उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक भोलि बिहान पार्टी कार्यालय बालाजुमा बस्ने भएको छ। बैठकमा आसन्न उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। “हामी आगामी मङ्सिर १६ मा हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुँदैछौं। उपनिर्वाचनको तयारी तथा समग्र राष्ट्रिय राजनीतिक मुद्दाका विषयमा मिहिन ढंगबाट छलफल गर्छाैं।” सह-महामन्त्री बुर्लाकोटीले भने, … Read more

चीनसँग बीआरआई सम्बन्धि कुनै पनि सम्झौता नगर्न सरकारमाथि दबाव

काठमाडौं। असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओली डिसेम्बर महिनामा छिमेकी मित्रराष्ट्र चीनको राजकीय भ्रमण गर्ने तय भएको छ। सामान्यतया नेपालका प्रधानमन्त्रीले पहिलो विदेश भ्रमण भारतबाट गर्ने प्रचलन भएपनि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण चीनबाट हुने तय भएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएपछि त्यस विषयमा निकै चासो र चर्चा हुन … Read more

लामिछानेलाई ३ महिनासम्म हिरासतमा राख्ने बाटो खुलाइयो, अब तिहारपछि मात्रै अदालत उपस्थित गराइने

काठमाडौँ – कात्तिक २ गते सहकारी ठगी तथा संगठित अपराध मुद्दाको अनुसन्धानका लागि पक्राउ परेको रास्वपा सभापति रवि लामिछानेलाई छिटो बाहिर ल्याउन पार्टी नेता कार्यकर्ताले हारगुहार गरिरहेका छन्। राजनीतिक प्रतिशोधका आधारमा आफ्ना सभापतिलाई पक्राउ गरिएको भन्दै रास्वपाका कार्यकर्ताले सडक आन्दोलनसमेत गर्दै आएका छन्। मंगलबार बालुवाटार नै पुगेर रास्वपाका नेता कार्यकर्ताले सभापति पक्राउको विरोधमा प्रर्दशन गरे। … Read more

प्रचण्डलाई वलीको सुझाव– नढाँटीकन माओवादी आन्दोलनबारे किताब लेख्नोस्

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादी आन्दोलनको कमजोरीलाई केलाएर किताब लेख्न सुझाव दिएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी कार्यक्रमको अवसरमा बुधबार कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई किताब लेख्न सुझाव दिएका हुन् । प्रचण्डले ऐतिहासिक जनयुद्धको नेतृत्व गरेकोमा धन्यवाद दिँदै उनले … Read more

संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

विराटनगर, कात्तिक १४- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गर्नुभयो । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानविन समितिको प्रतिवेदनका आधरमा कारबाही प्रक्रिया … Read more

नेता कार्यकर्ताले पार्टी छाड्न थालेपछि गम्भीर समीक्षामा जनमत पार्टी

काठमाडौँ  । डा. सीके राउत अध्यक्ष रहेका जनमत पार्टीबाट नेता तथा कार्यकर्ताहरू निस्किन थालेपछि पार्टीले गम्भीर रूपमा लिएको छ । यसको बारेमा पार्टीमा गम्भीर रूपमा समीक्षा हुन थालेको हो । पार्टीभित्र देखिएका विभिन्न असन्तुष्टिका कारण नेता तथा कार्यकर्ता पार्टी छाड्न थालेपछि जनमत पार्टीका अध्यक्ष राउतले त्यसका विभिन्न १९ वटा कारण औँल्याएका छन् । हालै सम्पन्न … Read more

कम्युनिष्ट पार्टीका संस्थापकको जन्मशताब्दी कार्यक्रम सुरु

पाटन, कात्तिक १४- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुम्भेश्वरमा स्थापना गरिएको कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको सालिकमा माल्यार्पण गरेर उहाँको जन्मशताब्दीका कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । अध्यक्ष दाहालले स्वर्गीय नेता कर्मचार्यको सालिकमा गरेसँगै जन्मशताब्दीका कार्यक्रम आरम्भ भएका नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो । “कर्माचार्यको … Read more

१० वर्षदेखि प्रहरीलाई आवश्य हतियार छैन, खरिद गर्ने कुनै सुरसार छैन

काठमाडौं। अपराध अनुसन्धान र आन्दोलनमा खटिरहेने प्रहरीलाई हतियार अभाव भएको १० वर्ष हुँदा पनि खरिद गर्ने कुनै सुरसार छैन। नेपाल प्रहरीमा हातहतियारको अभाव हुन थालेको करिब १०वर्षपछि पनि खरिद गर्ने अवस्था नहुँदा प्रहरीले अश्रुग्यास पनि सापटी लिनुपर्ने अवस्था छ। अश्रुग्यास लगायतका समाग्रीहरु सेना र सशस्त्र प्रहरीसँग सापटी मागेर चलाउनु पर्ने अवस्था रहेका बेला नेपाली सेनालाई … Read more

सशस्त्र प्रहरीलाई प्रविधिमैत्री र चलायमान बनाउछौं- गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले युग सुहाउँदो तालिम र प्रविधिसहितको परिचालनले मात्र अबका सुरक्षा चुनौती सामना गर्न सकिने बताएका छन् । काठमाडौंको मातातीर्थस्थित राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा मंगलबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । राज्यले सुम्पिएका जिम्मेवारीका साथै भइपरी आउने विषम परिपस्थितिमा व्यवसायिक दक्षता प्रदर्शन … Read more

रास्वपाका नेता पुकार बम पनि गिरफ्तार

काठमाडौं,कात्तिक १३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेता–कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार काठमाडौंको बालुवाटारमा विरोध प्रदर्शनका क्रममा उनीहरूलाई गिरफ्तार गरिएको रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । पछिल्लोपटक पुकार बमलगायत नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ । उक्त पार्टीका मकवानपुरको बकैया गाउँपालिकाका सभापति अमर दंगाल, हेटौँडा उपमहानगर सभापति ध्रुवबहादर विष्ट, मकवानपुरका क्षेत्रीय सभापति सुरेश … Read more