पशुअधिकारकर्मीद्वारा पशु ढुवानी मापदण्ड कार्यान्वयन नभएकोमा चिन्तित

चितवन । चितवनमा पशुअधिकारकर्मीद्धारा पशु कल्याणका लागि पशु ढुवानी मापदण्ड कार्यान्वयन नभएको भन्दै चिन्ता व्यक्त गरेका छन । आज एनीमल नेपाल ग्रैहसरकारी संस्थाले भरतपुरमा अन्तरक्रिया गरी सरोकारवालको ध्यानाकर्षण गरेका हुन् । पशु सेवा ऐन २०५५ तथा पशु ढुवानी मापदण्ड २०६४ अनुसार कार्यान्वयनमा कमजोरी देखिएको भन्दै कार्यन्वयनमा जोड दिए । पशुअधिकारकर्मी तथा एनीमल नेपालका प्रतिनिधि रामचन्द्र … Read more

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएको प्रधानमन्त्रीको सचिवालयद्वारा जानकारी दिइएको छ । प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिएको स्पष्ट हुँदाहुँदै पनि यस व्यवस्थाका विरुद्ध … Read more

परराष्ट्रमन्त्री साउद र नोबेल पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र नोबेल शान्ति पुरष्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा आज उनीहरुबीच भेटवार्ता भएको हो । भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पु¥याएको योगदानको चर्चा गरेका थिए । सत्यार्थीलाई सन् २०१४ मा बालअधिकारको क्षेत्रमा काम गरेवापत नोबेल शान्ति … Read more

सोमबारको मौसम : तपाईमा हुस्सु र हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केहि स्थानहरुमा हुस्सु लागेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। देशको … Read more

तीन तहका सरकारका बीचमा देखिएका अन्यौलता अब हट्नेछन् : प्रधानमन्त्री दाहाल

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिकारका विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच रहेका अस्पष्टता हटेर जाने विश्वास व्यक्त गरेका छन्। उनले भने, “एकल तथा साझा अधिकारबारे देखिएका अन्यौलता तीनै तहबाट हट्नेछन्।” सिंहदरबारमा आज आयोजित कार्यविस्तृतीकरण परिमार्जनको मस्यौदा प्रतिवेदनमाथिको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री दाहालले तीनै तहका संवैधानिक अधिकार र संवेदनशीलता विचार गरेर तहगत अधिकारलाई थप प्रस्ट पारिने … Read more

भरतपुर महानगरले गर्‍यो तीन निजि क्षेत्रलाई सम्मान

चितवन । भरतपुर महानगरले गर्‍यो तीन निजि क्षेत्रलाई सम्मान भरतपुर महानगरपालिकाले निजि क्षेत्रलाई सम्मान गरेको छ । महानगरपालिकाले आइतबार चितवनका तिन निजि क्षेत्रका उद्योगि तथा ब्यबसायीहरुलाइ स्वागत एवं सम्मान गरेको हो। उद्योग बाणिज्य सघ चितवन,चितवन उद्योग सघ र चितवन च्याम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरुलाई महानगरपालिकाले सम्मान गरेको हो । महानगरका प्रमुख रेनु दाहाल तथा उप … Read more

नारायणगढ–मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सवारीसाधन रोकेर भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । विष्फोट गराउनका लागि प्रक्रिया अगाडि बढाइरहेका बेला अन्तिम प्रयासका रुपमा थालिएको भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको हो । सवारीसाधन दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भएको छ । मध्याह्न १२ बजेदेखि अपराह्न ४ … Read more

विकास निर्माण योजनाका अनुगमनलाई कानूनी व्यवस्था गर्न विधेयक ल्याइएको होः मन्त्री शर्मा

काठमाडौं। सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विकास निर्माणका योजनाको अनुगमनलाई कानूनी व्यवस्था गर्न अनुगमन तथा मूल्यांकन सम्बन्धी विधेयक ल्याइएको बताएकी छिन्। आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री शर्माले विकास निर्माणका योजनाको मन्त्रिपरिषद् कार्यालय, योजना आयोग, सम्बन्धी मन्त्रालय लगाएतले अनुगमनका लागि कानूनी व्यवस्था गर्न विधेयक ल्याइएको बताएकी … Read more

काठमाडौं महानगर शिक्षा शाखा प्रमुखसँग बालेनको स्पष्टीकरण माग

काठमाडौं। काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ। पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ। समितिको संयोजक … Read more

जोसुकैले एसिड पाउने अवस्था अन्त्य गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि सजिलै एसिड पाउन सक्ने अवस्था रोक्नुपर्ने बताएका छन् । एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा उनले प्रशासनिक सजगताविना एसिड पाउन नसक्ने बनाउनुपर्ने बताएका हुन् । ‘यो प्रशासनिक सजगताबिना एसिडको … Read more