चाडपर्वका अवसरमा सावधानी अपनाउन एआइजी कार्कीको आग्रह

काठमाडौँ उपत्यका प्रहरी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले चाडपर्वको अवसरमा सावधानी अपनाउन आग्रह गर्नुभएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ उपत्यका प्रहरी कार्यालयको संयुक्त आयोजनामा आज आयोजित ‘ट्राफिक वाक’ तथा सुरक्षा सचेतना कार्यक्रममा उहाँले चाडपर्वको उमङ्ग र उत्सवको नाममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने परिपाटीका कारण धेरैले अकालमा … Read more

उच्च मनोबलका साथ काम गर्न गृहसचिव दङ्गालको निर्देशन

गृहसचिव रामेश्वर दङ्गालले मुलुकमा देखापर्ने जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न विचलित नभई अझै उच्च मनोबलका साथ काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयको आज निरीक्षणका क्रममा उहाँले चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्न विशेष सुरक्षा योजना एवम् रणनीति तयार गर्न निर्देशन दिनुभयो । उहाँले समाजमा शान्ति सुरक्षा कायम गर्न थप व्यावसायिक … Read more

विद्युतीय सवारीसाधन प्रवद्र्धनमा जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान विद्युतीय सवारीसाधन प्रवद्र्धनमा जोड दिनुभएको छ । चेन्ज डिजिटलले काठमाडौँको सामाखुसीलगायतका देशका विभिन्न ठाउँमा सञ्चालनमा ल्याएको चार्चिङ स्टेसनको आज उद्घाटन गर्दै मन्त्री घिसिङले प्रदूषण नियन्त्रण र नेपाललाई हरित अर्थतन्त्रतर्फ लैजान इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण आवश्यक रहेको बताउनुभएको हो । चार्जिङ स्टेसन … Read more

जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई अस्पतालमै पुगेर परिचयपत्र वितरण , देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना

जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर परिचयपत्र वितरण सुरु गरेका छन् । गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ । घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना गरिएको मन्त्रालयले जनाएको छ … Read more

सिंहदरबार पुनःनिर्माणमा बागलुङ कलाकार समाजको हातेमालो

‘जेनजी’ आन्दोलनका क्रममा आगजनीमा परेको मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार पुनःनिर्माणका लागि बागलुङ कलाकार समाज, नेपालले आर्थिक सहयोग अभियान सुरु गरेको छ । समाजले यही असोज ६ गते काठमाडौँमा आयोजना गरेको दसैँ, तिहार, छठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त अभियानको घोषणा गरिएको हो । पुनःनिर्माण कोषमा संस्थाकोतर्फबाट रु ५० हजार राखेर अभियान सुरुआत गरिएको समाजका … Read more

नेपाल–फिलिपिन्स सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक कार्यक्रम

एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सले फिलिपिन्सको राजधानी मनिलामा आगामी मङ्सिर २३ मा ‘मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएका छन् । यहाँ आयोजित पत्रकार सम्मेलनमा एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले उक्त जानकारी दिँदै नेपाल र फिलिपिन्सबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम … Read more

उपराष्ट्रपति यादवसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार बिदाइ भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि रुसी महाङ्घका राजदूत एलेक्सी नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ । आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा राजदूत नोभिकोभले शिष्टाचार बिदाइ भेट गर्नुभएको उपराष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो । सो भेटका अवसरमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिकसम्बन्ध स्थापना भएदेखि दुई देशबीचको मित्रवत्सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित रहँदै आएको उल्लेख गर्नुभयो … Read more

दसैँमा सुरक्षाका लागि जनकपुरमा १३४५ प्रहरी परिचालन

दसैँलक्षित सुरक्षा योजनाअनुसार जनकपुरधाममा एक हजार ३४५ प्रहरी परिचालन गरिएको छ । धार्मिक र सांस्कृतिक दृष्टिले दसैँका बेला यहाँ धेरै श्रद्धालु–भक्तजन आउन भएकोले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष सुरक्षा व्यवस्थापनका लागि आठ सय पाँच जना नेपाल प्रहरी, चार सय … Read more

सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ :सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सूचनाको हकका लागि राष्ट्रिय (आरटिआई)महासङ्घले आज मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सूचनाको हकको प्रयोगबाट भ्रष्टाचार न्यूनीकरणमा काम गर्न सकिने भएकाले यसको व्यावहारिक र प्रभावकारी कार्यान्वयनमा जोड दिने बताउनुभयो । सूचनाको हकका विषयमा सरोकारवाला सबैलाई राखेर दसैँपछि … Read more

सवारी चालक अनुमति पत्र र सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द

सवारी चालक अनुमति पत्र (ईडीएल) र सवारी दर्ता (ईभीआरएस)सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सञ्चालन गर्दै आएको सवारी चालक अनुमति पत्र र सवारी दर्ता सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द भएको हो । विभागले शुक्रबार सार्वजनिक गरेको सूचनामा भाद्र २३ र २४ गतेको आन्दोलनका … Read more