१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् ।आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध सुरु गर्ने बताएका हुन् । सरकार बनेको तीन महिनासम्म पनि उल्लेख्य काम गर्न नसकेको आरोप लगाउँदै उनले भने, ‘आज विपक्षी … Read more

छानबिनका लागि रविलाई पक्राउ गर्नु स्वाभाविक : प्रचण्ड

नेपालगन्ज, कात्तिक ५ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक भएको बताउनुभएको छ । सोमवार बिहान नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रतिवेदनले सिफारिस गरेका अन्य … Read more

अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्देशक समितिको निर्णय

काठमाडौँ सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ ।निर्देशक समितिको आइतबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण सम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो । बैठकले सम्पत्ति शुद्धीकरण तथा आतङ्‍ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषदबाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय गरेको … Read more

अर्थमन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

काठमाडौँ, कात्तिक ४- उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय आगामी दिनमा व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उहाँले मन्त्रालयले थप पुँजी परिचालन गरी लगानी वृद्धि गर्नका लागि व्यावसायिक र औद्योगिक वातावरण बनाउँदै जाने बताउनुभयो । अर्थमन्त्री पौडेलले राजस्व सङ्कलन र पुँजीगत खर्चका … Read more

राष्ट्रभाषाको संरक्षणमा गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, कात्तिक ४- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र भाषाको विकास र संरक्षणमा गोरखापत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । गोरखापत्र संस्थानमा आज आयोजित कार्यक्रममा ‘रानाथारु’ भाषा पृष्ठको लोकार्पण गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भाषाको विकास र संरक्षणले सम्बन्धित भाषा बोल्नेहरुको साहित्य क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । … Read more

रक्षा मन्त्रालय मातहत पछिल्ला उपलब्धि

काठमाडौँ, कातिक ४- राष्ट्रिय गौरवको काठमाडौँ–तराई-मधेस दु्रतमार्गको धेद्रेसुरुङ छिचोल्ने (ब्रेकथ्रु) र बुङमती क्षेत्रमा २२५ रोपनी जग्गाको मुआब्जामा पुँजीगत लाभकर छुट दिने कार्यलाई रक्षा मन्त्रालयले पछिल्लो महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ । ‘आजको सुरुआत, भोलिको आधारः काठमाडौँ–तरा-मधेस दु्रतमार्ग’ भन्ने आदर्शका साथ निर्माण पनि द्रुतत्तर ढङ्गबाटै अघि बढिरहेको रक्षा मन्त्रालयले जनाएको छ । आयोजनालाई निर्धारित समयमै सम्पन्न … Read more

प्रत्यक्ष निर्वाचित कार्यकारी विना विकास र समृद्धि असम्भव छ : डा भट्टराई

 नेपाल समाजवादी पार्टीका केन्द्रीय संयोजक डा‍. बाबुराम भट्टराई देशमा बारम्बार हुने सत्ता समीकरण फेरबदल र पछौटेपन हटाउन प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था जरुरी भएको बताउनुभएको छ। पोखरामा शनिबार नेपाल समाजवादी पार्टीको महाधिवेशन आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा शासन प्रणालीमा परिवर्तन नगरी देशको विकास र समृद्धि सम्भव नहुने विचार राख्नुभयो। “नयाँ संविधान बनेपछि पनि उही पुरानै … Read more

रविलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने लाग्यो होला, अझै ठूलो हुन्छः तोसिमा

पोखरा, कात्तिक ३- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टीको सभापतिलाई जेल हालेर रास्वपा सिध्याउन सकिन्छ भन्ने भ्रम नपाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। शनिबार कास्कीमा आयोजित विरोध कार्यक्रममा बोल्दै कार्कीले रवि लामिछानेलाई जेल हालेर रास्वपा नसकिने बरू अझै बलियो र शक्तिशाली भएर आउने बताएकी हुन्। ‘प्रधानमन्त्री ज्यू ! रवि लामिछानेलाई जेल हालेर … Read more

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्ने संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्‌मा छन्

काठमाडौं, कात्तिक ३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले संगठित अपराधी अहिलेको मन्त्रिपरिषद्मा रहेको आरोप लगाएका छन् । सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा आयोजित विरोध कार्यक्रममा बोल्दै उनले बदलाको भावनाले सरकार अघि बढेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले पार्टीका कार्यालय बनाउन स्वार्थ बाँझिने गरी व्यवसायीसँग जग्गा लिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी … Read more

सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी

काठमाडौँ, कात्तिक ३ गते ।  सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा शनिबार जारी सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा … Read more