन् भने अधिकांश देशलाई १०० रन कटाउन पनि मुस्किल परिरहेको छ । यसैबीच शनिबार बिहान भएको खेलमा बलियो देश न्यूजिल्याण्डले अफगानिस्तानसँग फराकिलो हार व्यहोरेको … Read more

यी राष्ट्रपति र प्रधानमन्त्री, जो मोदीको शपथमा दिल्लीमा भेला हुँदैछन्

भारतको लोकसभा चुनावमा एनडीएको २९२ सिटमा जितसँगै नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिने तयारी गरिरहेका छन्। भोलि जुन ९ मा मोदीसँगै केही मन्त्रीले शपथ खाने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। शपथ समारोहमा नेपालसहित धेरै देशका प्रमुखलाई भारतले निमन्त्रणा गरेको छ। जसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री … Read more

भारतको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा तीनको मृत्यु, छ जना घाइते

नयाँदिल्ली (भारत), जेठ २६ गते । भारतको उत्तरी दिल्लीको नरेला औद्योगिक क्षेत्रमा रहेको खाद्य प्रशोधन कारखानामा शनिबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको दिल्ली प्रहरीले जनाएको छ । प्रहरीलाई घटनाको बारेमा पीसीआर कलबाट सूचना प्राप्त भए पछि प्रहरी कर्मचारीहरू फूड्स लिमिटेडमा पुग्दा आगो लागिरहेको प्रहरीले जनाएको छ । घटना हुँदा  … Read more

बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ ।विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे । कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन् । कोरोना महामारी कम भएपछि अरु सबै क्षेत्र पूर्ववत् फर्किए पनि लुम्बिनी … Read more

गाँजा उत्पादन खुला गर्न एक महिनाभित्र नियमावली बनाउँछौँः गृहमन्त्री लामिछाने

गृहमन्त्री रवि लामिछानेले औषधि, रिसर्च र उद्योगजन्य प्रयोगका लागि गाँजा उत्पादन सहज गर्न एक महिनाभित्र नियमावली बनाउने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उनले यस्तो बताएका हुन् । मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेर एक महिनाभित्र नै अध्ययन अनुसन्धानका लागि गाँजा उत्पादन खुला गर्न सहजता दिने उनले बताए । “छलफल र … Read more