निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने निर्वाचित

चितवन:  निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँ १ सय ६१ मतका साथ निर्वाचित हुनुभएको हो । अर्का उम्मेदवार भीष्म अधिकारीले ९२ र शिव प्रसाद लौडारीले ६ मत मात्रै प्राप्त गर्नुभयो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा माधब प्रसाद पोख्रेल निर्बिरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा छवि गौतम १ सय ९२ मत … Read more

देवघाट संरक्षक प्रतिस्ठानद्वारा डा. पौडेल र पिया सम्मानित

देवघाट संरक्षक प्रतिस्ठानद्वारा आयोजित एक कार्यक्रममा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको छ । सो कार्यक्रममा डा. टंकनाथ पौडेल र शैलेन्द्र कुमार पिया सम्मानित हुनु भएको छ । विभिन्न सामाजिक क्षेत्रमा रहेर गरेको कार्यको उच्च मुल्यांकन गर्दै हिसेन इन्टरनेसनल युनिभर्सिटी इन्डियाद्वारा मानर्थ विधा वारिधी (Honory PHD) ले डा … Read more

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

सर्लाही। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास … Read more

दुबईमा पुनः भारी वर्षाः उडानहरू रद्द, विद्यालय तथा कार्यालय बन्द

अबुधाबी:  संयुक्त अरब इमिरेट्स (यूएई)ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः भारी वर्षा भएको छ । असामान्य मौसमका कारण धेरै उडानहरू रद्द गरिएको छ भने मानिस तथा विद्यार्थीलाई घरबाटै काम तथा अध्ययन गर्न आग्रह गरिएको खालिज टाइम्सले रिपोर्ट गरेको छ । संयुक्त अरब इमिरेट्समा भारी वर्षा र आँधीबेहरीका कारण बिहीबार सुनामीको चेतावनी जारी … Read more

झापामा छात्रालाई गोली हान्ने उनकै पूर्वशिक्षक

विराटनगर, २१ वैशाख । झापाको दमकमा आज एक छात्रामाथि गोली प्रहार भएकोमा गोली हान्ने उनकै पूर्व शिक्षक रहेको खुलेको छ। शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्न १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए। एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छन्। उनी ११ मा भर्ना हुन … Read more

सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं। सरकारले एक सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले रु एक सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर नयाँ नक्सा राखेर डिजाइन परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको जानकारी दिइन्। बैठकले ६ जना राजपत्राङ्कित विशिष्ट … Read more

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइँदै

काठमाडौं। आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय संकटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ। स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक … Read more

सहकारी समस्या समाधानका लागि समिति गठन गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

काठमाडौं। सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति गठन गर्दै सोको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश रमणकुमार गौतमलाई नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले सहकारीको समस्यालाई समाधान गर्न प्राथमिकता दिँदै अध्यक्ष नियुक्त गरेको हो। बैठकले वैशाख २८ गते शुक्रबार अपरान्ह २ बजे संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको छ। … Read more

चितवनमा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु

चितवन:  चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल अनियन्त्रित भई घरमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–३ बन्सी बस्ने २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँ बस्ने १८ वर्षीय सुमित महतो रहेको प्रहरीले बताएको छ । बुधवार राति ११ः५५ बजेको समयमा रत्ननगर–४ वडा कार्यालय नजिक भित्री सडक खण्डमा जीवनले चलाएको ना २२ प ३४४४ … Read more

वन डढेलो विकराल बन्दै, देशभर एक सय ६५ ठाउँमा डढेलो

काठमाडौं। देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ। वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्। यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका … Read more