समानुपातिक उम्मेदवार बन्न रास्वपाले गर्‍यो आह्वान, पहिले समानुपातिक सांसद बनेका फेरि बन्न नपाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अगामि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनामा समानुपातिक प्रणालीतर्फको उम्मेदवार आह्वान गरेको छ । चितवनको सौराहामा दुई दिनसम्म चलेको विस्तारित बैठकले समानुपातिक प्रणालीतर्फको उम्मेदवार बन्न आजैदेखि आह्वान गर्ने गरेको हो । पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवार छनोट रूपरेखामा आधारित रहेर उम्मेदवारी आह्वान गरिएको प्रवक्ता मनिष झाले जानकारी … Read more

विचार र सिद्धान्त मिल्नेसँग एकतावद्ध हुने नै हो : रामकुमारी झाक्री

नेकपा (एकीकृत समाजादी) की नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले)मा नै एकतावद्ध हुने पक्षमा आफूहरु रहेको बताउनुभएको छ । आज (बुधबार) काठमाडौंमा आफ्ना समूहका नेताहरुसहित पत्रकार सम्मेलन गरी उहाँले एमालेप्रति संकेत गर्दै आफूहरु त्यसै एकतावद्ध हुने बताउनुभएको हो । उहाँले बोल्नु अघि नै नेता कृष्णकुमार श्रेष्ठले आफूहरु एमालेमा विना शर्त फर्कने बताउनु भएको थियो … Read more

एकीकृत समाजवादीका सम्मानित नेता खनाल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। खनाल मंगलबार राति अध्यक्ष ओलीसँग छलफल गर्न भक्तपुरस्थित गुण्डुमा पुगेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित बहुमत पदाधिकारी माओवादी केन्द्रसहित आठ दलबीच हुन लागेको एकतामा जाने भएपछि खनाल, महासचिव घनश्याम भूसाल, रामकुमारी झाँक्री लगायतका नेताहरु असन्तुष्ट बनेका छन्। … Read more

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक लिलितपुरको सानेपामा सुरु भएको छ । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा उक्त बैठक सुरु भएको हो । उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा शेखर कोइरालालगायत पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र प्रदेश सभापति सहभागी हुनुहुन्छ । आजको बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत … Read more

काङ्ग्रेस नेत्री जोन्छेंको निधन, केन्द्रीय नेताहरुद्वारा श्रद्धाञ्जली

नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं वाग्मती प्रदेशसभाकी पूर्वसदस्य रजनी जोन्छेँको ७७ वर्षको उमेरमा निधन भएको छ । सहिद राधेश्याम जोन्छेँकी पत्नी रजनीको मध्यपुर अस्पतालमा क्यान्सरको उपचारका क्रममा आज बिहान निधन भएको हो । नेत्री जोन्छेको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका केन्द्रीय नेताहरू विमलेन्द्र निधि, प्रकाशशरण महत, नेपाली काङ्ग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापालगात नेताले पार्टीको झण्डा ओढएर … Read more

किराँती नेतृत्वको समाजवादी मोर्चा माओवादी केन्द्रमा समाहित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट छुट्टिएर गोपाल किराँतीको नेतृत्वमा गठन भएको देशभक्त समाजवादी मोर्चा झण्डै आठ वर्षपछि माओवादी केन्द्रमै समाहित भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मोर्चाका अध्यक्ष किराँतीले आज पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । मुलुकको पछिल्लो परिस्थितिलाई सही दिशा दिन क्रान्तिकारीबीच एकता र ध्रुवीकरण अनिवार्य भएको सहमतिपत्रमा उल्लेख … Read more

कांग्रेस नेता खतिवडालाई पितृ शोक

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उहाँका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । दमसम्बन्धी समस्या खेप्दै आउनुभएका खतिवडा आइतबार साँझ नियमित खाना खाएर सुत्नुभएको थियो । उहाँको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको उहाँका छोरा नेता खतिवडाले … Read more

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय … Read more

बालेनप्रति लक्षित गर्दै शिक्षामन्त्री महावीर पुन- सर्को तानेको बेला नलेखौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गएराति लेखेको अश्लिल स्टाटसप्रति शिक्षामन्त्री महावीर पुनले ‘सर्को तानेका बेला’ भनी व्याख्या गरेका छन् । तर उनले बालेनको नाम भने उल्लेख गरेका छैनन् । पुनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्–केही केही आशालाग्दा अभियन्ताहरु र अगुवाहरुले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो लाग्छ । सर्को ताने पनि केही … Read more

बालेनको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भयोः महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौंका मेयर बालेन साहको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको बताएका छन‍्। तीन वर्ष अगाडि बालेनको हैसियत र यथार्थको बारेमा टिप्पणी गर्दा आफूलाई गाली गर्ने धेरैले अहिले ठीक भन्ने गरेको बताउँदै बस्नेतले बालेनको स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको जिकिर गरेका हुन्। तीन वर्ष अगाडि जब … Read more