प्रधानमन्त्री ओलीको चीन भ्रमण : एक तिर दुई निशाना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मंसिरको पहिलो हप्ता चीन भ्रमणमा जाने तयारी गरेका छन्। प्रधानमन्त्री बनेपछि भारतको भ्रमण गर्ने पुरानै परम्परा रहे पछि यसपटक ओलीलाई भारतले महत्व नदिएपछि उनी चीन जाने तयारीमा लागेका हुन्। यो भ्रमणमार्फत ओलीले केही निश्चित उद्देश्यहरु पूरा गर्ने तयारी गरेको विश्लेषण गरिएको छ। प्रधानमन्त्री बनेपछि भारतबाट महत्व नपाएका ओलीको चीन भ्रमणको … Read more

राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको हो: उपप्रधानमन्त्री सिंह

चितवन- उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताएका छन् । नेपाली कांग्रेस चितवनले सोमबार यहाँ आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताए । सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समिकरण बनेको उनको भनाइ थियो ।उपप्रधानमन्त्री … Read more

द्वन्द्वपीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छः मुख्यमन्त्री आचार्य

लुम्बिनी, कात्तिक १२- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले द्वन्द्वपीडितका समस्या समाधान गर्न समावेशी नीति र कानुनी संरचनाको निर्माण गर्दै पीडितहरुको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको बताउनुभएको छ । उहाँले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न र उनीहरुको हकअधिकारलाई सम्बोधन गर्नेगरी सरकारले भूमिका निर्वाह गरिरहेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज र द्वन्द्वपीडित समिति बर्दियाको आयोजनामा … Read more

रविबारे प्रधानमन्त्रीले भने- अनुसन्धान हुँदैछ, अदालतमै उफ्री उफ्री कराउनु ठिक होइन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायीक प्रक्रियामा रहेका बिषयमा विरोध जनाउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुसन्धानमा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्री उफ्री कराउनु लोकतान्त्रिक मान्यताविपरीत भएको बताएका हुन् । सहकारीको बचत रकम अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन … Read more

काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह

काठमाडौँ, कात्तिक ११- उद्योगी, व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेकोप्रति दुःख जनाउँदै काटिएको लाइन तत्काल जडान गरी सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाइदिन ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह गरेका छन् । उद्योगी व्यवसायीले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई संयुक्त रुपमा भेटेर प्राधिकरणले काटेको लाइन तत्काल … Read more

प्रविधिको विकाससँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै

काठमाडौं प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रविधिको विकासँगै फौजदारी न्याय प्रणालीमा चुनौती थपिँदै गएको बताएका छन्। प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आज आयोजना गरेको ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपाए’ विषयक कार्यशालामा प्रधानन्यायाधीश रावतले अपराध अनुसन्धानमा व्यावसायिक क्षमता विकास गर्नसके फौजदारी न्याय प्रणाली थप सुदृढ हुने विश्वास व्यक्त गरे। उनले प्रभावकारी फौजदारी न्याय प्रणालीको … Read more

केही मानिसहरू मन्त्री हुनका लागि मात्रै अहिलेकाे सरकार बनेको होइन: गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा बुझ्न आग्रह गरेका छन्।आइतबार काठमाडौँमा गैर आवासीय नेपाली संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले डेमोक्रेसीको ‘डि’सँगै अरु दुई वटा ‘डि’ को आवश्यक हुने बताएका हुन्। उनले लोकतन्त्रलाई चिरस्थायी बनाउन डिसिप्लेन र डिस्ट्रिब्युशनको ‘डि’ को आवश्यकता रहेको बताए। लोकतन्त्रलाई अराजकताको प्रणालीका रुपमा बुझ्दा लोकतन्त्र कमजोर हुने उनले उल्लेख गरे।  उनले भने, ‘डेमोक्रेसीलाई चिरस्थायी बनाउनका लागि डिसिप्लेनको डि आवश्यक छ। लोकतन्त्रलाई अनुशासनको पद्धतिका रुपमा … Read more

नेपालमा पहिलो पटक ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलन

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासंघ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) सम्मेलन सुरु भएको छ। आजदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिए। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। अध्यक्ष थबेले सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का विकास र उपयोगबारे राजनीतिक दल र सर्वसाधारणलाई जानकारी दिने उद्देश्य … Read more

जीवनलाई सहज बनाउन एआइको उपयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, कात्तिक ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागि पर्ने बताउनुभएको छ । युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिनुभएको हो । … Read more

प्रचण्डलाई ओलीको जवाफः ‘हतियार नचलाए पनि बिसाउने तरिका सिकाउँछौं’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धम्क्याएका भरमा चल्ने गरेको आरोप लगाएका छन् ।आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको भन्दै प्रचण्डलाई जवाफ दिएका हुन् । शनिबार प्रचण्डले पार्टीको विरोधसभामा हतियार मात्रै बिसाएका हौँ, … Read more