सहमतिका लागि कांग्रेसले अडान छोड्नुपर्छ : महेश बर्तौला

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) मा गृहमन्त्रीको नाम राख्न नसकिने बताएका छन् । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने कार्यदलको सदस्यसमेत रहेका उनले आफूहरू वचत रकम अपचलन भएका सहकारी र गोर्खा मिडिया प्रालिको नाम कार्यादेशमा राख्न सहमत भएको तर कांग्रेसले गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको नाम … Read more

कांग्रेसको नाराबाजी र होहल्लाकै बीच नीति तथा कार्यक्रम पारित

नेपाली कांग्रेसको नाराबाजी र होहल्लाकै बीच आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आउँदो वर्षको नीति तथा कार्यक्रम आज सामान्य छलफलपछि प्रतिनिधिसभाबाट पारित भएको हो । त्यसअघि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल … Read more

मंगलबार दिउँसो १ बजे नै बजेट भाषण

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि मंगलबार दिनको १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने जानकारी गराएका छन् । त्यसका लागि उनले प्रतिनिधिसभा सदस्यहरुलाई १२: ४५ … Read more

न्युरोडमा महानगरले सडक तोडफोड गरेको यातायातमन्त्री महासेठको आरोप

यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं न्युरोडमा महानगरले कानुनविपरीत तोडफोड गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौं महानगरले सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालेको थियो । फोहोर फाल्दै मेयर बालेन शाहले महासेठको नाम लिँदै ठाडो आदेशमा काम रोकिदिएकाले ‘धुलो उपहार पठाएको’ बताएका थिए । मेयर शाहले चत्रपथ विस्तारको काम नहुँदा सर्वसाधारण जनताले धुलो खानु परेको … Read more

कार्यादेश टुंगोमा पुर्‍याउन शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडाैं। सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगाे लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज पनि बैठक बस्ने भएको छ। शनिबारको बैठकमा उक्त विषयमा टुङ्गो लाग्न नसकेपछि बैठक आज बस्ने तय भएको हो। बिहान ९ बजे शीर्ष तीन नेता बसेर छलफल गर्ने भएका हुन्। शीर्ष नेताबीचको उक्त बैठकले सहकारीको रकम … Read more

सहकारी ठगीविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं:  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आज सडक प्रदर्शन गर्दै छ । बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो । कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर सुरुमा उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न … Read more

सम्झौता कार्यान्वयन नगरेपछि सहकारी पीडित फेरि आन्दोलनमा

सहकारी पीडितहरूले काठमाण्डौसहित विभिन्न शहर तथा जिल्लास्तरमा आन्दोलन शुरु गरेका छन् । बचत फिर्ताका लागि सरकारले यसअघि गरेका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै उनीहरूले तेस्रो चरणको आन्दोलन शुरु गरेका हुन् । आज काठमाण्डाै उपत्यका, पोखरा, बुटवल, चितवन, नवलपरासी, धरानलगायत विभिन्न जिल्लामा बिहान ११ बजेर ११ मिनेटमा एकै पटक आन्दोलन शुरु गरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान … Read more

जीबी राईको राहदानी रद्द गर्न मिल्दैन- राहदानी विभाग

सहकारीको रकम अपचलन गरेर फरार भएका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रद्द नहुने भएको छ । सूर्यदर्शन सहकारीको ठगीमा मुद्दा चलेर फरार रहेका १४ जनामध्ये जीबीविरुद्ध रेड नोटिस जारी भएको छ । तर उनी अहिलेसम्म पक्राउ परेका छैनन् । पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय, कास्कीले ३० वैशाखमा राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्र पठाएको थियो … Read more

नेपालमा संघीयता बोझिलो र खतरनाक छ: अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक र राष्ट्रिय एकताको दृष्टिकोणले समेत नेपालमा संघीयता बोझिलो र खतरनाक भएको बताएका छन् । शुक्रबारबाट सुरू भएको पार्टीको कार्यसमितिको बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘ नेपाल जस्तो जनसंख्या र भूगोल भएको हिसावले समेत सानो मुलुकले तीन तहको राज्य संरचना र … Read more

‘आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु’- सङ्घीय सरकारप्रति मेयर शाहको असन्तुष्टि

काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । अघिल्लो वर्षको बजेट वक्तव्यमा नीतिगत एवम् कानुनी सुधार कार्यक्रममा २०८१ वैशाख १ गतेदेखि प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाइने भन्ने उल्लेख रहेकोमा अझै नभएको भन्दै मेयर शाहले … Read more