धनराज गुरुङसँग सीआइबीले लियो बयान

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सहकारीको रकम अपलचनबारे बयान लिएको छ। सीआइबीले गुरुङलाई बुधबार मितेरी सहकारीको १४ करोड हिनामिनाको आरोप सम्बन्धी बयानमा कागज गराएको हो। सीआइबी पुगेका गुरुङसँग उनकी पूर्व पत्नि ज्योति गुरुङले अपचलन गरेको रकम, सहकारीबाट लिएको ऋण, र उनले भुक्तान गरेको भनिएको ९२ लाख सम्बन्धि सोधपुछ गरेको … Read more

‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्र राष्ट्रपति पौडेलको सम्बोधन (पूर्णपाठ)

बाकु (अजरबैजान)। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको तथा यस साझा चुनौतीको सामाना गर्न हामी सबैको साझा बुझाइ र साझा प्रयास हुनुपर्ने बताएका छन्। यही कात्तिक २६ गतेदेखि यहाँ सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको सम्मेलन कोप–२९ अन्तर्गत आज नेपालले आयोजना गरेको विशेष सत्रलाई सम्बोधन गर्दै … Read more

एमालेले मंसिर ७ गते काठमाडौँमा आमसभा गर्ने

काठमाडौँ, कात्तिक २८- सत्तारुढ नेकपा (एमाले)ले आमसभा गर्ने भएको छ। बुधबार बसेको एमालेको उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले मंसिर ७ गते जागरण सभा आयोजना गर्ने निर्णय गरेको हो। महासचिव शंकर पोरखेलको उपस्थितिमा बसेको बैठकले आमसभा आयोजना गर्न बागमती प्रदेशको इन्चार्ज डा। राजन भट्टराईको संयोजकत्वमा ११ सदस्यीय संयोजन समिति गठन गरेको … Read more

माओवादीको उकालो यात्रा सुरु भएको छः प्रचण्ड

काठमाडौँ, कात्तिक २८- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको ओरालो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो बताएका हुन् । ‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा भरोसायोग्य … Read more

रास्वपाले भन्योः रविविरुद्धको कारबाही बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाही सत्तारुढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र भएको बताएको छ। शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै घोर भर्त्सना गरेको छ। रास्वपा बैठकले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्तिविरुद्ध साझा राष्ट्रिय मुद्धाहरुमा केन्द्रित … Read more

प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले

काठमाडौँ, कात्तिक २४- नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रुपान्तरण गर्ने निर्णय गरेको छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा हुनेगरी सफल बनाउने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । “द्विपक्षीय भेटघाट र वार्ता सकाएर उहाँ फर्कनुहुन्छ … Read more

एमाले सचिवालय बैठक सुरु

काठमाडौँ, कात्तिक २४ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ । शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको बैठक दुई घण्टा ढिलो सुरु भएको हो । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, सरकार … Read more

छठ सकिएसँगै रास्वपाले आइतबार पोखरामा प्रदर्शन गर्ने

काठमाडौँ, कात्तिक २४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार (कार्तिक २५ गते) फेरी पोखरामा प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा प्रदर्शन गरिरहेको रास्वपाले छठ पर्व चल्दै गर्दा केही दिन प्रदर्शन रोकेको थियो । छठ सकिए लगत्तै पुनः प्रदर्शनका कार्यक्रम जारी राख्ने उद्देश्यले रास्वपाले आइतबार पोखरामा प्रदर्शन गर्ने कार्यक्रम तय गरेको … Read more

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालयमा वनस्थलीमा बिहान साढे ११ बजे बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।बैठकमा समसामयिक राजनीति, आगामी स्थानीय तहको उपनिर्वाचन, पार्टीको सांगठनिक गतिविधिलगायत विषयमा छलफल हुने बताइएको छ । पार्टी सभापति रवि लामिछाने भने सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा … Read more

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ ।बैठकमा आगामी मंसर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालनका लागि गठित दुई दलीय समन्वय सयन्त्रलगायत विषयमा छलफल हुने एमालेले जनाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री … Read more