‘न्यायालयप्रति विश्वास छ, सघाउँछौँ’: डिपी अर्याल

कास्की, कात्तिक ३- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले पार्टी सभापति रवि लामिछाने निर्दोष रहेकामा आफूहरु विश्वस्त रहेको बताउनुभएको छ ।सो पार्टीले आज पोखरामा आयोजना गरेको ऐक्यबद्धता कार्यक्रममा उहाँले निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई आफ्नो पार्टीले सहयोग गर्ने बताउनुभयो । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले रास्वपा सहकारी पीडितका पक्षमा रहेको र दोषीलाई दिन नहुनेमा जोड … Read more

रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस

काठमाडौँ, कात्तिब ३- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउसम्बन्धी सूचना संसद‍्मा टाँस गरेर जानकारी गराइएको छ । सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले शनिवार सो सम्बन्धी सुचना प्रकाशन गरिएको जानकारी दिए ।

रास्वपाको भूमिका देखेर तर्सिएको सत्ता गठबन्धन डराएर रविलाई पक्राउ गर्‍योः स्वर्णिम

काठमाडौं, कात्तिक ३- सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछाने चाँडै रिहा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले बताएका छन् । शनिबार पोखरामा आयोजित विरोध सभालाई सम्बोधनका क्रममा वाग्लेले चाँडै रिहा भएर लामिछानेले पार्टीको नेतृत्व अझ सशक्त ढंगले गर्ने दाबी गरे । उनले सत्ता गठबन्धन आफूहरूसँग डराएकै कारण लामिछानेलाई पक्राउ गरिएको जिकिर … Read more

माओवादी पार्टीहरूको एकता चाडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड

चितवन, कात्तिक ३ गते ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरूको एकतालाई चाडै टुङ्गोमा पुर्‍याउने बताउनुभएको छ । माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको बृहत् जन सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । एउटै स्कुलिङबाट आएर अहिले विभिन्न … Read more

सहकारी पीडितको नेतृत्व अब हामी गर्छौं: विराजभक्त श्रेष्ठ

काठमाडौँ पूर्वमन्त्री समेत रहेका सांसद विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका छन् । पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै रास्वपाका नेता समेत रहेका श्रेष्ठले सहकारी पीडितको रकम फिर्ता गराउन सरकारलाई दबाब दिइरहने उल्लेख गरे । उनले अरू दलले जस्तो ढुङ्गा हान्ने, सडक अवरुद्ध गर्ने, आगो बाल्ने, जनतालाई दुःख दिनेगरी आन्दोलन नगर्ने … Read more

रविलाई पक्राउ गरेर प्रधानमन्त्रीले आफ्नो कुण्ठा मात्र पोखेः मनिष झा

पोखरा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेको गिरफ्तारी सरकारको कुण्ठा र प्रतिशोध मात्र भएको बताएको छ ।शनिबार पोखरामा भएको विरोध प्रदर्शनको सिलसिलामा पत्रकारहरुसँग कुरा गर्दै रास्वपा सहप्रवक्ता मनिष झाले सरकार सहकारीको समस्या समाधान गर्न भन्दा पनि आफ्नो कुण्ठा पोख्ने र प्रतिशोध साँध्नेतिर मात्र लागेको बताए । सहकारीको रकम गोर्खा मिडिया प्रालिमार्फत अपचलन भएको र … Read more

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपमहासचिव जनार्दन शर्मागायतका नेताहरू किन चितवन पुगे?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मालगायतका नेताहरू चितवन पुगेका छन् । उनीहरूलाई शनिबार बिहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवं शुभेच्छुकहरूले स्वागत गरेका थिए । बेपत्ता योद्धा दण्डपाणि न्यौपाने र अन्य शहीदहरूको सम्मानमा भरतपुर–१३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरू चितवन पुगेका हुन् । न्यौपाने र … Read more

छविलालको ३६ पेज लामो बयान : आफ्नो डिफेन्स, रविबारे मौन

काठमाडौँ सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्व डीआईजी छविलाल जोशी प्रहरीको हिरासतमा छन् । असोज ६ मा उनलाई काठमाडौँको बानेश्वरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ । अनुसन्धान अधिकृतहरू र सरकारी वकिलले जोशीसँग सुर्यदर्शनको निक्षेप गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेकोबारे लामो बयान लिएका छन् । जोशीसँग ३६ पेज लामो बयान … Read more

सरकारलाई ज्ञापनपत्र बुझाउने प्रतिपक्षी दलको निर्णय

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)लगायत प्रतिपक्ष दलले संयुक्त रुपमा सरकारलाई ज्ञापनपत्र बझाउने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा शुक्रबारको बैठकले सरकारलाई समसामयिक जनसरोकारका विभिन्न विषय समावेश गरी सरकारलाई ज्ञापनपत्र बुझाउने सहमति गरेको एकीकृत समावादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो । … Read more

रविले खोजे विपक्षी दलहरुको साथ

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपक्षी दलहरुको साथ खोजेका छन् ।नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकमा सभापति लामिछानेले प्रहरी पक्राउविरुद्ध उभिन प्रस्ताव गरेका हुन् । ‘सरकारले फसाउने नियत लियो । मलाई मात्र होइन, भोलि जोसुकैलाई पक्राउ गर्न सक्छ’ लामिछानेले भनेका थिए । आफूलाई जस्तै समस्या भोलि जोसुकैलाई … Read more