दाङको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका गुठी पीडित किसानमाथि प्रहरीको हस्तक्षेप

घोराहीमा रहेको मालपोत कार्यालय र नापी कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसानमाथि प्रहरीले हस्तक्षेप गरेको छ । आज बिहान १० बजे कार्यालयमा ताला लगाउन गएका गुठी पीडित किसानमाथि प्रहरीले लाठी चार्ज गर्दा केही किसान घाइते भएका छन् । किसानले मालपोत र नापी कार्यालय अगाडि आन्दोलन गरिरहेका छन् । सरकारले पटक–पटक आफूहरूसँग विभिन्न सम्झौता … Read more

बजेटमाथिको छलफल आजदेखि : बुधवार अर्थमन्त्रीले जवाफ दिने

सरकारले संघीय संसदको संयुक्त सभामा गएको जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि आजदेखि छलफल शुरु हुँदैछ । सभामुख देवराज घिमिरेले छलफलका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाउनुभएको छ । त्यस्तै राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि तय भएको छ । अर्थमन्त्री वर्षमान पुनले गएको मंगलवार संघीय संसदको … Read more

किमाथाङ्का नाका खुलेपछि भोटखोलाका बासिन्दाको दैनिकी सहज बन्दै

चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका खुलेपछि भोटखोलाका बासिन्दाको दैनिकी सहज बन्दै गएको छ । नाका खुलेपछि भोटखोलाका किमाथाङ्का, च्याम्ताङ्ग, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत भएको छ । त्यस्तै हिमाली क्षेत्रमा उत्पादन हुने जडीबुटी तथा परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा प्रवेश पाउन थालेको छ । गएको जेठ १२ गते उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र … Read more

सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न गृह मन्त्रालयको अनुरोध

गृह मन्त्रालयले सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न अनुरोध गरेको छ । गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेर सार्वजनिक यातायातलाई अपाङ्गता तथा अशक्तमैत्री बनाउन सिँढी राख्न सम्बन्ध निकायलाई निर्देशन गर्न अनुरोध गरेको हो । अपाङ्गता भएका तथा अशक्त व्यक्तिलाई आवागमनमा सहज होस् भन्नका लागि सार्वजनिक बसमा अनिवार्य अपाङ्गतामैत्री र्‍याम्प राख्न अनुरोध … Read more

अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक संसदीय समितिबाट पारित

प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हाे । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयकमाथि पाँच वटा बैठकमा दफावार छलफल भएको हो । विधेयकमा राष्ट्रिय महत्त्वका कागजात नेपालबाहिर लैजान नपाउने, त्यस्ता कागजात … Read more

६० किलो सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ

६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान … Read more

संवैधानिक परिषद् विधेयक पारित, अब प्रधानमन्त्रीको सहमतिमा मात्र निर्णय हुने संवैधानिक परिषद्सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ । आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले विधेयक परिमार्जनसहित पारित गरेको हो । परिषद्को बैठकमा कुनै सदस्य उपस्थित हुन नसके उपस्थित हुन नसक्ने कारणसहितको जानकारी बैठक बस्ने समयभन्दा … Read more

माध्यमिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै

माध्यमिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ । पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यमिक तह (कक्षा १० र १२) सरह तथा कक्षा १० भन्दा तल्लो तह र कक्षाको मान्यता तथा समकक्षता पत्र अनलाइनमार्फत उपलब्ध गराउने भएको हो । केन्द्रको मान्यता तथा समकक्षता … Read more

ट्राफिक स्वयम्‌सेवकबारे राज्य व्यवस्था समितिको चासो

ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्‌सेवक बनाएर सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णयप्रति राज्य व्यवस्था तथा सुशासन समितिले चासो देखाएको छ । बिहीबार समिति सभापति रामहरी खतिवडाले मानव अधिकारको हनन हुनेगरी नागरिकलाई सडकमा उभ्याउने गृहमन्त्रीको निर्णय गलत भएको बताएका हुन् । उनले भने, ‘यो कानुनी राज्य हो । जतिखेर जसलाई जे मन लाग्यो त्यही निर्णय … Read more

प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन

नेपाल प्रहरी र सशस्त्र प्रहरीको उमेरहदबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ । गृहमन्त्री रवि लामिछानेले मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखाका प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेका हुन् । कार्यदलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका एक जना डीआईजी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र … Read more