पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताए। कृषि तथा वनविज्ञान विश्वविद्यालय १२औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए। कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकामा खुसी व्यक्त गर्दै उनले विश्वविद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण … Read more

नेपाली सांसदकाे टाेली भारत भ्रमणमा

काठमाडौं। भारत भ्रमणमा रहेको संघीय संसदीय टोलीलाई स्वागत गरिएको छ। भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणामा हिजो नयाँ दिल्ली पुगेको नेपाली सांसदहरूको टोलीलाई भारतीय संसदको चिफ अफ प्रोटोकलले स्वागत गरेको हो। ३० जनवरीदेखि ६ फ्रेबुअरीसम्म भारतमा रहने नेपाली सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसंग कुराकानी गर्नको लागि बिभिन्न सुझावहरू दिएको छ। जसअनुसार नेपालीलाई … Read more

शान्ति प्रक्रिया सँग सम्बन्धित कानुन प्राथमिकतामा हुनुपर्छः सांसद मीना तामाङ

काठमाडौँ।संसद् नीति निर्माणको मुख्य थलो हो । जनताको सङ्घर्षबाट व्यवस्था परिवर्तन भयो । परिवर्तित व्यवस्था र प्राप्त उपलब्धिलाई सुदृढ बनाउनुपर्ने अहिलेको आवश्यकता हो । ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको पनि आठ वर्ष पुगिसकेको छ । संविधानसँग बाझिएका कानुन परिवर्तन गरेर सापेक्षतामा ढाल्नुपर्नेछ । कतिपय प्रावधान बदलिँदो विश्वपरिवेशअनुसार थप गर्नुपर्ने छ । संसद् छिर्दै गर्दा संविधान … Read more

देशैभरि जान्छ चितवनको तोरीको तेल : वार्षिक ४० हजार लिटर तेल बिक्री

चितवन । तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै बाइपास सडकमा जिल्ला सहकारी सङ्घले विसं २०५४ देखि नियमित तेल बिक्री गर्दै आएको छ । यतिमात्र होइन जिल्लाका विभिन्न ठाउँमा तोरी पेलेर … Read more

सन्दीप विरुद्धको मुद्दाको पूर्णपाठ: पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको ठहर

काठमाडौं। जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको मंगलबार सार्वजनिक गरिएको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसलाको पूर्णपाठमा पीडित ‘गौशाला २६’ को कमजोर आर्थिक अवस्थाको फाइदा … Read more

चितवनमा दर्ता भएका एक सय ४० उद्योग बन्द

चितवन ।  घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो । कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ … Read more

सुपरसिक्स नखेल्दै यू-१९ क्रिकेट विश्वकपबाट बाहिरियो नेपाल

काठमाडौं। नेपाल यू-१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ। आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो। मंगलबार सम्पन्न सुपरसिक्सका खेलमा भारत र पाकिस्तानले आ-आफ्ना खेल जितेसँगै सुपर सिक्समा रहेका नेपालसहितका तीन देश सेमिफाइनलको दौडबाट बाहिरिएका छन्। नेपालसहित न्यूजील्याण्ड र आयरल्याण्ड अब सेमिफाइनलको दौडबाट बाहिरिएका हुन्। सुपर सिक्सको समूह … Read more

हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्योभने आज राति ३.५ भन्दा तल झर्ने अनुमान महाशाखाले गरेको छ । महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले सङ्घीय राजधानी … Read more

भाटभटेनी डिपार्टमेन्ट स्टोर राजस्व छलीमा पुनः दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई पुनः दोषी ठहर गरेको छ । न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले आज नक्कली भ्याट बिल जारी गर्दै भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो … Read more

पूर्वमन्त्रीको नेतृत्वमा दलित महिला महासंघ गठन, दलित महिलाको मुद्दामा काम गरिने

काठमाडौं । दलित महिलाहरुको मुद्दालाई सिंहदरबारसम्म पुर्‍याउने भन्दै पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला वि.क.को नेतृत्वमा दलित महिला महासंघ गठन भएको छ । मंगलबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री वि।कको अध्यक्षतामा ११ सदस्यीय दलित महिला महासंघ नेपालको गठन भएको हो । महासंघ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता समेत भएको छ । सातवटै प्रदेशका … Read more